
भद्रपुर, १२ कात्तिक । चन्द्रगढी सामूदायिक वन उपभोक्ता समूहले सामाजिक उत्तरदायित्व अन्र्तगत एक दिने च्याउ खेती सम्बन्धि तालिम सम्पन्न गरेको छ ।

समूहमा आबद्ध सदस्य लक्षित गरिवी निवारण तथा महिला शसक्तिकरण कार्यक्रम अन्र्तगत एक दिने च्याउ खेती तालिम सम्पन्न गरेको हो । कार्यक्रम संयोजक रमेश न्यौपानेको अध्यक्षता तथा भद्रपुर ९ की सदस्य मञ्जु पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न तालिममा च्याउ खेतीका लागि तालिक विज्ञान च्याउ उद्योगका सञ्चालक दुर्गाप्रसाद भट्टराईले प्रदान गरेका थिए ।
Facebook Comments Box


