jhapaonline add

झापा, १४ कात्तिक । देशभर पश्चिमी वायुको साथै पहाडी भूभागमा स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरूमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी…

Read More

झापा, १४ कात्तिक । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज बुधबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठो–मीठो खान दिई खुसी पार्ने चलन छ । लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल…

Read More

निशान निरौलासहर भन्दा गाउँ नै मन पर्छ मलाईसहरको महल भन्दा,गाउँकै सानो घर मन पर्छ मलाई… सहरको अस्तव्यस्त र विलाशी जीवनशैली भन्दा,गाउँकै साधारण जीवनशैली मन पर्छ मलाई… सहरको धनी मानिसको नक्कली मुस्कान भन्दा,गाउँमै बाँचेका गरिबहरुको मुखमा,मधुर मुस्कान मन पर्छ मलाई… मन पर्छ मलाई गाउँको हरियाली,सहरको कंक्रिट भन्दामन पर्छ मलाई गाउँले जीवन नै,सहरी जीवन भन्दा… आमाको गर्भमा फर्किए झैँ लाग्छगाउँ गएपछियाद आउँछ सधै गाउँकोफर्केर फेरि सहर गएपछि ।

Read More

झापा, १४ कात्तिक । आफ्नै श्रीमतीको कर्तव्य ज्यानसम्बन्धी कसूर मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका मेचीनगरका एक व्यक्ति कतारबाट पक्राउ परेका छन् । भोजपुर घर भई मेचीनगर–११ धाइजनमा डेरा गरी बस्ने कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी ३८ वर्षीय गजेन्द्र बान्तवा राई तीन वर्षपछि कतारबाट पक्राउ परेका हुन् । श्रीमतीलाई हत्या गरी फरार रहेकोमा कर्तव्य ज्यान सम्बन्धी कसुरमा राईलाई खोजतलास गर्ने क्रममा कतार बस्दै आएको खुल्न आएको थियो । प्रतिवादी राईको नाममा नेपाल प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाबाट गत जेठ ३२ गते रेड कर्नर नोटिस जारी भएको थियो । एनसीबी दोहा कतारको सहयोगमा पक्राउ गरी आज उनलाई नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको…

Read More

झापा, १४ कात्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५८ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपैयाँ २५ र बिक्रीदर एक सय ७५ रुपैयाँ ०३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ४३ पैसा कायम गरिएको छ ।…

Read More

झापा, १४ कत्तिक । नेपाल पहिलो पटक साफ (दक्षिण एसियाली फुटबल महासङ्घ) च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ आज साँझ मैदानमा उत्रँदैछ । सन् २०१० मा बङ्गलादेशबाट सुरुआत भएको साफ च्याम्पियनसिपमा नेपाल पाँच पटक फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन । जारी सातौँ संस्करणको साफ च्याम्पियनसिपमा भारत पराजित गर्दै फाइनलमा प्रवेश गरेको घरेलु टोली नेपालसँग बङ्गलादेशलाई पाखा लगाउँदै उपाधि चुम्ने अवसर छ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले विगतका गल्ती नदोहोर्‍याइ फाइनल खेल जसरी भए आफ्नो पक्षमा पार्ने लक्ष्य रहेको बताउनुभयो । सन् २०१४ मा पाकिस्तानमा भएको तेस्रो संस्करणमा पनि उपाधि चुम्ने नेपालको लक्ष्यमा भारत बाधक…

Read More

झापा, १४ कात्तिक । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा देशभर विविध कार्यक्रम गरी आज धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाउन लागिएको हो । बिहान त्रयोदशी तिथि परेका दिन धनवन्तरी जयन्ती मनाउनुपर्ने भएकाले आज मनाउन लागिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुन्द्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कार्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान्…

Read More

दैलेख, १३ कात्तिक । पटाका पड्काउँदा दैलेखमा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा आठबीस नगरपालिका–३ साई गाउँका भीमबहादुर कठायतका १३ वर्षीय छोरा भूपेन्द्र कठायत रहेका छन् । दीपावलीको रकेट बम पटाकाको छर्रा लागेर भूपेन्द्रको मृत्यु भएको प्रहरीले जनाएको छ । दायाँ छातीमा पटाकाको छर्रा लाग्दा घाइते अवस्थामै अस्पताल लगे पनि चिकित्सकले मृत घोषणा गरेको परिवारका सदस्यले बताएका छन् । मृतक स्थानीय विद्यालयमा कक्षा ६ मा अध्ययनरत थिए । कमजोर आर्थिक अवस्थाकै कारण बुवा आमासँगै भारत गएका थिए । घटना भारतमा भएकाले आवश्यक जानकारी लिने काम भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी सुनिल दाहालले बताउनुभयो ।

Read More

झापा, १३ कात्तिक । नेपालमा डेङ्गीका तीन प्रकारका भाइरस सक्रिय रहेको पाइएको छ । डेङ्गीका भाइरसका स्वरूप सेरोटाइप–१, सेरोटाइप–२, सेरोटाइप–३, सक्रिय रहेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले जानकारी दिनुभयो । विगत सात वर्षअघि भने सेरोटाइप–१, सेरोटाइप–२, सेरोटाइप–३, सेरोटाइप–४ सक्रिय रहेका थिए । “भाइरसको जीन अध्ययन गर्दा अहिले तीन प्रकारका भाइरसका स्वरूप सक्रिय रहेको पाइएको छ”, उहाँले भन्नुभयो । शाखाका प्रमुख डा दाहालका अनुसार कात्तिकसम्म लामखुट्टे सक्रिय हुने भएकाले जोखिम हुने बताउनुभयो । उहाँले कात्तिकपछि जाडो अलि बढ्ने र त्यसपछि डेङ्गी सार्ने लामखुट्टे पनि हराउँदै जाने बताउनुभयो । डेङ्गी सङ्क्रमण हुम्ला बाहेक सबै…

Read More

कनकाई, १३ कात्तिक । झापाको कनकाई नगरपालिका–३ स्थित कनकाई माविको खेल मैदानमा जारी दसैंतिहार वडास्तरीय फुटबल प्रतियोगिताको उपाधिका लागि कनकाई ३ र ५ भिड्ने भएका छन् । आज सम्पन्न दुवै सेमिफाइनल खेलमा वडा नम्बर ३ र ५ ले जित हात पार्दै फाइनलको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनल खेलमा कनकाई ३ ले ९ लाई ३—० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । दोस्रो सेमिफाइनल खेलमा वडा नम्बर ५ ले ४ लाई समान ३—० गोल अन्तरले पराजित गर्दै फाईनलमा ३ नम्बरसगको भेट पक्का गरेको छ । कनकाई माविको खेल मैदानमा कात्तिक ९ गतेदेखि शुरु भएको प्रतियोगिताको भोलि फाइनल…

Read More