
डम्बरकुमार निरौला
माईजोगमाई, १३ कात्तिक । माईजोगमाई गाउँपालिका अनुगमन समिति संयोजक प्रविना राईको संयोजकत्वमा सोमबार माईजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारको बजार अनुगमन गरिएको छ ।
अनुगमन समिति संयोजक प्रविना राईसहित गाउँपालिका अध्यक्ष कुशबहादुर थेवे, प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेत, इलाका प्रहरी कार्यलय नयाँबजारका प्रहरी इञ्चार्जसहित प्रहरी, गाउँपालिकाका कर्मचारी, वडा नं १ का वडासदस्य, स्वस्थ्यकर्मी तथा नयाँबजार बजार व्यवस्थापन समितिका पदाधिकारी लगायतको टोलीले ४३ वटा पसलको अनुगमन गरेको हो ।
अनुगमनको क्रममा केही पसलको वडामा दर्ता नगरिएको, मूल्यसूची नराखिएको, म्याद नाघेको सामान राखेको पाइएको थियो । म्याद गुज्रिएको सामानलाई अनुगमन टोलीले संकलन गरी नष्ट गरेको छ ।
Facebook Comments Box



