
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, २५ कात्तिक । कोशी प्रदेश सरकारका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नक्कली कागजात बनाएर ३ जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरीका एक जना उच्च अधिकृतले बताए । उनलाई विराटनगरबाट काठमाडौँ ल्याइँदै छ । नक्कली कागजात बनाएर अधिकारीसँगै जापान पुगेकाहरूले प्रतिव्यक्ति १० लाख रुपैयाँ बुझाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । टोकियो विमानस्थलबाट डिपोर्ट भएर काठमाडौँ फर्किएका खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटाले प्रतिव्यक्ति १० लाख रुपैयाँ बुझाएका हुन् । कार्तिक १४ मा मन्त्रीसहित उनीहरू ३ जनालाई टोकियोस्थित…
बिर्तामोड, २५ कात्तिक । बिर्तामोडका विभिन्न सडकहरु कालोपत्रे गर्ने काम धमाधम भईरहेको छ । आज शनिस्चरे रोडदेखि अतिथिसदन जाने सडक, वानस्टप महलदेखि अतिथि सदन जाने सडक र शनिस्चरे रोड देखि पुरानो कृष्णहलसम्मको ३ वटा सडक कालोपत्रे हुँदैछ । बिर्तामोड नगरपालिका र सडक वोर्डको संयुक्त लगानीमा सडक स्तरोन्नति (कालोपत्रे) गरीएको हो । कालोपत्रे हुँदै गरेको अतिथिसदन अदुवा खोला पुलसम्मको ३ सय ३० मिटर, वानस्टप महलदेखि अतिथि सदन रोडसम्म २ सय १० मिटर र शनिस्चरे रोडदेखि पुरानो कृष्ण हलसम्मको १ सय ३९ मिटर सडक भोलिसम्ममा सकिने बिर्तामोड नगरपालिकाका सव( ईन्जिनियर डिल्लीराम ओलीले जानकारी दिनुभयो । कुल ६ सय ७९ मिटर कालो पत्रे…
सर्लाही, २५ कात्तिक । लागुऔषध ओसारपसार मुद्दामा पक्राउ परेका अभियुक्त इलाका प्रहरी कार्यालय हरिवनको थुनुवा कक्षबाट फरार भएका छन् । बरहथवा नगरपालिका–९ मूर्तियाका रामआयोधी मुखिया फरार भएका हुन् । हिरासत कक्ष सरसफाइ गर्ने क्रममा दिउँसो मुखिया फरार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंहले जानकारी दिए। उनीमाथि लागुऔषध गाँजा ओसारपसार मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको थियो । घटनालगत्तै इलाका प्रहरी कार्यालयबाट थुनुवा अधिकृतसहित चार जनालाई जिल्ला प्रहरी कार्यालय झिकाएर अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए । फरार अभियुक्त मुखियाको खोजी भइरहेको छ ।
धनुषा, २५ कात्तिक । मिथिलाञ्चलमा आज अक्षय नवमी पर्व मनाइँदै छ । मिथिलामा धातृ नवमी र इच्छा नवमीसमेत भनिने यो पर्व कात्तिक शुक्ल नवमी तिथिमा मनाइन्छ । यस पर्वमा अमला (धातृ) रुखको फेदमा खाना खाने मैथिल परम्परा छ । बगैँचा र वनक्षेत्रका अमलाका रुखमुनि वनभोज आयोजना गरिन्छ । आफ्नै आँगन वा खेतबारी तथा बगैँचामा अमलाका रुख हुनेले यसै ठाउँमा र कतिपयले वनक्षेत्रका अमलाका रुखमुनि वनभोज गर्छन् । यो पर्वमा अनिवार्य रूपले अमलाका विभिन्न परिकार बनाइने मैथिल परम्परा रहेको जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले बताउनुभयो । अमलाका विशेष परिकार ९अचार, मुरब्बा र चटनी०सहित शाकाहारी खानेकुरा मात्र खाइन्छ । पर्व विशेषले…
झापा, २५ कात्तिक । हाल देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ । विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ । पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना छ । त्यसैगरी आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ । देशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।…
झापा, २५ कात्तिक । झापाको कमल गाउँपालिका–२ समयगढका चन्द्र श्रेष्ठको घरमा आगलागी हुँदा तीन लाख बराबरको क्षति भएको छ । गएराति श्रेष्ठको बाँसको भाटाको टाटीबेरा, टिनको छाना भएको १ तले घरमा अचानक आगलागी भएको भएको थियो । प्रहरी, स्थानीयबासी र कमल गाँउपालिकाको दमकलको सहयोगमा आगो बिहान ५ बजे पूर्ण रुपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगलागीबाट घर, घरमा भएको भाडा वर्तन, अन्नपात, लता कपडा पूर्ण रुपमा जलेर नष्ट हुँदा ३ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
झापा, २५ कात्तिक । झापा र सुनसरीबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । कात्तिक २४ गते लागु औषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटीएको प्रहरी टोलीले चेकजाँचको क्रममा झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुल स्थितबाट मोरङ पथरी शनिश्चरे नगरपालिका–८ केर्खा टोल का २१ वर्षीय विक्रम क्षेत्रीको साथबाट लागुऔषध ब्राउनसुगर १० ग्राम फेला पारी नियन्त्रणमा लिएको हो । यसैगरी, इलाका प्रहरी कार्यालय इटहरी, सुनसरीको टोलीले गोप्य सूचनाको आधारमा इटहरी उपमहानगरपालिका–४ मनकामना टोल का २९ वर्षीय विवेक चौधरीलाई लागुऔषध ब्राउन सुगर २ ग्राम ८९० मिलिग्राम सहित पक्राउ गरेको छ । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेको उनिहरुकोको सम्बन्धमा थप अनुसन्धान…
भद्रपुर, २५ कात्तिक । मेची भन्सार कार्यालयले एक दशकमा चोरी पैठारी र निकासी भएको रु ६६ करोड १३ लाख आठ हजार आठ सय २५ बराबरको मालवस्तु बरामद गरेको छ । उक्त मूल्य बराबर मालवस्तु आव २०७१/७२ देखि आव २०८०/८१ सम्मको बरामद भएको हो । भन्सार कार्यालयका अनुसार चोरी पैठारी हुने मुख्य मालवस्तुमा रेडिमेड कपडाअन्तर्गत सारी, कुर्ती थान कपडासमेत गरी भाडा वर्तन, किराना सामग्री, मोबाइल, सुर्तीरखैनी रहेका छन् । निकासीतर्फ गाई, बाछा, बाख्रा, सुपारी रहेका छन् । यसरी बिल बिजक नभएका निकासी पैठारी भएका मालवस्तु नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कार्यालयले बरामद गरेको कार्यालयका नायब सुब्बा किशोर आचार्यले बताए ।…
झापा, २५ कात्तिक । सौर्य ऊर्जा उत्पादन गर्दै आएको झापा इनर्जी लिमिटेडले नौ महिनामा रु सात करोड ११ लाख ३८ हजार सात सय १० मूल्य बराबरको विद्युत् उत्पादन गरेर नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरेको छ । शिवसताक्षी नगरपालिका–४ बुलुचोकमा उक्त कम्पनीको सौर्य विद्युत् परियोजना सञ्चालनमा रहेको छ । गत वर्षको माघ २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त परियोजनाको उद्घाटन गरेका थिए । कम्पनीका प्रबन्ध सञ्चालक सुभाष भट्टराईले गत वर्षको माघ १० गतेदेखि विद्युत् उत्पादन सुरु गरेको बताए । गत माघ १० गतेदेखि यस वर्षको कात्तिक २० गतेसम्मको अवधिमा परियोजनाले एक करोड १९ लाख सात हजार सात सय ८१ युनिट…
झापा, २५ कात्तिक । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको एक सय ४०औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । फाल्गुनन्द जयन्तीका अवसरमा कोशी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उनको महत्त्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माणसमेत गरेका थिए । जसलाई ‘सत्य धर्म मुचुल्का’ भनिन्छ । यो १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो । छोरीको विवाह गर्दा सोत–रीत ९पैसा लिन नहुने०, भगवान्को पूजा गर्दा जीवहत्या गर्न नहुने, मद्यपान तथा मासु…