jhapaonline add

काठमाडौँ, २७ फागुन । बाह्र दिनदेखि रोकिएको पश्चिम एसिया क्षेत्रको हवाई उडान आंशिक रूपमा सञ्चालनमा आएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सन्तुष्टकुमार बस्नेतका अनुसार अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीहरूले पाँच दिनदेखि अवस्था हेरेर आंशिक रूपमा उडान सुरु गरेका छन्। अमेरिका–इरान युद्ध सुरु भएपछि फागुन १६ गते यात्रुको सुरक्षाको कारण देखाउँदै पश्चिम एसियातर्फको हवाई उडान बन्द गरिएको थियो। त्यसपछि नेपालबाट हुने कतिपय अन्तर्राष्ट्रिय उडान रद्द भएका थिए। युद्धको प्रभाव स्वरूप युएई, कतार, कुवेत, इरान, इराक, इजरायल, जोर्डन, लेबनान र बहराइनले आफ्नो ‘एयरस्पेस बन्द’ गरेका थिए। प्रवक्ता बस्नेतले पश्चिम एसियाको तनावपूर्ण स्थितिमा केही सुधार आएपछि अवस्था हेरेर केही वायु सेवा प्रदायक कम्पनीले आंशिक…

Read More

काठमाडौँ, २७ फागुन । प्रहरी प्रधान कार्यालयले काठमाडौँलगायत प्रमुख सहरहरूमा वायु प्रदूषणको स्तर चिन्ताजनक रूपमा बढेको उल्लेख गर्दै आवश्यक सावधानी अपनाउन सार्वजनिक अनुरोध गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले प्रदूषण बढेकाले आज सार्वजनिक सूचना जारी गरेर आफ्नो स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन र सर्तकता अपनाउन अनुरोध गरिएको जानकारी दिए । उनका अनुसार नेपाल प्रहरीले नागकिरमा छ बुँदे अनुरोध जारी गर्दै अत्यावश्यक काम नपरी घर बाहिर ननिस्किन आग्रह गरेको छ । त्यस्तै सकेसम्म समूहमा मिलेर वा एकापसलाई ‘लिफ्ट’ दिएर सवारीसाधनको कम प्रयोग गर्न, आफ्नो वरिपरि आगो लगाएर फोहर नजलाउन, वायु प्रदूषणको स्तर उच्च भएको…

Read More

मोरङ, २७ फागुन । विराटनगरमा मोटरसाइकल दुर्घटनामा परेर बुधबार बिहान नेपाल प्रहरीका सइ (प्रहरी नायव निरीक्षक)को मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् । मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेले कोशी प्रदेश प्रहरी तालिम केन्द्र रानी विराटनगरमा कार्यरत सइ ४० वर्षीय मीनबहादुर बोहोराको मृत्यु भएको जानकारी दिए । उनका अनुसार हिरासत व्यवस्थापन शाखा झापा दरबन्दी भएर विराटनगरको तालिम केन्द्रमा कार्यरत बोहोराले चलाएको मोटरसाइकल विराटनगर महानगरपालिका–४ राजवंशी चोकमा बिहान ७स्३५ बजेतिर दुर्घटनामा परेको थियो । राजवंशी चोकबाट भित्री सडक खण्ड भएर नोबेल अस्पतालतर्फ जाँदै गरेको स ७ प ९१५२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक…

Read More

काँकडभिट्टा, २७ फागुन । पूर्वी नेपालको काँकडभिट्टा नाकाबाट चार महिलाको उद्धार गरिएको छ । उनीहरूलाई ललाइफकाई भारत लैजान खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार उद्धार गरिएका महिलाहरूमा खोटाङको साबिक सुङ्देल गाविस ४ जन्म भई हाल सुनसरी वराहक्षेत्र ३ नडाह बस्ने ३० वर्षीया मेनुका राई, सोही ठाउँकी २८ वर्षीया प्रमीला राई, २१ वर्षीया मनिषा माझी र सिन्धुपाल्चोक बलेफी गाउँपालिका ६ की २५ वर्षीया सरिता तामाङ रहेका छन् । मंगलबार बेलुका ५ बजे मेचीनगर नगरपालिका ६ स्थित मेची भन्सार गेट अगाडी इलाका प्रहरी कार्यालय काँकडभिट्टा र आफन्त नेपाल संस्थाबाट खटिएका कर्मचारीको संयुक्त टोलीले नेपालबाट भारततर्फ ती महिलाहरूलाई भारत…

Read More

झापा, २७ फागुन । आज पनि सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढेको छ । सुनको भाउ २ हजारले बढेर तोलाको ३ लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो हप्ताको पहिलो दिन आइतवार सुनको भाउ तोलको ३ लाख १६ हजार ४०० रुपैयाँ रहेको थियो । यस्तै सोमवार सुनको भाउ ३ हजार ७०० ले घटेकोमा हिजो ३ हजार ८०० रुपैयाँले बढेको थियो । आज चाँदीको भाउ भने घटबढ भएको छैन । चाँदी हिजो जस्तै आज पनि तोलामा ५ हजार ७२० रुपैयाँमा कारोबार भइरहेको छ ।

Read More

इलाम, २७ फागुन । गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाममा १८ जना उम्मेदवारको जमानत जफत भएको छ। अन्तिम मत परिणाम अनुसार क्षेत्र न.१ मा ८ जना र क्षेत्र न.२ मा १० जना उम्मेदवारको को जमानत जफत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । इलाम १ मा १३ र इलाम २ मा १४ उम्मेदवार चुनावी मैदानमा थिए । इलाममा २६ वटा दल र १ जना स्वतन्त्र उम्मेदवार थिए । खसेको कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसकेका उम्मेदवारहरूको जमानत जफत भएको हो । निर्वाचन आयोगका अनुसार इलाम क्षेत्र न.१ मा ६३ हजार ९५७ मत खसेकोमा…

Read More

चितवन, २७ फागुन । चितवन क्षेत्र नम्बर(२ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछानेले निर्वाचन खर्च विवरण पेस गर्नुभएको छ । उहाँ रास्वपाका पार्टी सभापति समेत हुनुहुन्छ । निर्वाचन आयोगमा पेस गरिएको विवरणअनुसार रु नौ लाख ८९ हजार ९८७ खर्च भएको उल्लेख छ । आयोगमा पेस गरिएको पत्रमा मनोनयन दर्ता खर्च रु १० हजार, नमुना मतपत्र सामग्री छपाइमा रु ६८ हजार १६१, यातायात तथा इन्धन खर्च रु दुई लाख ९५ हजार, मतदाता प्रशिक्षण खाजा खर्च रु १४ हजार २००, वडास्तरीय प्रचारप्रसार रु ४६ हजार, प्रचारप्रसारका लागि झन्डा र ब्याच खरिद रु एक लाख १२…

Read More

ताप्लेजुङ, २७ फागुन । बाँदरलाई पासोमा पारी कुकुर लगाएर अमानवीय तरिकाले मारेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाँचथरको हिलिहाङ गाउँपालिका–२ सिंहपुर घर भई हाल ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बु बस्ने २१ वर्षीय संगम भनिने छप्पु हेम्ब्या रहेका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक जटाशंकर यादवद्वारा जारी प्रेस विज्ञप्तिका अनुसार, सामाजिक सञ्जालमा बाँदरलाई तड्पाउँदै कुकुरले टोकाएर मारेको भिडियो सार्वजनिक भएपछि विभिन्न निकाय र संघसंस्थाहरूले गम्भीर चासो व्यक्त गरेका थिए । सोही विषयमा ध्यानाकर्षण हुँदै प्रहरीले अनुसन्धान अघि बढाएको थियो । प्रहरीको अनुसन्धानबाट उक्त घटना प्रतिनिधि सभाको निर्वाचनभन्दा अगाडि घटेको…

Read More

सुर्खेत, २७ फागुन । सुर्खेतको वीरेन्द्रनगर–४ जनजागरण सामुदायिक वनमा शनिबार एक किशोरीको शव फेला परेको छ। प्रहरी अनुसन्धानपछि शव वीरेन्द्रनगर–१ की १६ वर्षीया एनिशा विकको भएको पुष्टि भएको छ। उनी कक्षा ११ मा अध्ययनरत थिइन्। शनिबार बिहान विद्यालयमा प्रयोगात्मक परीक्षा दिन्छु भन्दै घरबाट निस्किएकी एनिशा केही घण्टामै वनमा मृत अवस्थामा भेटिएकी हुन्। आमालाई ‘छिट्टै फर्किन्छु’ भनेकी उनी विद्यालयमा भने उपस्थित भएकी थिइनन्। आफन्तले खोजी गर्ने क्रममा एनिशा वनमा अचेत अवस्थामा भेटिएकी थिइन्। अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीका अनुसार एनिशा विद्यालयका एक किशोरसँग प्रेम सम्बन्धमा थिइन्। घटनामा संलग्न भएको आशंकामा प्रहरीले वीरेन्द्रनगर–९ लाटिकोइलीका एक किशोरसहित चार जनालाई…

Read More

झापा, २७ फागुन । हाल देशमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावले पहाडी र हिमाली भागमा बादल लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई तथा उपत्यकाका केही स्थानमा तुवाँलो पनि लाग्नेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा पनि बादल लाग्नेछ । त्यसैगरी, हिमाली भूभागका केही स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा एवं हिमपातको सम्भावना छ । साथै मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भेगका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने महाशाखाको…

Read More