jhapaonline add

झापा, २४ कात्तिक । झापा र मोरङबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र निषेधित औषधीसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । कात्तिक २३ गते राती इलाका प्रहरी कार्यालय दमकबाट खटीएको प्रहरी टोलीले चेकजाँचको क्रममा झापाको कमल गाँउपालिका-५ पाडाजुगी बजार स्थितबाट कमल गाँउपालिका-५ का २५ बर्षीय बिष्णु राजबंशीको साथबाट प्रतिवन्धित औषधी स्पाईसनेस-१०८ पिस, ट्रामाडोल-८० पिस र एन्टिकफ-२४ पिस फेला पारी नियन्त्रणमा लिएको हो । यसैगरी, अस्थायी प्रहरी पोष्ट बलिया मोरङको टोलीले गोप्य सुचनाको आधारमा मोरङ सुन्दरहरैचा-४ का ४२ वर्षिय राजु राईलाई लागुऔषध ब्राउन सुगर ४२ मिलिग्राम सहित पक्राउ गरेको छ । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेको उनीहरुकोको सम्बन्धमा थप अनुसन्धान भइरहेको…

Read More

झापा, २४ कात्तिक । धनकुटा र भोजपुर जिल्लाका बिभिन्न स्थानहरुमा अवैधरुपमा लगाएको र प्राकृतिक रुपमा आफै उम्रिएका गाँजाको बोटहरु प्रहरीले फडानी गरी नष्ट गर्दै आइरहेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान २०८१ अन्तरतग अबैध रुपमा लगाएका गाँजाका बोटहरु नष्ट गर्ने अभियान अनुसार कार्तिक २३ गते धनकुटाको इलाका प्रहरी कार्यालय छिन्ताङ, भेडेटार, प्रहरी चौकी आँखीसल्ला र त्रिवेणीबाट परिचालन भएको प्रहरी टोलीले शहिदभुमी गाउँपालिकाका बिभिन्न एरिया इलाकाहरुका १७ रोपनी क्षेत्रफलमा प्राकृतिक रुपमा डाँडा पाखामा हुर्केका २४ हजार ४ सय गाँजाकाबोटहरु फडानी गरी जलाई नष्ट गरेको छ । यसैगरी, भोजपुरको इलाका प्रहरी कार्यालय घोडेटार, भोजपुरबाट खटिएको प्रहरी टोलीले हतुवागढी…

Read More

झापा, २४ कात्तिक । आइसीसी यु १९ महिला टि २० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल युनाइटेड अरब इमिरेट्स (युएई)विरुद्व खेल्ने भएको छ । नेपालले युएईविरुद्ध उसकै भूमिमा आजको खेल खेल्न लागेको हो । उक्त खेल आज बिहान ११स्१५ बजे सुरु हुने छ । बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेल थाइल्याण्डसँग खेलेको थियो । उक्त खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । नेपालले आफ्नो दोस्रो खेल बिहीबार कुवेतसँग खेलेको थियो । उक्त खेलमा नेपालले कुवेतलाई एक सय आठ रनले हराएको थियो । प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । सहभागी चार…

Read More

झापा, २४ कात्तिक । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबुलकार निर्माणको विषयमा झडप हुँदा शुक्रबार प्रहरीसहित ६ जना घाइते भएका छन् । घाइते हुनेहरुमा फुङ्लिङ नगरपालिका–४ का ४५ वर्षीय चन्द्र मादेन, सोही ठाउँका ४० वर्षीय दामोदर अधिकारी, मेरिङ्देन गाउँपालिका–४ लिङ्तेपका २६ वर्षीय कुमार शेर्पा, फक्ताङ्लुङ गाउँपालिका–५ तापेथोकका ४१ वर्षीय अर्जुन लिम्बू छन् । झडपकै क्रममा सशस्त्र प्रहरी निरीक्षक डिगेन्द्र्र ओली र प्रहरी सहायक हवल्दार अभिनास माझी पनि सामान्य घाइते भएका छन् । घाइतेमध्ये मादेनको जिल्ला अस्पताल ताप्लेजुङमा तथा अधिकारी र शेर्पाको स्थानीय तमोर अस्पतालमा उपचार भइरहेको छ । केबुलकार परियोजना निर्माणको जिम्मेवारी पाएको हिमालयन कन्स्ट्रकसन प्रालिले निर्माणस्थल पाथीभरा क्षेत्रको काफ्लेपाटीमा एक्साभेटर लैजाने…

Read More

झापा, २४ कात्तिक । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलर र युरोको भाउ बढेको छ । शुक्रबार अमेरिकी डलर एकको खरिदर एक सय ३४ रुपैयाँ ७० पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३० पैसा रहेकामा शनिबारका लागि यस मुद्राको खरिदर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३१ पैसा कायम भएको छ । यसैगरी, शनिबारका लागि युरो (युरोपियन युरो) एकको खरिदर एक सय ४५ रुपैयाँ ४२ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ०७ पैसा कायम भएको छ ।…

Read More

झापा, २४ कात्तिक । झापाको मेचीनगर नगरपालिकामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मेचीनगर–७ का २५ वर्षीय राजमान बिकको मृत्यु भएको हो । बिहीबार राति मेचीनगर–७ टोकला चिया बगान स्थित पुर्व–पश्चिम राजमार्गमा काँकरभिट्टाबाट इटाभट्टा तर्फ जादैं गरेको बा ६० प २५३७ नम्बरको मोटरसाइकले सोही स्थानमा ब्याक गर्दै गरेको BAA-8587 नम्बरको कारमा पछाडिबाट ठक्कर दिई दुर्घटना हुदाँ मोटरसाईकल चालक बिक घाइते भएका थिए । घाइते बिकको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेकामा उपचारको क्रममा शुक्रबार मृत्यु भएको हो । मोटरसाइकल, कार र कार चालक जिल्ला रामेछाप खाँडादेबि गाँउपालिका–४ का ३४ वर्षीय दिनेश कंडेल इलाका प्रहरी कार्यालय काँकरभिट्टाको नियन्त्रणमा रहेका…

Read More

झापा, २४ कात्तिक । देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । आज राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया…

Read More

भद्रपुर, २३ कात्तिक । पोखराका छन्दवादी कवि छन्दमणि त्रिपाठीको एकल कविता वाचन चन्द्रगढीमा सम्पन्न गरिएको गरिएको छ । लेखनाथ पुस्तकालय चन्द्रगढीको आयोजनामा त्रिपाठीद्वारा रचना गरिएका विभिन्न छन्दका कविता विभिन्न श्रष्टाहरूले वाचन गरेका हुन् । पुस्तकालयकी उपसभापति तथा कार्यक्रम संयोजक खगेन्द्रा खुसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा त्रिपाठीका कविताहरूलाई गायक हस्त परियार, कवि विरही अधिकारी, गायिका राधा रिमाल, अनिता पौडेल, पंडित पीताम्वर अधिकारी, चन्द्रमणि पौडेल, प्राञ्जल दाहाल, आर्या त्रिपाठी, आयुष्मा घिमिरे लगायतले वाचन तथा गायन गरेका थिए । पुस्तकालयका सचिव हरिकिशोर आर्चायले सहजीकरण गरेको कार्यक्रममा झापा भद्रपुरका कवि, कवयत्री, तथा लेखकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

Read More

झापा, २३ कात्तिक । पछिल्लो समय म्युजिक भिडियोमा चर्चा बटुलिरहेका मोडल तथा निर्देशक हिकस राईले आफ्नै शब्दमा आफ्नै गाउँ समेटेर ‘वालिङ गाउँ’ बोलको गीत सार्वजनिक गरेका छन् । सूर्योदय नगरपालिकाका विभिन्न ठाउँको प्रवर्धन गर्ने, नवप्रतिभा उत्साहित गर्ने उद्देश्यले एचकेआर ब्यानरमा हिकस काम गरिरहेका छन् । गीतमा संगीत र गायन प्रेमराज राईको छ । गायनमा रितु सुनुवारको पनि आवाज छ । अशोक थापाले संगीत संयोजन गरेका छन् । म्युजिक भिडियोमा सुचन राई र दीपिका सुनुवारले अभिनय गरेका छन् । हिकसले लामो समयदेखि म्युजिक भिडियो निर्माण गर्दै विभिन्न च्यानलबाट सार्वजनिक गर्दै आएपनि यो गीतलाई भने एचकेआर इन्टरटेनमेन्ट च्यानलबाट नै सार्वजनिक गरिएको बताए…

Read More

झापा, २३ कात्तिक । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु दुई हजारले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला रु एक लाख ६४ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ६६ हजार पाँच सय निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य तोलामा रु २० ले बढेको छ । बिहीबार प्रतितोला रु एक हजार नौ सय ६० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार नौ सय ८० निर्धारण भएको छ ।

Read More