
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
शिवसताक्षी, २५ मंसिर । शिवसताक्षी नगरपालिकामा ३३ औं लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानका सम्पूर्ण कार्यक्रमहरु सम्पन्न भएका छन् । शिवसताक्षी नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा १६ दिने अभियानको आज वडा नं। ९ मा अभिमुखी कार्यक्रम गर्दै समापन गरिएको हो । कार्यक्रम मंसिर १० गतेबाट सुरु गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । कार्यक्रममा नगरप्रमुख मेगाहाङ्ग थोप्राले सरकारले वि।सं। २०७६ लाई लैंगिक हिंसा विरुद्ध अभियान वर्ष भनी घोषणा गरी विविध कार्यक्रमहरु गर्दै आएको बताए । उनले मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ ले हरेक मानिसको स्वतन्त्रतापूर्वक जन्मन, हुर्कन र बाँच्न पाउने अधिकारको ग्यारेण्टी गरेको छ । उनले भने, लैंगिक विभेद आजको…
कनकाई, २५ मंसिर । झापाको कनकाई नगरपालिकामा चिनियाँ टोलीले विभिन्न विषयमा छलफल गरेको छ । मंगलबार कनकाई नगरमा आएको टोलीले कनकाईमा नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, उप–प्रमुख आशा शर्मा शिवाकोटी, प्रमुख प्रशासकीय अधिकृत सुरज श्रेष्ठ, योजना शाखा प्रमुख जमुना कटुवाल, इन्जिनियर विशाल थेवे, विष्णु राई लगायतको टोलीसँग कनकाई नगरपालिकामा कृषि, पर्यटन सौर्य तथा उद्योग लगायतका विषयमा छलफल गरेको हो । चीनको जेजिङ्ग प्रान्तबाट आएको उद्योगीको टोलीले सुरुमा नगर प्रमुखको कार्यकक्षमा भएको छ्लफलमा कनकाईमा कृषि, पर्यटन तथा उद्योग लगायतका क्षेत्रमा के–के स्थापना गर्न सकिन्छ र यहाँ विशेष गरी कृषिमा चिया खेती, चियाका लागि उद्योगको स्थापना कसरी गर्न सकिन्छ साथै पर्या–पर्यटनको क्षेत्रमा कसरी…
सरोज भट्टराईशिवसताक्षी, २५ मंसिर । झापाको शिवसताक्षीमा रैथाने जातका १०७ जातका धान संरक्षण गरिएको छ । शिवसताक्षीको वडा नं. ७ चन्द्रडाँगीमा रहेको कञ्चन जैविक विविधता संरक्षण विकास समितिले रैथाने १२० प्रजातिका धान संरक्षण गरेको हो । जैविक विविधता संरक्षणले यस वर्ष १०७ प्रजाति धानहरु एकै ठाउँमा फलाएर विउको संरक्षण गरेको जनाएको छ । शिवसताक्षी नगरपालिका–७ को चन्द्रडाँगीमा समितिले भाडामा लिएको तीन कठ्ठा जग्गामा विभिन्न प्रजातिका धान फलाइएको कञ्चन जैविक विविधता संरक्षण विकास समितिका अध्यक्ष डिल्ली पौडेलले जानकारी दिए । उनले रैथाने धानको संरक्षणका लागि देशभरिबाट सङ्कलित धानलाई एउटै जग्गामा रोपेर फलाइएको बताए । पुराना रैथाने बाली लोप हुँदै गएका कारण…
द्रोण अधिकारीभद्रपुर, २५ मंसिर । झापा सदरमुकाम भद्रपुर क्षेत्रमा बहु वर्षे आयोजनाका रूपमा निर्माण थालिएर अधुरो काम गर्दै वर्षौंयता अलपत्र छाडिएका दुई महत्वपूर्ण संरचनाको निर्माण सम्पन्नको माग राखेर भद्रपुर नगरपालिकाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । नेपाली राजनीतिको पछिल्लो उपलब्धी संघीय गणतन्त्र नेपालको प्रतीकका रूपमा निर्माण थालिएको गिरिजाप्रसाद कोइराला स्मृति भवनको निर्माण अलपत्र भएको वर्षौं भएको तथा सिमान्तकृत विद्यार्थी अध्ययन गरिरहेको अरनिको माविको भवन पनि निर्माण रोकिएर डेढ दशक पार गरेको भन्दै कानुनी प्रकृया मिलाएर ती भवन निर्माण सम्पन्न गराउन सरकारलाई ध्यानाकर्षण गर्दै नगर प्रमुख गणेश पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका हुन् । संघीय गणतन्त्र नेपालको प्रतीकका रूपमा कोशी…
देवेन्द्रकिशोर ढुङगाना एउटा पुजारीले बाटो बिर्सियो,मन्दिर पुग्नु अघि । धेरै ठाउँमा पसलहरू थालेकति झुल, खेल र चश्मा।जादुगर र बाँदरको नृत्य,ड्रम, झ्याल र ताश बजाउँदै।आफ्नो घर याद छ?यस्तो थियो मेलाको शोभा ।जसको अदम्य आकर्षण,यो जादुगरीसम्मोहन जस्तै थियोकसैको पसल सीमित छैन,मेला उठ्नु अघि।एउटा पुजारीले बाटो बिर्सियो,मन्दिर पुग्नु अघि । बीउ माटोमा पग्लिन्छ,अंकुरको रूपमा देखा पर्योधर्तीको आकाश भेट्न,आशा भनेको रुख जस्तै हो।धर्तीबाट रूप, रंग र रस लिनुझोला फेरि फर्काइयो।सुमनको रूपमा, उनी केन्द्रमा छिन्संसारलाई आफ्नो महिमा देखाइन।सार्थक प्रशंसा कहाँ छ,यदि प्रस्ताव गरिएको छहोइन, यो ओइलाउनु अघि।एउटा पुजारीले बाटो बिर्सियो,मन्दिर पुग्नु अघि । जीवन वरिपरि घेरिएको टापु हो ,मृत्युको पानीले घेरेको छ।बत्तीको उज्यालोले दुख्छ,अन्धकारको क्रूर…
झापा, २५ मंसिर । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै स्थानीय बजारमा आज प्रतितोला सुन रू दुई हजार एक सय बढेको छ । सोमबार प्रतितोला रू एक लाख ५० हजार एक सयमा कारोबार भएको पहेँलो धातु आज बजार खुल्दा रू एक लाख ५२ हजार दुई सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी, चाँदीको मूल्य प्रतितोला रू ६० ले बढेर रू एक हजार नौ सय २५ कायम भएको छ ।
रौतहट, २५ मंसिर । रौतहटको चन्द्रपुर नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गको धन्सार–लमाहा खण्डमा मंगलबार बिहान स्कर्पियो दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको छ। चन्द्रपुर–४ स्थित पूर्वपश्चिम राजमार्गको धन्सारपुल नजिक जंगलमा बाराको गढीमाई दर्शन गरेर सिराहा फर्कँदै गरेका दर्शनार्थी बोकेको बा १६ च ३१६२ नम्बरको स्कर्पियो अनियन्त्रित भई सडकबाट तल दाहिने साइडको रुखमा ठोक्किएर दुर्घटना भएको थियो। दुर्घटनामा परी सिराहा अर्नामा गाउँपालिका–३ बंठियाटोलका ६० वर्षीया लरुवती देवी महरा, ३० वर्षीया उर्मिला महरा, ५० वर्षीया रामकुमारी महरा, ५५ वर्षीया महगीं देवी महरा, ६२ वर्षीया फुलमन्ति देवी चमार, ६० वर्षीया रामकुमारी देवी महरा, ३० वर्षीया सकुन्तला देवी महरा र ४० वर्षीय स्कर्पिओ चालक श्रीकुमार…
झापा, २५ मंसिर । गोलिया काठ काट्ने क्रममा रूखले किचेर खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित ढाडगाउँका १८ वर्षीय किशोरको मृत्यु भएको छ। मृत्यु हुनेमा मिलन दमाई रहेका प्रहरीले जनाएको छ। रावाबेँसी गाउँपालिका–२ खार्पाका कमलबहादुर सार्कीको भडाँरेस्थित नीजि वनमा रहेको रूखबाट गोलिया काठ काट्ने क्रममा मौवाको सुकेको रूख ढलेर किच्दा सोमबार मिलनको घटनास्थलमै मृत्यु भएको हो। गोलिया काठ सङ्कलन गरिरहेका बेला नजिकै रहेको मौवाको सुकेको रूखले किच्दा मिलनको मृत्यु भएको रावाबेँसी–२ का वडाध्यक्ष डोलराज बस्नेतले जानकारी दिए । “उनी हप्ता दिनअघि यहाँ काम गर्न आएका हुन्। ज्यालादारी कामका लागि आएका किशोरको रूखले किचेर मृत्यु भएको जानकारी आएको छ”, उनले भने, “मृत्युको…
झापा, २५ मंसिर । हाल देशमा पश्चिमी वायुको प्रभाव छ। आज कोसी प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ भने बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायुको प्रभावले देशका विभिन्न स्थानमा मौसम बदली भएको छ । पश्चिमी वायुको असर र स्थानीय वायु सक्रिय हुँदा सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भएको छ भने उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको छ । आज दिउँसो पनि कोसी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागको मौसम मुख्यतया सफा रहने अनुमान छ। राति पनि कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा…
झापा, २५ मंसिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर, युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, साउदी अरेबियन, थाई भाट, युएई दिराम, स्विडिस क्रोनर, डेनिस क्रोनर, हङ्कङ डलर, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको मूल्य बढेको छ । यस्तै, जापानी येन, साउथ कोरियन वन र मलेसियन रिङ्गेटको मूल्य भने घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३५ रूपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३५ रूपैयाँ ८८ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४३ रूपैयाँ १३ पैसा र…