
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
सुरुङ्गा, १२ कात्तिक । झापाको कनकाई नगरपालिका–३ स्थित कनकाई माविको खेल मैदानमा जारी दसैं–तिहार वडास्तरीय फुटबल प्रतियोगिताको आज सम्पन्न खेलमा वडा नम्बर ५ ले जित हात पार्दै सेमिफाइनलमा प्रवेश गरेको छ । वार्ड नम्बर ५ का तर्फबाट रुचन लिम्बुले लगायतार २ गोल गरेपछि उसले कनकाई भेट्रान क्लवको चुनौती पन्साउदै ५ नम्बरले बिजयी भएको हो । लिम्बुले खेलको पहिलो आफको ११ र २७ मिनेटमा गोल गर्दै आफ्नो टिमको बिजयी सुनिश्चित गरेका हुन । लिम्बु आजको खेलाको म्यान अफ दी म्याच बने । उनलाई आयोजक समितिका ख्याम ओली, आशिस संग्रौला, दिपेन ओली, वेविशा दवाडी लगायातले नगद १५ सय सहित ट्रफि प्रदान गर्नुभयो…
भद्रपुर, १२ कात्तिक । चन्द्रगढी सामूदायिक वन उपभोक्ता समूहले सामाजिक उत्तरदायित्व अन्र्तगत एक दिने च्याउ खेती सम्बन्धि तालिम सम्पन्न गरेको छ । समूहमा आबद्ध सदस्य लक्षित गरिवी निवारण तथा महिला शसक्तिकरण कार्यक्रम अन्र्तगत एक दिने च्याउ खेती तालिम सम्पन्न गरेको हो । कार्यक्रम संयोजक रमेश न्यौपानेको अध्यक्षता तथा भद्रपुर ९ की सदस्य मञ्जु पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न तालिममा च्याउ खेतीका लागि तालिक विज्ञान च्याउ उद्योगका सञ्चालक दुर्गाप्रसाद भट्टराईले प्रदान गरेका थिए ।
बिर्तामोड, १२ कात्तिक । दुबै मृगौला खराव भएर उपचार गर्दा गर्दै भएको सवै सम्पत्ति सकेर अर्काको घरमा आश्रय लिएर बसेका भक्तबहादुर भारतीले सहयोगको अपिल गरेका छन् । झापाको मेचीनगर–४ स्थित बाहुण्डाँगीका दुबै मृगौला खराव भएका ४० बर्षिय भारतीले सकेको आर्थिक सहयोग गरेर जीवन बचाइदिन देश तथा बिदेशमा रहने सम्पूर्णमा आग्रह गरेका छन् । हाल अर्जुनधारा–४ स्थित समावेशी टोलको एक घरमा आश्रय लिएर परिवारसहित बस्दै आएका रोगी भारतीले सवैको सानो सहयोगले आफ्नो जीवन बच्ने भन्दै सहयोगको अपेक्षा गरेका हुन् । २०८० पुसमा प्रेसरले हानेपछि धुलाबारीस्थित आम्दा अस्पतालमा परिक्षण गर्दा त्यहाँका चिकित्सकको सल्लाह अनुसार बिराटनगरको नोवेल टिचिङ अस्पतालमा परिक्षण गर्दा दुबै मृगौला…
झापा, १२ कात्तिक । देशभर स्थानीय वायु, पश्चिमी वायुका साथै भारतको ओडिशा आसपास रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेश लगायत देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । भोलि मंगलबार कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा…
झापा, १२ कात्तिक । नेपाल साफ माहिला च्याम्पियनसिप–२०२४ को फाइनमा प्रवेश गरेको छ । केहीबेर अघि सम्पन्न खेलमा नेपालले भारतलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो । निर्धारित समयमा दुवै टोलीले एक एक गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दुवै टोलीले पहिलो हाफमा गोलरहित बराबरी खेलेका थिए । निर्धारित ४५ मिनेट तथा अतिरिक्त तीन मिनेटको समयमा पनि नेपाल र भारतले गोल गर्न सकेनन् । पहिलो हाफमा भारतले नेपालमाथि दबाब बनाइराख्दा नेपाल गोल गर्नबाट चुक्यो । नेपाल र भारत दुवैले केही उत्कृष्ट अवसर प्राप्त गरेपनि गोल गर्न भने सकेनन् । मध्यान्तरपछिको खेलमा नेपालकी रेखा…
झापा, १२ कात्तिक । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैँया २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैँया ८४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैँया ९१ पैसा र बिक्रीदर एक सय ४५ रुपैँया ५६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपैँया १० र बिक्रीदर एक सय ७४ रुपैँया ७८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५४ रुपैँया ८६ पैसा र बिक्रीदर एक सय ५५ रुपैँया ५५ पैसा कायम गरिएको छ ।…
बनियानी, १२ कात्तिक । महिला जनचेतना केन्द्र काँकरभिट्टा र कचनकवल गाउँपालिका–५ को संयुक्त आयोजनामा आइतबार झापाको पाठामारीमा १८६ एकल महिलालार्इ झुल वितरण गरिएको छ । टेवाको आर्थिक सहयोगमा महिला मानवीय संकट सहयोग अन्तरगत कचनकवल–५ पाठामारीका एकल महिलालार्इ झुल वितरण गरिएको हो । महिला जनचेतना केन्द्र काँकरभिट्टाकी अध्यक्ष सीता गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसादसिंह राजवंशी तथा विशिष्ठ अतिथीमा पालिका उपाध्यक्ष नवराज भट्टराई र ५ का वडा अध्यक्ष नुर आलम रहनुभएको थियो । त्यस्तै, कार्यपालिका सदस्य प्रभा राजबंशी महिला, सञ्जाल अध्यक्ष सेलेतुन खातुन लगायत आतिथ्यता रहेको थियो । कार्यक्रममा महिला जनचेतना केन्द्रकी संस्थापक अध्यक्ष राधा प्रधानले स्वागत…
इलाम, १२ कात्तिक । यहाँको इलाम बजारका चोक र गल्लीमा छाडा कुकुरको सङ्ख्यामा वृद्धि भएको छ । कुकुरको सङ्ख्या वृद्धि मात्र नभई छाडा कुकुरको टोकाइका घटना समेत वृद्धि भएको हो । छाडा कुकुरबाट मोटरसाइकल चालक तथा पैदलयात्री हैरानी खेप्न बाध्य भएका छन् । कुकुरको टोकाइबाट धेरै घाइते भएका छन् । कात्तिक सुरु भए यता मात्र इलाम बजारमा ३० जनालाई कुकुरले टोकेको छ । चालु आर्थिक वर्षको असोजसम्ममा ७० जनालाई कुकुरले टोकिसकेको तथ्याङ्क जिल्ला अस्पतालसँग छ । घरपालुवा र सडकमा डुल्ने कुकुरले टोकेका दैनिक पाँच देखि सात जना बिरामी आउने गरेको इलाम अस्पतालका आकस्मिक सेवा इन्चार्ज टीका लुइँटेलले जानकारी दिए ।…
झापा, १२ कात्तिक । नेपाल आयल निगमको सिलिगुडी–झापा ९चारआली० पेट्रोलियम पाइपलाइन परियोजनाको ग्रीनफिल्ड टर्मिनल निर्माणस्थलमा सँधियारसँग जग्गा विवाद सुरु भएपछि परियोजना प्रभावित भएको छ । निमगले पाइपलाइनबाट आउने इन्धन भण्डारणका लागि आधुनिक स्मार्ट टर्मिनल बनाउन स्थानीय व्यक्तिहरूबाट विसं २०७४ मा मेचीनगर नगरपालिकाको वडा नं. १३ मा २३ बिघा तीन कट्ठा १३ धुर जग्गा खरिद गरेको थियो । निगमले छ वर्षअघि खरिद गरेको जग्गा गत वर्ष नाप जाँच गर्दा दुई बिघा अपुग भएको थियो । खरिद गरेको क्षेत्रफल पुर्याउनका लागि निगमले नापी र प्रशासनको सहयोग लिएर छत्रबहादुर र उनको परिवारले भोगचलन गरिरहेको दुई बिगाहामा घेराबेरा गरेपछि जग्गा विवाद सुरु भएको हो…
शिवसताक्षी, ११ कात्तिक । झापा शिवसताक्षीको दूधे बजारको एक पसलमा ठूलो परिमाणमा म्याद गुज्रिएको पेय पदार्थ फेला परेको छ। शिवसताक्षी नगरपालिकाले गरेको बजार अनुगमनका क्रममा दुधे बजारको थेवे किराना पसलबाट म्याद गुज्रिएको पेय पदार्थ फेला परेको हो । म्यादगुज्रिएका ३६ बोतल कोकाकोला, फेन्टा लगायतका पेय पदार्थ नगरपालिकाले डिस्पोज गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । त्यस्तै दुधे किराना पसलबाट पनि ३२ बोतल कोक म्याद गुज्रिएको अवस्थामा फेला परेको थियो । त्यस्तै टुनिशाा किराना, हिमानी किराना, घिमिरे किराना, तारा किराना, दूधे किराना, पानस किराना र सुर्य पान तथा किराना पसलमा विष्कुट, जिरा मसाल, पापड, चिप्स, कुरमुरे लगायतका खाद्य पदार्थ फेला परेको नगरको…