
बिर्तामोड, १५ मंसिर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले ३८ जना कर्मचारीलाई सम्मान गरेको छ । एनएमसीले आज बिर्तामोडमा संस्थाको ३२ औं बार्षिक साधारणसभाको माइन्यूट प्रमाणीकरण सभाको अवसर पारेर उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गरेको हो ।
संस्थाले माइन्यूट प्रमाणीकरण सभामा आर्थिक बर्ष २०७९÷०८० र ०८०÷०८१ का विभिन्न विधाका उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ । आर्थिक वर्ष २०७९–०८० का उत्कृष्ट कर्मचारीमा नवराज अधिकारी, सुनिता दाहाल, अनुपमा आचार्य, रिता श्रेष्ठ, सुवास खतिवडा, देबीका दंगाल रहेका छन् । उनीहरुमध्ये नवराज अधिकारीलाई नगद २५ हजार अन्यलाई जनही नगद १५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।
यसैगरी २०७९÷०८० मा १० वर्ष पूरा गर्ने १४ जना कर्मचारीलाई दीर्घ सेवा सम्मान गरिएको छ । उनीहरुलाई ५० ग्राम चाँदीको सिक्कासहित सम्मान गरिएको थियो । त्यस्तै, आर्थिक बर्ष २०८०÷०८१ मा उत्कृष्ट कर्मचारीका रुपमा राकेश हरिजन, नविना चम्लागाई, मेघनाथ न्यौपाने, सोनम शेर्पा, कृष्पना खरेल, बसन ठकुरी, रिता भट्टराईलाई नगदसहित सम्मान गरिएको छ ।
त्यस्तै, गरी १० बर्ष पूरा गरेका ९ जनालाई ५० ग्राम चाँदीको सिक्कासहित सम्मान गरिएको छ भने २५ बर्ष पूरा गरेका कर्मचारी गंगाराम तिम्सिनालाई १० ग्राम सुनको सिक्कासहित सम्मान गरिएको छ ।
संस्थाका अध्यक्ष ठाकुरप्रसाद शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेशमा आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना मगरको प्रमुख आतिथ्य रहेको थियो । उत्कृष्ट कर्मचारीहरुलाई प्रमुख अतिथि मगरले सम्मान गरेका थिए ।
संस्थाकी बरिष्ठ उपाध्यक्ष भगवती घिमिरेले स्वागत गरेको कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा सहारा नेपाल साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी, जिल्ला समन्वय समिति झापाकी उप–प्रमुख शान्ति रोक्काले शुभकामना मन्तव्य राखेका थिए । लेखा सुपरिवेक्षण समितिकी संयोजक रचना दाहालले लेखा प्रतिवेदन प्रस्तुत गरेको कार्यत्रmमको सञ्चालन संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले गरेका थिए ।
संस्थाले यसअघि संस्थाको गत मंसिर २ गतेदेखि ८ गतेसम्म सात स्थानमा इकाईगत साधारणसभा सम्पन्न गरेको थियो । आर्थिक बर्ष २०८०÷०८१ सम्ममा एक अर्व ४७ करोड ३६ लाख शेयर पुँजी रहेको संस्थामा एक लाख ८३ हजार शेयर सदस्य रहेको संस्थाका अध्यक्ष शिवाकोटीले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।



