
कनकाई, १३ कात्तिक । झापाको कनकाई नगरपालिका–३ स्थित कनकाई माविको खेल मैदानमा जारी दसैंतिहार वडास्तरीय फुटबल प्रतियोगिताको उपाधिका लागि कनकाई ३ र ५ भिड्ने भएका छन् ।
आज सम्पन्न दुवै सेमिफाइनल खेलमा वडा नम्बर ३ र ५ ले जित हात पार्दै फाइनलको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनल खेलमा कनकाई ३ ले ९ लाई ३—० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।
दोस्रो सेमिफाइनल खेलमा वडा नम्बर ५ ले ४ लाई समान ३—० गोल अन्तरले पराजित गर्दै फाईनलमा ३ नम्बरसगको भेट पक्का गरेको छ ।
कनकाई माविको खेल मैदानमा कात्तिक ९ गतेदेखि शुरु भएको प्रतियोगिताको भोलि फाइनल खेल हुनेछ ।
Facebook Comments Box


