jhapaonline add

झापा, २८ कात्तिक । कैलालीको गौरीगंगामा बाख्रो चोरेको निहुँमा एक युवकको हत्या भएको छ। गौरीगंगा नगरपालिका–११ कान्तिपुरका ३० वर्षीय सुरेश भुलको बाख्रा धनीले कुटपिट गरेर हत्या गरेका प्रहरीले जनाएको छ। बाख्रा चारेको आरोपमा भुलमाथि शनिबार बाख्राधनीसहित गाउँकै केही व्यक्तिले सामूहिक रुपमा कुटपिट गरेका थिए। गम्भीर घाइते उनको उपचारका क्रममा सोमबार धनगढीस्थित निसर्ग अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। कुटपिटमा संलग्न एक महिलासहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय ३० वर्षीय धर्म विक, २३ वर्षीय विशाल विक, ६५ वर्षीय जंग भुल, १८ वर्षीय प्रकाश भुल र ३४ वर्षीया रमा रावल छन ।

Read More

झापा, २८ कात्तिक । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४३ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ८५ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७२ रुपैयाँ ८६ र बिक्रीदर एक सय ७३ रुपैयाँ ६३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५२ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ५८ पैसा कायम गरिएको छ…

Read More

झापा, २८ कात्तिक । नेपालमा विदेशी मुद्राआर्जन गर्न र वैदेशिक व्यापार घाटा कम गराउन भेनियर र प्लाई काठको निर्यातले महत्वपूर्ण योगदान पु¥याएको छ । पहाडमा हुर्किने उत्तिस, कदम, मौवालगायत कमसल काठ (कु–काठ) बाट भेनियर पत्ती र प्लाइबोर्ड उत्पादन हुँदै आएको छ । विसं २०७९ साउन १ गतेदेखि २०८१ असोज मसान्तसम्म पूर्वीनाका काँकडभिट्टाबाट रु पाँच अर्ब ९२ करोड पाँच लाख ९२ हजार मूल्य बराबरको भेनियर पत्ती र प्लाइबोर्ड भारत निर्यात भएको मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडालले बताउनुभयो । गोलिया काठबाट भेनियर पत्ती उत्पादन हुने गर्दछ भने भेनियर पत्तीबाट प्लाईबोर्ड बनाउने गरिएको छ । नेपालमा भेनियर पत्ती सिधैँ भारत…

Read More

झापा, २८ कात्तिक । हाल देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ । विभागका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । आगामी २४…

Read More

झापा, २७ कात्तिक । झापाको मेचीनगर नगरपालिकाबाट प्रहरीले लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । आज बेलुका मेचीनगर–६ पुरानो मेचीपुलबाट लागुऔषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट सिटिसफारीमा नेपालतर्फ आउँदै गरेका लमजुङ घर भई हाल तनहुँ व्यास नगरपालिका–१० का २८ वर्षीय उत्सव पौडेल र नुवाकोट बेलकोटगडी नगरपालिका–१३ घर भई हाल काठमाडौं टोखा नगरपालिका–३ मा बस्दै आएका ४० वर्षीय अर्जुन राज पाण्डेलाई पक्राउ गरेको हो । ब्युरोले शंका लागेर चेकजाँच गर्दा पौडेलको साथबाट खैरो हेरोइन प्लाष्टिक बाहेक ८ ग्राम ६१० मिलिग्राम फेला परेको थियो । पौडेलसँगै रहेका उनका साथी पाण्डेलाई समेत नियन्त्रणमा लिइएको छ । उनीहरुलाई इलाका प्रहरी…

Read More

झापा, २७ कात्तिक । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा गरेको सिभिल सहकारीका एक हजार ६०० पीडितले करिब रु सात अर्ब बचत माग गरेका छन्। बागमती प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सिभिल सहकारी पीडितका लागि माग दाबीको निवेदन दिन जारी गरेको ३५ दिने सूचना सोमबार सकिएको थियो। सोमबार एक हजार ६०० पीडितले रु सात अर्ब दाबी गरेको समितिका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता प्रभात अधिकारीले जानकारी दिए। सिभिल सहकारीलाई बागमती प्रदेश सरकारले २०८० भदौ २१ गते समस्याग्रस्त घोषणा गरेको थियो। प्रदेश सहकारी ऐन, २०७६ अनुसार सिभिललाई समस्याग्रस्त घोषणा गरेको थियो। सिभिललाई समस्याग्रस्त घोषणा गरेपछि प्रदेश सरकारले २०८० पुस २२ गते समिति…

Read More

झापा, २७ कात्तिक । नेपालले यूएईमा जारी आईसीसी यू–१९ महिला विश्वकप एसिया क्षेत्र छनोटमा कुवेतमाथि लगातार दोस्रो जित निकालेको छ। आज भएको खेलमा कप्तान पूजा महतोको विस्फोटक ब्याटिङ र घातक बलिङले नेपालले कुबेतलाई १ सय ६५ रनको फराकिलो जित निकालेको हो । नेपालले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा ४८ रन बनाउँदा अलआउट भयो ।

Read More

झापा, २७ कात्तिक । निर्वाचन आयोगले आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा मनोनयन हुने उम्मेदवारको योग्यता निर्धारण गरेको छ । आयोगले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ र निर्वाचन आयोग ऐन, २०७३ अनुसार स्थानीय तहको उपनिर्वाचनमा मनोनयन हुने उम्मेदवारको योग्यता र अयोग्यता सम्बन्धमा उपनिर्वाचनमा भाग लिने राजनीतिक दललाई निर्देशन दिने निर्णय गरेको जनाएको छ । आयोगले एक्काईस वर्ष उमेर पूरा भएको, उपनिर्वाचन हुने गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको र कुनै कानूनले अयोग्य नभएको व्यक्तिले मनोनयन गर्न सक्ने योग्यता निर्धारण गरेको छ । २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष, नगरपालिकाको प्रमुख…

Read More

झापा, २७ कात्तिक । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरूङ (दीपक मनाङे) लाई पक्राउ गरिएको छ । स्थानीय सानोभ(याङबाट निजलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो । केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाका अनुसार निजलाई आजै काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइनेछ । केही दिनअघि ज्यान मार्ने उद्योगको कसुरमा निजलाई सर्वोच्च अदालतले पाँच वर्ष जेल सजाय सुनाएको थियो ।

Read More

झापा, २७ कात्तिक । आज दिउँसो अन्दाजी १२ः३० बजे झापाको झापा गाउँपालिका–६ भृकुटी चौकमा एकआपसमा मोटरसाइकल ठोक्किदा तीन घाइते भएका छन।कनकाई नगरपालिका–३ बस्ने मोटरसाईकल चालक पुर्णबहादुर लिम्बू,त्यसमा सवार मेखराज लिम्बू र अर्का मोटरसाइकलका चालक झापा–५ का तारिक अनुवर घाइते भएका हुन। अमरपथ सडक खण्डमा सुरुङ्गाबाट झापा बजार तर्फ आइरहेको प्र १–०१–०१५–७७१७ नम्बरको मोटरसाइकल सँग सुरुङ्गा तर्फ जाँदै गरेको मे ६ प. ६० नम्बरको मोटरसाइकल ठोकिएको हो । उनीहरु तिनै जनालाई उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड पठाइएको प्रहरीले जनाएको छ।

Read More