
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
माघे संक्रान्ति नेपाली परम्परागत चाड हो, जुन प्रत्येक वर्ष माघ महिनाको पहिलो दिनमा मनाइन्छ । यस चाडलाई मकर संक्रान्ति पनि भनिन्छ र यस दिनलाई ज्योतिषशास्त्र अनुसार सूर्य मकर राशिमा प्रवेश गर्ने दिन मानिन्छ । यो दिनले शीत ऋतुको अन्त्य र बसन्त ऋतुको आगमनको संकेत गर्दछ । माघे संक्रान्तिको विशेषता१. धार्मिक महत्त्वयस दिन पवित्र नदी वा तलाउमा स्नान गर्ने परम्परा छ, जसले शारीरिक र आत्मिक शुद्धि ल्याउने विश्वास गरिन्छ । विशेषगरी त्रिशूली, गण्डकी, कालीगण्डकी र अन्य पवित्र स्थानमा स्नान गरिन्छ । यस दिन देवताहरूको पूजा, विशेषगरी भगवान् विष्णु र सूर्य देवताको आराधना गरिन्छ । २. खानपिनयो चाडमा तिलको लड्डु, चाकु, घ्यू,…
बिर्तामोड, २९ पुस । झापा गोल्डकपको अध्यक्षमा दुई जनाको उम्मेद्वारी परेको छ । अध्यक्ष पदका लागि केदार गिरी र बलराम कार्कीको उम्मेद्वारी परेको हो । गिरी झापा गोल्डकपका कोषाध्यक्ष र कार्की बरिष्ठ उपाध्यक्ष हुन् । वरिष्ठ उपाध्यक्षमा गजेन्द्रबहादुर पौडेलको उम्मेद्वारी परेको छ भने उपाध्यक्षमा युवराज कार्की (पर्वत) ले उम्मेद्वारी दिएका छन् । पौडेल स्थापनाकालदेखि सचिव र कार्की संस्थापक सदस्य थिए । उनीहरु दुवै जना सर्वसम्मत चयन भएका छन् । त्यस्तै सचिवमा बुद्ध तामाङ र प्रकाश शिवाकोटीको उम्मेद्वारी परेको छ । सहसचिवमा भने विष्णुप्रसाद सिग्देल र यादव पोखरेलको उम्मेदारी परेको हो । त्यस्तै कोषाध्यक्षमा युवराज निरौला र चुडामणि कट्टेलको उम्मेद्वारी परेको निर्वाचन…
बिर्तामोड, २९ पुस । झापा गोल्डकपको साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । संस्थाका अध्यक्ष विनोद बस्नेतको अध्यक्षता तथा झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएको हो । प्रमुख अतिथि गुरुङले झापा गोल्डकप झापाको पहिचान बनेको बताउनुभयो । “झापा गोल्डकप र झापाली फुटबल देशभरि पहिचान बनेको छ”, उहाँले भन्नुभयो, “झापाली फुटबललाई उचाइमा पु¥याउन सबै एकजुट हुनुपर्छ ।” झापा गोल्डकपको आगामी नेतृत्व सर्वसम्मत रुपमा चयन गर्न उहाँले आग्रह समेत गर्नुभयो । उद्योग बाणिज्य संघ कोशी प्रदेश कार्यसमिति सदस्य प्रकाश शिवाकोटीले बिर्तामोडमा फुटबलको टे«निङ सेन्टर अत्यावश्य भएकाले सोको स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । बिर्तामोड उद्योग…
झापा, २९ पुस । झापाको शंकराचार्य पीठ साधुटारमा आजदेखि भविष्यकात्मक अतिरुद्र महायाग सुरु भएको छ । पूर्वमै पहिलोपटक यति ठूलो अनुष्ठान सुरु भएको शंकराचार्य पीठ साधुटारले जानकारी दिएको छ । भारतको दिल्लीस्थित केन्द्रीय संस्कृति विश्वविद्यालयका प्राध्यापक डाक्टर काशीनाथ न्यौपानेले आज महायागको शुभारम्भ गर्नुभएको हो । शंकराचार्य पीठका अध्यक्ष लक्ष्मीप्रसाद खतिवडाको सभापतित्वमा आयोजित अनुष्ठान शुभारम्भ गर्दै प्रमुख अतिथि डाक्टर न्यौपानेले यज्ञ अनुष्ठानको महत्वबारे प्रकाश पार्नुभयो । १५१ आचार्यहरूको अगुवाइमा ११ दिनसम्म सञ्चालन हुने अतिरुद्र महायागमा डा गुरुप्रसाद सुवेदी प्रमुख यज्ञचार्य रहनुभएको छ।यसैगरी, भारत बनारसका हाकिमप्रसाद भण्डारी तथा विद्यालयका पूर्व प्राचार्य डिल्लीराम रिजाल सहयाज्ञाचार्य रहनुभएको जानकारी दिइएको छ ।नेपाल र भारतका विद्वान…
विराटनगर, २९ पुस । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत बिकास बिभाग कर्मचारी प्रशासन शाखाको पत्रादेशानुसार प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दार पदमा र प्रहरी जवान पदवाट प्रहरी सहायक हवल्दार पदमा पदोन्नति हुनु भएका प्रहरी कर्मचारीहरुलाई एक कार्यक्रमको समारोह बिच कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले दर्ज्यानी चिन्हले सुशोभन गर्नु भएको छ । पदोन्नति हुनु भएका प्रहरी कर्मचारीहरुलाई बधाई तथा शुभकामना दिनु हुदै पदोन्नति सँगै प्राप्त जिम्मेवारीलाई नयाँ उर्जाकासाथ आफ्नो पदिय दायित्व निर्वाह गर्न समेत निर्देशन दिनु भएको छ । सुशोभन कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल, प्रहरी उपरीक्षक आर्कीटेक हरी प्रसाद ढंगोल लगायत सिनीयर प्रहरी अधिकृत,…
काठमाडौं, २९ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कम्तिमा थप दुई दिन न्यायिक हिरासतमा रहने भएका छन् । सोमबारबाट सुरु भएको थुनछेक बहस नसकिएपछि पर्सि (बुधबार) हुनेगरी आजका लागि सकिएको छ । यो सँगै लामिछाने सोमबार र मंगलबार पनि काठमाडौं प्रहरीको हिरासतमा रहने भएका छन् । भोलि (मंगलबार) सरकारी बिदा भएका कारणले बुधबार मात्रै थुनछेक बहस हुने भएको हो । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा लामिछानेविरुद्ध पनि मुद्दा दर्ता भएको थियो । उक्त मुद्दाको बयानका लागि लामिछाने आइतबार काठमाडौं जिल्ला अदालत हाजिर भएका थिए । बयान नसकिएपछि न्यायाधीश माधवप्रसाद अधिकारीले आइतबार हिरासत पठाउने आदेश गरेका थिए ।…
काठमाण्डौ, २९ पुस । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले २४ वटा आंगिक क्याम्पसमा प्रमुख नियुक्त गरेको छ । हिजो बसेको त्रिविको कार्यकारी परिषद्ले क्याम्पस प्रमुख नियुक्त गरेको हो । क्याम्पस प्रमुख नियुक्तिका लागि असोजमा त्रिविले छनोट समिति बनाएको थियो । छनोट समितिले नाम सिफारिश गरेपछि परिषद्ले नियुक्ति गरेको हो । क्याम्पस प्रमुख नियुक्तिसँगै लामो समयदेखि निमित्तको भरमा क्याम्पस सञ्चालनको बाध्यता हटेको छ । त्रिविका अनुसार शंकरदेव क्याम्पसमा कपिल खनाल, रत्नराज्य लक्ष्मी क्याम्पसमा पदमकुमार अधिकारी, नेपाल कमर्स क्याम्पसमा जीतेन्द्रप्रसाद उपाध्याय, ललितकला क्याम्पमा यामप्रसाद शर्मा, सानोठिमी क्याम्पसमा माधवप्रसाद श्रेष्ठ र महेन्द्र बहुमुखी क्याम्पसमा लालमणि आचार्य नियुक्त हुनुभएको छ । यस्तै विश्वभाषा क्याम्पसमा महेन्द्रकुमार…
काठमाण्डौ, २९ पुस । आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटअघिको अभ्यास खेलमा नेपाल वेस्ट इन्डिजसँग ९ रनले पराजित भएको छ । वेस्ट इन्डिजले दिएको १ सय १० रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभर १ बलमा १ सय रनमा अलआउट भयो । नेपालकी सिमाना केसीले २३ तथा कप्तान पूजा महतो र किरण कुँवरले समान १८ रन बनाए । वेस्ट इन्डिजकी तृषा हार्दत, आलियाह वीकिस र आमियाह गिल्बर्टले २र२ विकेट लिए । यसअघि मलेसियामा टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९ रन बनायो । वेस्ट इन्डिजकी समरा रमनाथले २५, असबी कलेन्डेरले २३ रन बनाए…
मेष : शुभ समाचार सुन्नमा आउला। नयाँ कामको थालनी हुन सक्छ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा बढी सफलता मिल्नेछ। बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नतिको वातावरण बन्नेछ। मुद्दा मामिलामा सफलता हात लाग्नेछ। वृष : लाभहानि बराबर हुनेछ। अधिकार प्राप्तिका लागि निकै नै संघर्ष गर्नु पर्ला। घरायसी व्यवहारबाट टाढै बस्नु बेस हुन्छ। मेहनतीहरूका लागि दिन फलदायी नै छ। यात्रा भने सामान्य रहनेछ। मिथुन : सामाजिक क्षेत्रमा हात अघि बढ्नेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। प्रेम प्रसङ्गका लागि समय श्रेष्ठ छ। सेयर बजार र वित्तीय संस्थामा गरेको लगानीबाट राम्रै फाइदा मिल्ला। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। कर्कट : आफन्तको प्रगतिमा मन रमाउनेछ। बन्धुबान्धवबाट सहयोग…
झापा, २९ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर अहिलेसम्मकै उच्च मूल्यमा स्थिर छ। अस्ट्रेलियन डलर, पाउन्ड, युरो, कुवेती, बहराइन दिनारसहितका मुद्राको मूल्य भने आज घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ २५ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ८५ पैसा छ। अमेरिकी डलरको यो कारोबार मूल्य अहिलेसम्मकै उच्च हो। विगत केही समययता अमेरिकी डलरको मूल्य लगातार बढ्दै आएको छ। हिजो र अस्ती पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो। त्यसैगरी आज युरो एकको…