
झापा, १३ कात्तिक । झापाको मेचीनगरबाट प्रहरीले भन्सार छलेर ल्याउँदै गरेको ठूलो परिमाणमा मदिरा नियन्त्रणमा लिएको छ ।
आज बिहान इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ भन्सारगेट पछाडि भारतबाट नेपालतर्फ आउदै गरेको द्यच्द्दद्दँछण्छज्ञ नम्बरको भारतीय कारलाई चेकजाँच गर्ने क्रममा उक्त कारमा फल्स बटम बनाई डिकि लगायतका अन्य भागमा अबैध रुपमा भन्सार छलि गरी लुकाई छिपाई ल्याउँदै मदिरा बरामद गरेको हो ।
प्रहरीले उक्त गाडीबाट ब्ल्याक माउन्टेन ह्स्की २५४ बोतल, सुपर स्ट्रोङ बियर २४ बोतल गरी करिब १ लाख ९८ हजार ९०० बराबरका ्मदिरा बरामद गरेको छ । गाडीको बिगो समेत गरी ८ लाख ९८ हजार ९०० कायम गरिएको छ । भारतीय चालक जितेन्द्रकुमार पासवानलाई सहित नियन्त्रणमा लिएर थप कानुनी कारवाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


