
कनकाई, १६ मंसिर । झापाको कनकाई नगरपालिका वडा नम्बर ६ मा मतदान सुरु भएको छ। ७ बजेबाट सुरु हुने भनिएको मतदान ७ः१० बाट सुरु भएको हो । वडा न ६ को चम्फापुर माद्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा २ वटा मतदास्थबाट मतदान सुरु भएको निर्वाचन कार्यलयले जनाएको छ।
देशभका स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि मतदान शुरु भएको छ । बिहान ७ बजेदेखि शुरु भएको मतदान बेलुकी ५ बजेसम्म चल्नेछ । उपचुनावको लागि एक सय ६२ मतदानस्थल र दुई सय ९३ वटा मतदानकेन्द्र तोकिएको छ । एक मेयर, एक उपमेयर, दुई अध्यक्ष, चार उपाध्यक्ष र ३३ वडाध्यक्ष गरी ४१ पदका लागि उपचुनाव भएको हो ।
निर्वाचन आयोगका अनुसार उपनिर्वाचनमा २० राजनीतिक दलका र स्वतन्त्रसमेत गरेर तीन सय ७६ जना उम्मेदवार छन् । उपचुनाव हुने पालिकामा दुई लाख २६ हजार सात सय ९९ मतदाता छन् । जम्मा एक स्वतन्त्र सहित ९ जना उम्मेदवारहरु चुनावी मैदानमा हुनुहुन्छ भने १ हजार ५८ जना महिला र १ हजार जना पुरुष गरी २०५८ जना मतदाता रहेका छन् ।


