

बिर्तामोड, २९ पुस । झापा गोल्डकपको साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष विनोद बस्नेतको अध्यक्षता तथा झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएको हो । प्रमुख अतिथि गुरुङले झापा गोल्डकप झापाको पहिचान बनेको बताउनुभयो ।

“झापा गोल्डकप र झापाली फुटबल देशभरि पहिचान बनेको छ”, उहाँले भन्नुभयो, “झापाली फुटबललाई उचाइमा पु¥याउन सबै एकजुट हुनुपर्छ ।” झापा गोल्डकपको आगामी नेतृत्व सर्वसम्मत रुपमा चयन गर्न उहाँले आग्रह समेत गर्नुभयो ।
उद्योग बाणिज्य संघ कोशी प्रदेश कार्यसमिति सदस्य प्रकाश शिवाकोटीले बिर्तामोडमा फुटबलको टे«निङ सेन्टर अत्यावश्य भएकाले सोको स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपाने सर्वसम्मत नेतृत्व चयन गर्नुपर्नेमा जोड दिनुभयो भने झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारीले झापा गोल्डपकले झापाको खेलकुदलाई गरिमामय अवस्थमा पु¥याएको भन्दै बिर्तामोडमा दुई वटा गोल्डपक अमान्य हुने धारणा राख्नुभयो ।
कार्यक्रममा पत्रकार महासंघ झापाका अध्यक्ष एकरा गिरीले अन्य गोल्डकपहरुका लागि झापा गोल्डकप सिकाइको विषय बनेको बताउँदै झापाली सञ्चार क्षेत्रको सहयोग सदैव रहने उल्लेख गर्नुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष बिनोद बस्नेतले गोल्डकपमा सदस्यको योगदान र दर्शकको मायाले उच्च रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सदस्यको महत्वपूर्ण सहयोग र दर्शकको मायाले गोल्डकप सफल बनेको छ ।”
कार्यक्रममा अध्यक्ष बस्नेतले अध्यक्षको प्रतिवेदन, महासचिव गजेन्द्र पौडेलले महासचिवको प्रतिवेदन पेश गर्नुभएको थियो भने कोषाध्यक्ष केदार गिरीले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा बरिष्ठ उपाध्यक्ष बलराम कार्कीले स्वागत गर्नुभएको थियो ।