
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
सन्तोष शर्माझापा, १९ असोज । झापाको कनकाई नगरपालिका–१ र २ स्थित जामुनखाडी सामुदायिक वन उपभोक्ता समूह तथा जामुनखाडी सिमसार एवम् पर्यटकीय क्षेत्र पूर्वमा चिडियाखानाको प्रचुर सम्भावना सामुदायिक वन हो । वि.सं. २०६५ सालमा स्थापना भएको यो पर्यटकीय क्षेत्र पूर्वको पुरानो पर्यटकीय गन्तव्यमध्ये एक हो । यसले स्थापनाकालदेखि नै असुरक्षित जंगली जनावरलाई सुरक्षित आश्रय प्रदान गर्दै आएको छ । सामुदायिक वनको कूल चार सय ४३ हेक्टर वन क्षेत्रमध्ये ३२ हेक्टरमा सिमसार तथा पर्यटकीय क्षेत्र बनाएको छ । कोशी प्रदेशमा चिडियाखाना स्थापना गर्ने चर्चा चलिरहेका बेला हरेक दृष्टिकोणबाट जामुनखाडी उपयुक्त भएको जामुनखाडी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष परशुराम गिरी बताउनुहुन्छ । “चिडियाखानाका…
झापा, २१ असोज । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य यथावत रहँदा युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। तर, कुबेती र बहराइन दिनारको मूल्य भने बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राहरुको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ पैसा छ। विगत तीन दिनदेखि अमेरिकी डलर यही मूल्यमा कारोबार हुँदै आएको छ। त्यसैगरी आजको लागि यूरो एकको खरिददर एकसय ४७ रुपैयाँ १६ पैसा र बिक्रीदर एक सय ४७…
झापा, २१ असोज । भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रको मुम्बई सहरमा आइतबार एक भवनमा आगलागी हुँदा दुई बालबालिकासहित कम्तीमा सात जनाको मृत्यु भएको छ। घटनामा अन्य केही घाइते भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ। देशको आर्थिक राजधानी मुम्बईको चेम्बुर क्षेत्रमा आज बिहान आगलागी भएको हो। मृतक सबै एकै परिवारका सदस्य थिए। भुइँतलामा पसल र पहिलो तलामा आवासीय एकाइ रहेको दुईतले भवनमा आगलागी भएको हो। सुतिरहेका बेला आगलागी हुँदा ७ जनाको मृत्यु भएको हो।
झापा, २१ असोज । शरीरलाई बलियो र तन्दुरुस्त राख्न अनारको जुस पिउनु निकै फाइदाजनक साबित मानिन्छ । अनारमा पौष्टिक तत्त्वको अथाह खजाना पाइन्छ । त्यसैले अनारको जुस दिनको सुरुवात गर्न उत्कृष्ट मानिन्छ । अनारको जुस विशेष गरेर पुरुषका लागि चमत्कारी मानिन्छ, किनकि यो जुस दैनिक पिउनाले प्रजनन क्षमतामा सुधार हुन्छ । अनारको जुसले यौन समस्या कम गर्न प्रभावकारी हुने धेरै अध्ययनले देखाएको छ । यो स्वादिष्ट जुस छालाको स्वास्थ्यका लागि पनि राम्रो हुन्छ । यसलाई पिउनाले छालामा फरक चमक आउँछ । मेडिकल न्यूज टुडेको रिपोर्ट अनुसार अनारको जुसमा भिटामिन सी, भिटामिन के, फाइबर, पोटासियम, एन्टिअक्सिडेन्ट, फोलेट, म्याग्नेसियम, फस्फोरस, आइरन, क्याल्सियम…
झापा, २१ असोज । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको छ । देशको पूर्वी र मध्य भागमा भारतको पश्चिम बंगालको उत्तर भू-भाग तथा आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।…
झापा, २१ असोज । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज पनि आश्विन शुक्ल चौथी तिथि वृद्धि भएकाले नवरात्रमा गरिने दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा आराधना गर्नुपर्ने जनाएको छ । आज बिहान ६ः१६ बजेसम्म चौथी तिथि रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । यसैले आज पनि दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा, आराधना गर्नुपर्ने शास्त्रीय विधि रहेको उहाँले सुनाउनुभयो । आइतबार पनि सूर्योदयकालमा चौथी तिथि थियो । आइतबार दिनरात अर्थात् ६० घडी नै चौथी तिथि रहेको थियो । घटस्थापनादेखि आज पाँचौँ दिन भए पनि तिथि वृद्धि भएकाले चौथीकै कृत्य आज पनि गर्नुपर्छ । नवदुर्गामध्येकी पाँचौँ देवी…
बनियानी, २० असोज । झापाको बाह्रदशी गाउँपालिका–७ स्थित बिरिङ खोलाको किनारमा गाडिएको अवस्थामा मानव कंकाल फेला परेको छ । आज बाह्रदशी–७ बिरिङ खोलाको पश्चिम किनारमा गडिएको अवस्थामा टाउको हड्डी, खुट्टाको नली हड्डी, शरीरको अस्थिपञ्जर सडेगलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । गत जेठ १५ गते बाह्रदशी–५ फुलाबारीका भीम हजामको २२ वर्षीय राजेश हजाम कसैलाई नसोधी घरबाट हिँडेका थिए । उनी सम्पर्कविहीन भएपछि उनका बुबा भीमले इलाका प्रहरी कार्यालय अनारमनीमा जेठ १८ गते हुलिया निवेदन दिएका थिए । उनको खोज गर्नेक्रममा राजेशको हत्या भएको हुनसक्ने विषेश सूचान असोज १७ गते प्रहरीलाई…
शिवसताक्षी, २० असोज । झापाको शिवसताक्षी नगरपालिकाले आज बोलोचोक बजार, पाराबारी बजार, मंगलबारे बजार अनुगमन गरेको छ । अनुगमनका क्रममा बोलोचोक बजारका अधिकांश पसलहरु बन्द गरेको पाइएको छ । नगरपालिकाको गाडी रोकेर अनुगमन सुरु गरेपछि भित्री बजारका पसलहरु एकाएक बन्द भएको हो । बोलोचोकका एक व्यापारीले भने, अगिसम्म सबै पसल खुल्लै थिए , अनुगमन आएको देखेपछि सबै पसल बन्द भए । त्यस्तै वडा नं. ३ को पाराबारी बजारका ढकाल स्टोर, क्ुमार किराना, नेपाल सप्लायर्समा म्याद गुज्रिएका पेय पदार्थ, कुरमुरे, चाट मसला, पापडलगायत खाद्य सामाग्रीहरु म्याद गुज्रिएको अवस्थामा फेला परेको थियो । त्यस्तै शिवसताक्षी नगरपालिका वडा नं. २ मंगलबारेको आर्यन होटलमा…
बनियानी, २० असोज । झापाको बिर्तामोड नगरपालिका–६ गिरीबन्धु टिस्टेटस्थित पूर्व–पश्चिम लोकमार्गमा गत असोज ७ गते आगजनी गरिएको भारतीय ट्रकका चालकको मृत्यु भएको छ । भारत इस्लापुरका ४० वर्षीय पोदो रायको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापोल जनाएको छ । घाइते राय दार्जिलिङस्थित नर्थ बंगाल मेडिकल कलेजमा उपचाररत थिए । उपचारको क्रममा शनिबार मृत्यु भएको जानकारी पाएपछि आज उनको शव नेपालमा ल्याएर पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको उहाँले बताउनुभयो । गत असोज ७ गते बिर्तामोडबाट काँकरभिट्टातर्फ जाँदै गरेको डब्यू बी ७३ ई ३०५६ नम्बरको भारतीय ट्रकमा अपरिचित चार÷पाँच जनाको समूहले रोकेर आगजनी गरेका थिए । उक्त समूहले चालक…
सुनसरी, २० असोज । महान् चाड विजयादशमी नजिकिएसँगै सुनसरीको विभिन्न हाट बजारमा खसीबोकाको माग बढ्दै गएको छ । विजयादशमीमा विभिन्न शक्तिपिठहरुमा बली प्रथा तथा चाडबाड मान्नको लागि स्थानीयवासीहरू खसीबोका किन्नमा व्यस्त देखिएका हुन् । सुनसरीका विभिन्न शक्तिपिठहरुमा खसीबोका बली दिने पुरानो परम्परा अझै पनि उत्साहपूर्वक मनाउँदै आइरहेको हो । सुनसरीका विभिन्न शक्तिपिठहरुमा इनरुवाको काली मन्दिर, दुहबीको काली मन्दिर, धरानको दन्तकाली मन्दिर, हरिनगरा गाउँपालिकाको जोगिनियाँ माई मन्दिर तथा इनरुवाको वबियामा रहेको भगवती मन्दिरमा खसीबोकाको वली दिने चलन हुँदै आइरहेको छ । दसैँको अवसरमा यी शक्तिपिठहरुमा भक्तजनहरूको घुइँचो बढेसँगै जसमा उनीहरूले देवीलाई खसीबोका चढाएर आफूले चिताएको मनोकामना पूरा हुने जनविश्वास रहेको इनरुवाका…