
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
कनकाई, १६ मंसिर । झापाको कनकाई नगरपालिका वडा नम्बर ६ मा मतदान सुरु भएको छ। ७ बजेबाट सुरु हुने भनिएको मतदान ७ः१० बाट सुरु भएको हो । वडा न ६ को चम्फापुर माद्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा २ वटा मतदास्थबाट मतदान सुरु भएको निर्वाचन कार्यलयले जनाएको छ। देशभका स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि मतदान शुरु भएको छ । बिहान ७ बजेदेखि शुरु भएको मतदान बेलुकी ५ बजेसम्म चल्नेछ । उपचुनावको लागि एक सय ६२ मतदानस्थल र दुई सय ९३ वटा मतदानकेन्द्र तोकिएको छ । एक मेयर, एक उपमेयर, दुई अध्यक्ष, चार उपाध्यक्ष र ३३ वडाध्यक्ष गरी ४१ पदका…
झापा, १६ मङ्सिर । हाल देशमा पश्चिमी वायुको सामान्य तथा बङ्गालको खाडीमा रहेको चक्रवात ‘फेनजल’को आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर मौसम सफा रहेको बताएको छ । साथै तराईका केही स्थानमा हुस्सु लागेको छ । विभागका अनुसार आज दिउँसो कोशी, मधेश, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । गण्डकी र कर्णाली प्रदेशका उच्च…
झापा, १६ मंसिर । आज झापाको कनकाई–६ को वडाध्यक्षसहित स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि मतदान सुरु भएको छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान प्रारम्भ भएको हो । निर्वाचन आयोगका प्रवक्ता नीता पोख्रेल अर्यालका अनुसार अपराह्न ५ः०० बजेसम्म मतदानमा दुई लाख २६ हजार सात सय ९९ जनाले मताधिकार प्रयोग गर्नेछन् । यो उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् । शान्त र सहिष्णु वातावरणमा मतदान भइरहेको छ । आयोगले सक्कल मतदाता परिचयपत्र, नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी…
झापा, १५ मंसिर । बसको ढोकाबाट खसेर आज दुई जनाको मृत्यु भएको छ । काठमाडौँको तारकेश्वर नगरपालिका–८ शेषमतीको लामबगरस्थित शान्तिटोल गेट नजिक बा४ख ७१११ नम्बरको बसको ढोकाबाट खसेर दुई जनाको मृत्यु भएको हो । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार दुर्घटनामा नुवाकोट ककनी गाउँपालिका–५ बस्ने ५० वर्षीय सन्चबहादुर लामा र तादी गाउँपालिका–१ घर भई काठमाडौँ तारकेश्वर–८ लामबगर बस्ने ५८ वर्षीया सुन्तली ओझाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको उहाँले जानकारी दिनुभयो । बसबाट खसेर घाइते भएका बसका सहचालकलाई उपचारका लागि राष्ट्रिय ट्रमासेन्टर पठाइएको प्रहरी…
भद्रपुर, १५ मंसिर । कलवलगुरी कृषि सहकारी संस्था भद्रपुर १० को प्रथम साधारण सभा विविध कार्यक्रमकासाथ सम्पन्न गरिएको छ । शान्ति कृषक, सिर्जनात्मक कृषि र कलवलगुरी कृषि सहकारी संस्थाको एकीकरणपछि भएको प्रथम साधारण सभा उत्कृष्ट सम्मान, रिक्त पद पूर्ति लगायत कार्यक्रमका साथ सम्पन्न गरिएको हो । सहकारीका अध्यक्ष नारायणप्रसाद चौलागाईको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सभा सम्पन्न साधारण सभामा उत्कृष्ट कृषक प्रोत्साहन सम्मान सीतादेवी मगर, उत्कृष्ट बचत सम्मान इन्दिरादेवी पौडेल तथा ऋण कारोवार सम्मान पलमान जोगीलाई सम्मानित गरिएको थियो भने उत्कृष्ट सन्तती सम्मानबाट रञ्जन दुलाल र सृष्टि राजवंशीलाई नगद रू१५०५।— सहित पुरस्कृत गरिएको थियो । उपाध्यक्ष…
द्रोण अधिकारीभद्रपुर, १५ मंसिर । बजेट अभावमा समयमै विकासका काम गर्न सकिएन भन्ने जनप्रतिनिधि र सरकारी प्रतिनिधिहरूलाई झापामा विकास वजेट खर्च गर्न नसक्ने दाग लाग्ने अवस्था सिर्जना हुँदै गएको छ । हरेक वर्ष अन्तिम समयमा हतारमा विकास वजेट खर्च गरेर गुणस्तरहीन विकासका काममा सकृय भएको आरोप खपिरहेका सरकारी प्रतिनिधिले यस वर्ष पनि समयमै विकास वजेट खर्चन नसक्ने संकेत देखिएको हो । राजश्व संकलनको अवस्था हेर्दा झापा जिल्ला यहीँको आम्दानीले खर्च धान्न सक्ने उच्च स्तरको आय भएको जिल्लामा पर्दछ । यस जिल्लाका लागि आउने वजेट बराबर आम्दानी गर्ने जिल्लाको हैसियत बनाएको झापामा चालु आर्थिक वर्ष २०८१÷०८२ को पहिलो चौमासिक अवधिमा ७…
सरोज भट्टराईशिवसताक्षी, १५ मंसिर । पूर्वको प्रशिद्ध तीर्थ स्थल सताक्षीधाममा बालाचदुदर्शीका दिन शतबीज छर्ने भक्तजनको भीड लागेको छ । हिजो त्रयोदशीको बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले आज बिहानै सताक्षी नदीमा दीप सेलाएर पितृको सदगतिको कामना गर्दै शतबीज छरेका छन् । शतबीजमा धान, जौ, गहुँ र कागुनुजस्ता अन्नसहित केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती निबुवा, बिमिरो, अमला आदि मौसमी फल र विभिन्न किसिमका फूल समावेश गरिएको हुन्छ । मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहानै मृगस्थली क्षेत्रमा शतबीज छरेमा पितृको उद्धार हुने तथा जन्ममृत्युको चक्रबाट मुक्त हुने धार्मिक मान्यता छ । सताक्षीधाममा प्रमुख आकर्षणको केन्द्रका रुपमा नव निर्मिकत ५१…
बिर्तामोड, १५ मंसिर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले ३८ जना कर्मचारीलाई सम्मान गरेको छ । एनएमसीले आज बिर्तामोडमा संस्थाको ३२ औं बार्षिक साधारणसभाको माइन्यूट प्रमाणीकरण सभाको अवसर पारेर उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गरेको हो । संस्थाले माइन्यूट प्रमाणीकरण सभामा आर्थिक बर्ष २०७९÷०८० र ०८०÷०८१ का विभिन्न विधाका उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ । आर्थिक वर्ष २०७९–०८० का उत्कृष्ट कर्मचारीमा नवराज अधिकारी, सुनिता दाहाल, अनुपमा आचार्य, रिता श्रेष्ठ, सुवास खतिवडा, देबीका दंगाल रहेका छन् । उनीहरुमध्ये नवराज अधिकारीलाई नगद २५ हजार अन्यलाई जनही नगद १५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो । यसैगरी २०७९÷०८० मा १० वर्ष पूरा गर्ने १४ जना…
बिर्तामोड, १५ मंसिर । बिर्तामोडमा सघन सहरी विकास कार्यक्रम अन्तर्गतका ७ वटा योजनाको काम धमाधम भइरहेको छ । शहरी विकास मन्त्रालयबाट बिर्तामोडमा महिला मेयर भएकै कारण आएको १३ करोड रुपैयाँ बजेटबाट ६ वटा सडकको स्तरोन्नति र एउटा भवन निर्माणको काम भईरहेको हो । योजनाहरु वडा नम्बर १, २, ३, ६ र ८ मा सञ्चालनमा छन् । वडा नम्बर १ को धर्मकाँटा उत्तर लोकतान्त्रिक मार्ग र वडा नम्बर २ को बानालाल मार्गमा प्लम निर्माण भईसकेको छ । उक्त सडकमा अहिले बिजुलीका पोल व्यवस्थापन गर्ने काम भईरहेको छ । यस्तै वडा नम्बर १ कै अतिथि सदन रोडमा आगामी हप्तादेखि काम सुरु हुने…
कनकाई, १५ मंसिर । मेचीमहाकाली बुहारी संयुक्त आवाज कनकाई शाखाको आयोजनामा लैंगिक हिंसा विरुद्व १६ दिने अभियान अन्तर्गत मानव बेचविखनविरुद्ध अभिमुखीकरण कार्यक्रम भएको छ । झापा गाँउपालिका वडा नम्वर ७ मदरगाछस्थित जनकल्याण माध्यमिक विद्यालयको सभा हलमा आयोजित कार्यक्रममा स्थानीय महिला, बालकालिका, जनप्रतिनिधि लगायत संस्थाका प्रतिनिधिको बाक्लो उपस्थिति रहेको थियो । मेचीमहाकाली बुहारी संयुक्त आवाज कन्काई शाखाकी अध्यक्ष कल्पना भट्टराई उप्रेतीको अध्यक्षतामा आयोजित कार्यक्रमलाई संस्थाकी कन्काई शाखा सदस्य विन्दा बाँस्कोटाले स्वागत गर्नु भएको थियो । उहाँले लैंगिक हिंसाको सुरुवात हाम्रो चिन्तनबाट शुरु हुने भएकोले आफ्नो बिचारमा परिर्वतन ल्याउनु पर्नेमा जोड दिनुभयो । झापा गाँउपालिका वडा नम्वर ७ का वडा सदस्य प्रेम…