

बिर्तामोड, २९ पुस । झापा गोल्डकपको अध्यक्षमा दुई जनाको उम्मेद्वारी परेको छ । अध्यक्ष पदका लागि केदार गिरी र बलराम कार्कीको उम्मेद्वारी परेको हो । गिरी झापा गोल्डकपका कोषाध्यक्ष र कार्की बरिष्ठ उपाध्यक्ष हुन् ।
वरिष्ठ उपाध्यक्षमा गजेन्द्रबहादुर पौडेलको उम्मेद्वारी परेको छ भने उपाध्यक्षमा युवराज कार्की (पर्वत) ले उम्मेद्वारी दिएका छन् । पौडेल स्थापनाकालदेखि सचिव र कार्की संस्थापक सदस्य थिए । उनीहरु दुवै जना सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै सचिवमा बुद्ध तामाङ र प्रकाश शिवाकोटीको उम्मेद्वारी परेको छ । सहसचिवमा भने विष्णुप्रसाद सिग्देल र यादव पोखरेलको उम्मेदारी परेको हो । त्यस्तै कोषाध्यक्षमा युवराज निरौला र चुडामणि कट्टेलको उम्मेद्वारी परेको निर्वाचन समितिले जनाएको छ ।
सदस्य पदका लागि किरणकुमार थापा, श्याम श्रीवास्तव, प्रकाश दाहाल, मदन खड्का, शैलेन्द्रकुमार कुरुङ्वाङ, किरण श्रेष्ठ, विशन लिम्बू, दीपेन चौधरी, एजाज अहमद अन्सारी, सचित आनन्द सुब्बा, भुपेन्द्र भण्डारी, सुशील थाापा, देवीप्रसाद खरेल, सजेश शिवाकोटी अर्जुनकुमार चुडाल र विश्वेश्वरप्रसाद बजगाईको उम्मेद्वारी परेको निर्वाचन समिति संयोजक रुद्रप्रसाद भुर्तेलले जानकारी दिए ।