
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
बनियानी, २३ कात्तिक । झापामा हर्षोउल्लासका साथ छठ पर्व मनाइएको छ । व्रतालुहरुले आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएसँगै छठ पर्व सम्पन्न भएको हो । झापाका मेची, निन्दा, हडिया, देउनिया, अदुवा, बिरिङ, कन्काई, रुतुवा, मावा, बनियानी, देउनिया लगायत खोला–नदी किनारमा भव्य रूपमा पूजा गरिने छ । झापाको कनकाईस्थित बिरिङ खोलाको किनारमा यहाँका स्थानीयबासीले समावेशी रुपमा छठ पर्व मनाए । २०४५ सालदेखि नै यहाँ छठ पर्व गरिँदै आए पनि पछिल्लो समय सबै जातजाति मिलेर समावेशी रुपमा छठ पर्व मनाउँदै आएको श्री छठ पूजा समिति कनकाई–९ घैलाडुब्बाका अध्यक्ष राजेश शाहले बताउनुभयो । झापाको भद्रपुर नगरपालिका–५ स्थित मेची नदीमा नेपाल तथा भारततिरबाट वारिपारि…
झापा, २२ कात्तिक । छठ पूजाका लागि बिर्तामोडको कृषि थोक बजारबाट करिब साढे ३७ लाख बराबरको केरा बिक्री भएको छ । छठ पूजाका लागि ब्रतालुहरुले तीन दिनमा बिर्तामोडको कृषि थोकबाट उक्त मूल्य बराबरको केरा बिक्री भएको हो । छठ पर्वका लागि प्रतिदिन १५ सय घरीका दरले केरा बिक्री भएको कृषि बजार व्यवस्थापन समितिकी तथ्यांक सहायक माया राजवंशीले बताइन् । उनले केराको घरी ३५० देखि ९०० रुपैयाँसम्म बिक्री भएको जानकारी दिइन् । कृषि थोकमा इलामको दानावारी, महमाई, झापाको खुदुनावारी, शनिश्चरे लगायतका स्थानबाट केरा बिक्रीका लागि आउने गरेको छ । गत वर्षको तुलनामा यस वर्ष छठ पर्वमा केराको माग बढेको छ ।…
खोटाङ, २२ कात्तिक । शिकार खेल्न गएका खोटाङ केपिलासगढी गाउँपालिका–१ पिपिङ का ५८ वर्षीय जगतप्रसाद राईको भरुवा बन्दुक पड्केर मृत्यु भएको छ । उनी सोही ठाउँको हातीढुङ्गे जंगलमा शिकार खेल्न गएका थिए । हिजो साँझ अन्दाजी ७ बजे भरुवा बन्दुक पड्केको आवाज सुनेर आफन्तहरुले गई हेर्दा जंगलमा उत्तानो परेको अबस्थामा उनी मृत फेला परेका थिए । घटनाबारे जानकारी गराएपछि प्रहरी टोलीले आज बिहान घटनास्थल पुगेर सुरक्षित राखेको र थप अनुसन्धान तथा कानुनी प्रक्रिया शुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
इलाम, २२ कात्तिक । इलामका ठूला खोलामा करेन्ट लगाएर र विष्फोटक पदार्थ प्रयोग गरी माछा मार्नेक्रम बढेको छ । जेनेरेटर र विष्फोटक पदार्थ (ग्रिनेड बम) समेत प्रयोग गरी माछा मार्दा मानिसको ज्यानसमेत जोखिममा पर्नेगरेको छ । जिल्लामा रहेका माइखोला, जोगमाई, देउमाई, पुवालगायत खोलामा करेन्ट लगाएर र विष्फोटक पदार्थ प्रयोग गरी माछा मार्ने गरिएको स्थानीयले बताएका छन् । सानो जेनेरेटर र ग्रिनेड प्रयोग गरी माछा मार्ने गरिएको स्थानीयको भनाइ छ । माइखोलामा अहिले स्थानीय जातका माछा नै मासिइसकेको एक स्थानीयले बताए । यसरी माछा मार्दा जलचरको नाश हुनेमात्र नभइ ग्रिनेड प्रयोगले कतिपयका हातसमेत चुँडिएका थिए । ‘असला, बुदुना, सहर, गोज, चेप्टी, ठेड,…
झापा, २२ कात्तिक । सञ्चालनमा आएको एक महिना नबित्दै इटहरी उपमहानगरपालिकाको एउटा नगर बस थन्किएको छ । १ करोड ५९ लाखमा खरिद गरिएको सो विद्युतीय नगर बस दुर्घटनामा परेको एक महिना हुन लाग्दासमेत मर्मत हुन सकेको छैन । म्याजिक भ्यानले ठक्कर दिएर चालक सिटतर्फको सिसा र लुकिङ ग्लास फुटेपछि बस उपमहानगर कार्यालय परिसरमै थन्किएको हो । इटहरीको बजारलाई गाउँसम्म जोड्ने नीतिका साथ खरिद गरिएको सो विद्युतीय बसको मर्मतको सामान मगाउन समस्या भएपछि सञ्चालनमा आउने टुंगो नभएको उपमहानगर स्रोतले जनाएको छ । असोज २५ गते इटहरी पश्चिमतर्फ कान्छी चोकबाट पटेरुवा जाँदै गरेको प्रदेश १–०२–००१ क ५३४२ नम्बरको सो बस दुर्घटनामा परेको…
झापा, २२ कात्तिक । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालबाट भारतमा चिया निर्यात ३० प्रतिशतभन्दा धेरैले बढेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार साउन, भदौ र असोजमा गरी ६२ लाख ६१ हजार किलोभन्दा धेरै सीटीसी चिया निर्यात हुँदा एक अर्ब ६३ करोड रुपैयाँभन्दा धेरै आम्दानी भएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनामा ४७ लाख किलोभन्दा केही बढी सीटीसी चिया भारतमा निर्यात गर्दा एक अर्ब १० करोड रुपैयाँ आम्दानी भएको थियो । यस वर्ष चियाको भाउ बढेका कारण निर्यात ३० प्रतिशतले बढ्दा आम्दानी झन्डै ५० प्रतिशतले बढेको छ । भारतमा चिया उत्पादन घटेकाले नेपाली चियाको माग र भाउ दुवै बढेको चिया सहकारी…
झापा, २२ कात्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ १६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ १६ पैसा कायम गरिएको छ । युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७३ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ७३ रुपैयाँ ९७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५३ रुपैयाँ ४८ पैसा र बिक्रीदर एक सय ५४ रुपैयाँ १६…
झापा, २२ कात्तिक । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मङ्गलबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफलहोस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’…
झापा, २२ कात्तिक । हाल देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको बताएको छ । विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसमसफा रहने छ । आगामी २४ घण्टामा कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण,…
नकुल काजीसाहित्यमा समाजकाे अनुहार बिम्बित हुनु पर्दछ, चाहे त्याे सुन्दर हाेस् वा असुन्दर । याे स्थापित परम्परागत विश्व-मान्यतामाथि अहिले ‘आधुनिकता’-काे प्रकाेप क्रमशः बढ्दै गएकाे छ । यसलाई के भनेर बाेधगम्य व्याख्या गर्ने भन्ने विषय पनि अक्करिलाे बनी भिमलाउँदै गएकाे अवस्था छ अहिले । किनभने, ‘मान्छेकाे विचार अन्तर्राष्ट्रिय’ हुँदै गएकाे सेराेफेराेमा नेपाल चाहिँ त्यसबाट अछुताे रहने कुरै भएन । अतः माया-प्रीतिका गाथा सम्माेहक हुनु मानव-मनाेविज्ञानकाे एउटा यथार्थ त हुँदै हाे नै । अहिलेकाे राजनीतिक परिवेशद्वारा परिवेष्टित समाजकाे रुचिले धनी र गरीबकाे वैभिन्न्यका फलाकाेले भरिभराउ लेखनलाई ‘साहित्य’ मान्ने एकथरि चलन छ । अथवा, शाेषक र शाेषितका भावनात्मक र भाैतिक द्वन्द्वका कथा-व्यथा इत्यादिलाई…