
निशान निरौला
सहर भन्दा गाउँ नै मन पर्छ मलाई
सहरको महल भन्दा,
गाउँकै सानो घर मन पर्छ मलाई…
सहरको अस्तव्यस्त र विलाशी जीवनशैली भन्दा,
गाउँकै साधारण जीवनशैली मन पर्छ मलाई…
सहरको धनी मानिसको नक्कली मुस्कान भन्दा,
गाउँमै बाँचेका गरिबहरुको मुखमा,
मधुर मुस्कान मन पर्छ मलाई…
मन पर्छ मलाई गाउँको हरियाली,
सहरको कंक्रिट भन्दा
मन पर्छ मलाई गाउँले जीवन नै,
सहरी जीवन भन्दा…
आमाको गर्भमा फर्किए झैँ लाग्छ
गाउँ गएपछि
याद आउँछ सधै गाउँको
फर्केर फेरि सहर गएपछि ।
Facebook Comments Box


