jhapaonline add

झापा, १२ कात्तिक । पछिल्लो समय हवाई उडानमा सुरक्षा अफवाह आइरहेका छन् । अज्ञात समूहबाट एक साताको अवधिमै नेपालमा दुई पटक यस्तो अफवाह फैलाइएको छ । काठमाडौँबाट भारतको नयाँदिल्ली आज उड्न लागेको एयर इण्डियाको विमानमा बम राखेको हल्लापछि विमानमा सवार यात्रुलाई ओरालेर जाँच भइरहेको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीका अनुसार एयर इण्डियाको विमानमा बमको हल्लापछि अहिले जाँच भइरहेको छ । हालसम्म कुनै शङ्कास्पद वस्तु फेला परेको छैन । “भारतबाट नेपाल आउने विमानमा बम राखिएको हल्ला आइरहेको छन् तर, अहिलेसम्म त्यस्तो कुनै शङ्कास्पद बस्तु फेला परेको छैन”, प्रवक्ता कार्कीले भन्नुभयो । एयर इण्डियाको एआई–२१६ विमानमा बमको…

Read More

इलाम, १२ कात्तिक । कात्तिक महिना शुरु भइसक्दा पनि इलाममा डेङ्गुको त्रास भने कायमै रहेको पाइएको छ । अहिले पनि अस्पताल आएकाहरुमा डेङ्गु संक्रमण देखिने गरेको जिल्ला स्वास्थ्य कार्यालय इलामले जनाएको छ । सदरमुकामस्थित इलाम अस्पतालमा पनि कात्तिक महिना शुरु  भएयता तीन जनामा डेङ्गु देखिएको अस्पतालले जनाएको छ । अस्पतालको तथ्याकं अनुसार गएको साउन महिना यता १९ जनामा डेङ्गुको संक्रमण देखिएको छ भने ११ जनामा स्कप टाइफस  देखिएको बताइएको छ ।  अस्पताल आएका कतिपय बिरामी जिल्लामै उचपार गरेर घर फर्कने गरेका छन् भने कतिपय झापाका अस्पतालमा रेफर गरिएको अस्पतालका व्यवस्थापक क्षितिज खतिवडा बताए । जिल्लाका अन्य पालिकाहरुमा पनि फाटफुट रुपमा…

Read More

झापा, १२ कात्तिक । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । यही कात्तिक १८ गते आइतबार बिहान ११:३७ बजे भाइटीकाको साइत शुभ रहेको समितिको आजको बैठकले निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । नेवार समुदायले मनाउने किजापूजा पनि त्यसै दिन गर्नुपर्ने जनाइएको छ । यस वर्षको यमपञ्चक अर्थात् नेपालीको दोस्रो ठूलो चाड तिहार कात्तिक १३ गते मङ्गलबारदेखि सुरु हुँदैछ । मङ्गलबार धनत्रयोदशी ९धनतेरस० पर्व मनाइन्छ । यमदीपदान भने कात्तिक १४ गतेदेखि बुधबार परेको छ । कागतिहार पनि बुधबार नै मनाउनुपर्ने समितिले जनाएको…

Read More

झापा, १२ कात्तिक । तिहारका लागि यो वर्ष दुई लाख वटा मखमली फूलको माला निर्यात हुने भएको छ। फ्लोरिकल्चर एसोसिएसन (फ्यान) का अनुसार यस वर्ष गत वर्षको भन्दा ५० हजार बढी माला निर्यात हुन लागेको हो । गएको वर्ष एक लाख ५० हजार माला मात्र निर्यात भएको थियो । निर्यात हुने तयारीमा रहेको माला विशेष गरी अमेरिका, जापान, अस्ट्रेलिया, कोरिया युरोपका केही देश र केही खाडी मुलुकमा समेत निर्यातका माग भएको फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष दिलीप बादेले बताए । नेपालीहरु धेरै बसोबास गर्ने अन्य देशमा पनि मालाको माग बढिरहेको उनको भनाइ छ । हाल काठमाडौँ उपत्यकासहित कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी,…

Read More

बझाङ, १२ कात्तिक । बझाङमा जीप दुर्घटना हुँदा चारजना घाइते भएका छन् । तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुरतर्फ आउँदै गरेको बा १८च ५१४९ नम्बरको जीप भोपूरमा दुर्घटना भएको हो । सात जना यात्रु चढेको उक्त जीप तीव्र गतिका कारण सडकमै पल्टिएको हो । दुर्घटनामा घाइते हुनेहरूमा जीप चालक तलकोट गाउँपालिका–१ का ५६ वर्षीय वीर बहादुर बम, सोही ठाउँकी ४५ वर्षीया धनलक्ष्मी बम, जयपृथ्वी नगरपालिका–११ का १७ वर्षीय शङ्कर धामी र सोही ठाउँका २५ वर्षीया विद्या बोहोरा रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिनुभयो । घाइते सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य…

Read More

सुरुङ्गा, १२ कात्तिक । झापाको कनकाई नगरपालिका–३ स्थित कनकाई माविको खेल मैदानमा जारी दसैं–तिहार वडास्तरीय फुटबल प्रतियोगिताको आज सम्पन्न खेलमा वडा नम्बर ५ ले जित हात पार्दै सेमिफाइनलमा प्रवेश गरेको छ । वार्ड नम्बर ५ का तर्फबाट रुचन लिम्बुले लगायतार २ गोल गरेपछि उसले कनकाई भेट्रान क्लवको चुनौती पन्साउदै ५ नम्बरले बिजयी भएको हो । लिम्बुले खेलको पहिलो आफको ११ र २७ मिनेटमा गोल गर्दै आफ्नो टिमको बिजयी सुनिश्चित गरेका हुन । लिम्बु आजको खेलाको म्यान अफ दी म्याच बने । उनलाई आयोजक समितिका ख्याम ओली, आशिस संग्रौला, दिपेन ओली, वेविशा दवाडी लगायातले नगद १५ सय सहित ट्रफि प्रदान गर्नुभयो…

Read More

भद्रपुर, १२ कात्तिक । चन्द्रगढी सामूदायिक वन उपभोक्ता समूहले सामाजिक उत्तरदायित्व अन्र्तगत एक दिने च्याउ खेती सम्बन्धि तालिम सम्पन्न गरेको छ । समूहमा आबद्ध सदस्य लक्षित गरिवी निवारण तथा महिला शसक्तिकरण कार्यक्रम अन्र्तगत एक दिने च्याउ खेती तालिम सम्पन्न गरेको हो । कार्यक्रम संयोजक रमेश न्यौपानेको अध्यक्षता तथा भद्रपुर ९ की सदस्य मञ्जु पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न तालिममा च्याउ खेतीका लागि तालिक विज्ञान च्याउ उद्योगका सञ्चालक दुर्गाप्रसाद भट्टराईले प्रदान गरेका थिए ।

Read More

बिर्तामोड, १२ कात्तिक । दुबै मृगौला खराव भएर उपचार गर्दा गर्दै भएको सवै सम्पत्ति सकेर अर्काको घरमा आश्रय लिएर बसेका भक्तबहादुर भारतीले सहयोगको अपिल गरेका छन् । झापाको मेचीनगर–४ स्थित बाहुण्डाँगीका दुबै मृगौला खराव भएका ४० बर्षिय भारतीले सकेको आर्थिक सहयोग गरेर जीवन बचाइदिन देश तथा बिदेशमा रहने सम्पूर्णमा आग्रह गरेका छन् । हाल अर्जुनधारा–४ स्थित समावेशी टोलको एक घरमा आश्रय लिएर परिवारसहित बस्दै आएका रोगी भारतीले सवैको सानो सहयोगले आफ्नो जीवन बच्ने भन्दै सहयोगको अपेक्षा गरेका हुन् । २०८० पुसमा प्रेसरले हानेपछि धुलाबारीस्थित आम्दा अस्पतालमा परिक्षण गर्दा त्यहाँका चिकित्सकको सल्लाह अनुसार बिराटनगरको नोवेल टिचिङ अस्पतालमा परिक्षण गर्दा दुबै मृगौला…

Read More

झापा, १२ कात्तिक । देशभर स्थानीय वायु, पश्चिमी वायुका साथै भारतको ओडिशा आसपास रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेश लगायत देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । भोलि मंगलबार कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा…

Read More

झापा, १२ कात्तिक । नेपाल साफ माहिला च्याम्पियनसिप–२०२४ को फाइनमा प्रवेश गरेको छ । केहीबेर अघि सम्पन्न खेलमा नेपालले भारतलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो । निर्धारित समयमा दुवै टोलीले एक एक गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दुवै टोलीले पहिलो हाफमा गोलरहित बराबरी खेलेका थिए । निर्धारित ४५ मिनेट तथा अतिरिक्त तीन मिनेटको समयमा पनि नेपाल र भारतले गोल गर्न सकेनन् । पहिलो हाफमा भारतले नेपालमाथि दबाब बनाइराख्दा नेपाल गोल गर्नबाट चुक्यो । नेपाल र भारत दुवैले केही उत्कृष्ट अवसर प्राप्त गरेपनि गोल गर्न भने सकेनन् । मध्यान्तरपछिको खेलमा नेपालकी रेखा…

Read More