
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, १३ कात्तिक । झापाको मेचीनगरबाट प्रहरीले भन्सार छलेर ल्याउँदै गरेको ठूलो परिमाणमा मदिरा नियन्त्रणमा लिएको छ । आज बिहान इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ भन्सारगेट पछाडि भारतबाट नेपालतर्फ आउदै गरेको द्यच्द्दद्दँछण्छज्ञ नम्बरको भारतीय कारलाई चेकजाँच गर्ने क्रममा उक्त कारमा फल्स बटम बनाई डिकि लगायतका अन्य भागमा अबैध रुपमा भन्सार छलि गरी लुकाई छिपाई ल्याउँदै मदिरा बरामद गरेको हो । प्रहरीले उक्त गाडीबाट ब्ल्याक माउन्टेन ह्स्की २५४ बोतल, सुपर स्ट्रोङ बियर २४ बोतल गरी करिब १ लाख ९८ हजार ९०० बराबरका ्मदिरा बरामद गरेको छ । गाडीको बिगो समेत गरी ८ लाख ९८ हजार ९०० कायम गरिएको…
सन्तोष शर्माबनियानी, १३ कात्तिक । झापाको दुई सय बिघा क्षेत्रफलमा लगाइएको धान बालीमा क्षति पुगेको छ । धान बालीमा लाग्ने ‘डर्टी पेनिकल’ नामक रोगका कारण जिल्लाका पाँच स्थानीय तहको दुई सय बिघा धान खेतीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । धानमा देखिने यो रोगले उत्पादनमा ८० प्रतिशत ह्रास आउने उहाँले बताउनुभयो । “बाला निस्किने बेलामा धान कालो हुने, सुक्ने, फोहोर देखिने हुन्छ”, उहाँले भन्नुभयो, “शुरुमै थाहा भयो भने औषधि छिट्दा हुन्छ, नत्र केही गर्न सकिँदैन ।” धान रोप्ने बेलामै बिऊको उपचार गरिए ‘डर्टी पेनिकल’बाट बाली जोगाउन सकिने उहाँले बताउनुभयो । जिल्लाको भद्रपुर, हल्दिबारी, बाह्रदशी,…
झापा, १३ कात्तिक । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ८६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपैयाँ २१ र बिक्रीदर एक सय ७४ रुपैयाँ ९९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ ९६ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ६५ पैसा कायम गरिएको छ ।…
डम्बरकुमार निरौलामाईजोगमाई, १३ कात्तिक । माईजोगमाई गाउँपालिका अनुगमन समिति संयोजक प्रविना राईको संयोजकत्वमा सोमबार माईजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारको बजार अनुगमन गरिएको छ । अनुगमन समिति संयोजक प्रविना राईसहित गाउँपालिका अध्यक्ष कुशबहादुर थेवे, प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेत, इलाका प्रहरी कार्यलय नयाँबजारका प्रहरी इञ्चार्जसहित प्रहरी, गाउँपालिकाका कर्मचारी, वडा नं १ का वडासदस्य, स्वस्थ्यकर्मी तथा नयाँबजार बजार व्यवस्थापन समितिका पदाधिकारी लगायतको टोलीले ४३ वटा पसलको अनुगमन गरेको हो । अनुगमनको क्रममा केही पसलको वडामा दर्ता नगरिएको, मूल्यसूची नराखिएको, म्याद नाघेको सामान राखेको पाइएको थियो । म्याद गुज्रिएको सामानलाई अनुगमन टोलीले संकलन गरी नष्ट गरेको छ ।
सल्यान, १३ कात्तिक । सल्यानमा मिनी ट्रक दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । मृत्यु हुनेमा स्थानीय १४ वर्षका गोवद्र्धन खड्का, १२ वर्षीय डिल्ली भन्ने अनिल भण्डारी, १३ वर्षीया सिर्जना बस्नेत रहेको कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार दुई जनाको घटनास्थलमै र एक जनाको बाटोमा मृत्यु भएको हो । यस्तै दुर्घटना परी ९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले घाइते भएका सबैलाई उपचारका लागि सल्यान जिल्ला अस्पताल, कपुरकोट गाउँपालिकाको अस्पतालमा राखिएको जानकारी दिनुभयो । उहाँका अनुसार केही घाइतेहरूको अवस्था गम्भीर रहेको छ । सल्यानको कपुरकोट गाउँपालिका…
झापा, १३ कात्तिक । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रुपमा आरम्भ हुँदैछ । बिहान ११ः०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार सुरु भएको हो । बिहान ११ः०१ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस वर्ष यमदीपदान भने भोलि अर्थात् बुधबारदेखि सुरु हुनेछ । काग तिहार पनि कात्तिक १४ गते बुधबार नै परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । बिहान त्रयोदशी परेका दिन धनतेरस अर्थात् धनत्रयोदशी र बेलुकी त्रयोदशी तिथि…
झापा, १३ कात्तिक । देशभर पश्चिमी वायुको साथै पहाडी भूभागमा स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरूमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश लगायत देशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश लगायत…
झापा, १२ कात्तिक । पछिल्लो समय हवाई उडानमा सुरक्षा अफवाह आइरहेका छन् । अज्ञात समूहबाट एक साताको अवधिमै नेपालमा दुई पटक यस्तो अफवाह फैलाइएको छ । काठमाडौँबाट भारतको नयाँदिल्ली आज उड्न लागेको एयर इण्डियाको विमानमा बम राखेको हल्लापछि विमानमा सवार यात्रुलाई ओरालेर जाँच भइरहेको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीका अनुसार एयर इण्डियाको विमानमा बमको हल्लापछि अहिले जाँच भइरहेको छ । हालसम्म कुनै शङ्कास्पद वस्तु फेला परेको छैन । “भारतबाट नेपाल आउने विमानमा बम राखिएको हल्ला आइरहेको छन् तर, अहिलेसम्म त्यस्तो कुनै शङ्कास्पद बस्तु फेला परेको छैन”, प्रवक्ता कार्कीले भन्नुभयो । एयर इण्डियाको एआई–२१६ विमानमा बमको…
इलाम, १२ कात्तिक । कात्तिक महिना शुरु भइसक्दा पनि इलाममा डेङ्गुको त्रास भने कायमै रहेको पाइएको छ । अहिले पनि अस्पताल आएकाहरुमा डेङ्गु संक्रमण देखिने गरेको जिल्ला स्वास्थ्य कार्यालय इलामले जनाएको छ । सदरमुकामस्थित इलाम अस्पतालमा पनि कात्तिक महिना शुरु भएयता तीन जनामा डेङ्गु देखिएको अस्पतालले जनाएको छ । अस्पतालको तथ्याकं अनुसार गएको साउन महिना यता १९ जनामा डेङ्गुको संक्रमण देखिएको छ भने ११ जनामा स्कप टाइफस देखिएको बताइएको छ । अस्पताल आएका कतिपय बिरामी जिल्लामै उचपार गरेर घर फर्कने गरेका छन् भने कतिपय झापाका अस्पतालमा रेफर गरिएको अस्पतालका व्यवस्थापक क्षितिज खतिवडा बताए । जिल्लाका अन्य पालिकाहरुमा पनि फाटफुट रुपमा…
झापा, १२ कात्तिक । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । यही कात्तिक १८ गते आइतबार बिहान ११:३७ बजे भाइटीकाको साइत शुभ रहेको समितिको आजको बैठकले निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । नेवार समुदायले मनाउने किजापूजा पनि त्यसै दिन गर्नुपर्ने जनाइएको छ । यस वर्षको यमपञ्चक अर्थात् नेपालीको दोस्रो ठूलो चाड तिहार कात्तिक १३ गते मङ्गलबारदेखि सुरु हुँदैछ । मङ्गलबार धनत्रयोदशी ९धनतेरस० पर्व मनाइन्छ । यमदीपदान भने कात्तिक १४ गतेदेखि बुधबार परेको छ । कागतिहार पनि बुधबार नै मनाउनुपर्ने समितिले जनाएको…