
झापा, २५ मंसिर । हाल देशमा पश्चिमी वायुको प्रभाव छ। आज कोसी प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ भने बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पश्चिमी वायुको प्रभावले देशका विभिन्न स्थानमा मौसम बदली भएको छ । पश्चिमी वायुको असर र स्थानीय वायु सक्रिय हुँदा सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भएको छ भने उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको छ ।
आज दिउँसो पनि कोसी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागको मौसम मुख्यतया सफा रहने अनुमान छ। राति पनि कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ।
त्यसैगरी भोलि दिउँसो पनि कोसी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ। राति कोसी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागको मौसम मुख्यतया सफा रहने अनुमान महाशाखाले गरेको छ।
आगामी बिहीबार पनि देशभर आंशिक बदली रहने महाशाखाको अनुमान छ। बिहानको समयमा तराई तथा उपत्यका क्षेत्रका धेरै स्थानमा हुस्सुका साथै थोरै स्थानमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा क्षणिकरआंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।


