jhapaonline add

रेशम विरही जीवनको सुदूर वयमाछचल्किए मेरा आँखाहरुचल्मलाउँदै आए मनको धमिलो तलाउमा बाल्यकालका मोहक दृश्यहरुएउटा खुट्टा खोच्याउने मास्टर साहेबको बेतको छडीबेन्चमा उभ्याएर कुट्दाकुट्दातुरूक्क पिसाप चुहाएको रामकृष्णको अनुहार तिमीले चोरेको मेरो हात्तीछाप कापीर, मैले रूँदै मनिटर मार्फत क्लास टिचरलाई दिएको उजुरीभलिबल मैदानमा अग्ला खेलाडीले हेपेरफुच्चाहरुमाथि गरेको असमान व्यवहारत्यसविरूद्ध मसी लत्पतिएको मसिना अक्षरले लेखेरस्कुलको भित्तामा टाँसेको विद्रोहको पोस्टर र, स्कुल छेउको आलु–चना बेच्ने छाप्रे पसलमाशिक्षकहरुले उडाएको पर्वत चुरोटको धुवाँ‘गाउँछ गीत नेपाली’ बोलको राष्ट्रियगानर, प्रधानपञ्च थिरबहादुरको हुकुम तिमी र म टिफिनमा भागेरपौडी खेल्ने गरेको मूल नहरसुकमायाले तिमीलाई लेखेको लभलेटरराधिकाले पोल खोलेर हावा झैँ फैलिएकोअनर्गल हल्लार, अचानक भएको सुकमायाको विवाहदेवीलाल कामीले छोएको पानीको घैँटोर, हेडमास्टरले…

Read More

रेबिजको रोकथाम सम्भव छ । रोगको लक्षण देखिइसकेपछि भने रेबिज रोगको उपचार सम्भव छैन । कुकुरले टोक्नेबित्तिकै कतिपय मानिस निकै आत्तिएको र वरिपरि जे पाइन्छ, त्यही घाउमा लगाउने गरेको समेत देखिन्छ । रोगका बारेमा आवश्यक ज्ञान नहुँदा वा हेलचक्र्याइँ गर्दा यो रोगबाट धेरै मानिसले ज्यान गुमाउनुपरेको छ । कुकरले टोकिहालेमा घाउलाई तुरुन्तै १०–१५ मिनेटसम्म साबुनपानीले राम्ररी सफा गर्नुपर्छ । साबुन नभए पानीले मात्रै भए पनि पखाल्नुपर्छ । घाउलाई साबुनपानीले धुनु नै रेबिज रोगबाट बच्न गरिने प्रमुख प्राथमिक उपचार हो । सम्भव भएमा घाउलाई ७० प्रतिशत अल्कोहल वा पोभिडन आयोडिनले राम्रोसँग सफा गर्न सकिन्छ तर घाउलाई कुनै पनि ड्रेसिङ गर्ने वस्तु…

Read More

झापा, २० असोज । लीलालेखनका अभियन्ता कृष्ण बरालको सातौँ कृति नाति पुस्ताको खेलको लोकार्पण तथा कृतिमाथिको समूह छलफल शनिबार दमकमा गरिएको छ । कवि तथा स्थापित गजलकार केशव आचार्यले सो कृतिको विमोचन गर्नुभएको हो । पद्मजी पुरस्कार विजेता बरालको कृति नाति पुस्ताको खेलमा शक्तिशाली लेखन बिम्ब र पाठकको मन खिच्ने ओझ भएको विश्वास लोकार्पण कार्यक्रमका वक्ताको छ । बराल आख्यान पछि पुनः निबन्ध लेखनमा आएका हुन् । निबन्धमा खेल्ने ठाउँ अधिक हुने भएकोले आफू फेरि त्यता मोडिएको उनले बताए। उनको लेखनीमा फिक्सन छ । नाति पुस्ताको खेलमा पनि लेखकले लीलालेखन प्रविधिको भरपुर प्रयोग गरेका छन् । कार्यक्रममा प्रमुख अतिथि आचार्य,…

Read More

झापा, २० असाोज । झापामा बालिकालाई करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मेचीनगर नगरपालिका–१ का २१ वर्षीय एक युवालाई १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । बालिकालाई गत असोज १४ गते जवरजस्ती करणी गरेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

Read More

झापा, २० असोज । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–७ स्थित ज्यामिरेमा माइक्रोबसको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । ज्यामिरे चोकमा बुटवलबाट बर्दघाटतर्फ जाँदै गरेको लु १ ख ८४५३ नम्बरको माइक्रोले लु ७९ प ९१४० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक तिलोत्तमाका ३२ वर्षीय ऋषि लम्तरीको उपचारको क्रममा भलुही मेडिकल कलेजमा मृत्यु भएको हो । दुर्घटनामा परी मोटरसाइकल पछाडि सवार विवेक गुरुङ घाइते भएका छन् ।

Read More

झापा, २० असोज । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशको पूर्वी र मध्य भागमा बङ्गलादेशको उत्तर भूभाग तथा भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले लुम्बिनी र गण्डकी सहित देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना…

Read More

झापा, २० असोज । नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजाआराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गापक्षको चौथो दिन कुष्माण्डाको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकैले यो नामकरण भएको हो । कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ । श्री दुर्गा सप्तशती (चण्डी)को देवी कवचमा भनिएको छ, ‘कुत्सितः ऊष्मा कुष्मा–त्रिविधतापयुतः संसारः, स अण्डे मांसपेश्यामुदररुपायां यस्याः सा कूष्माण्डा’ अर्थात् त्रिविध तापयुक्त संसार जसको पेटमा छ, त्यही भगवती कूष्माण्डाका रूपमा…

Read More

ताप्लेजुङ, १९ असोज । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घाको भ्रमणमा आएका एक ट्रेकिङ समूहका भान्सेको सुख्खा पहिरोमा परी मृत्यु भएको छ । प्रहरीका अनुसार सङ्खुवासभा जिल्लाको सिलिचोङ गाउँपालिका–५ याफुका ४१ वर्षीय टीकाबहादुर राईको सुख्खा पहिरोमा परी मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार तीनजना जापानिज नागरिक सहितको ट्रेकिङ समूह कञ्चनजङ्घा आधार शिविरतर्फ जाने क्रममा शनिबार फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको इटहरीमा माथिबाट झरेको पहिरोमा परी राइको घटनास्थलमै मृत्यु भएको हो । ट्रेकिङ समूहका अन्य सबै जना सकुशल रहेका प्रहरीले जानकारी दिएको छ ।

Read More

खोटाङ, १९ असोज । अविरल वर्षासँगै विभिन्न ठाउँमा गएको पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग तीन दिनपछि खुलाइएको छ । हलेसी तुवाचुङ नगरपालिकाको विभिन्न ठाउँमा बिहीबार राति गएको पहिरोले अवरुद्ध भएको सडक नगरपालिका र मध्यपहाडी लोकमार्गको स्काभेर प्रयोग गरेर तथा स्थानीय बासिन्दा र सुरक्षाकर्मीले पहिरो पन्छाएपछि आज खुलाइएको हो । हलेसी–जयराघाट सडकखण्डको बाहुनीडाँडास्थित कदुवा क्षेत्रमा पर्ने गोरुमारेमुनि, त्यसभन्दा मुनि डौँठे खोलामाथिको पहिरो हटाइएपछि अवरुद्ध यातायात खुलेको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीले जानकारी दिनुभयो । सडक अवरुद्ध भएपछि राजधानी काठमाडौँ तथा तराईका विभिन्न जिल्लाबाट खोटाङ आएका साना तथा ठूला यातायातका सवारी साधन ९गाडी० जयरामघाट, डौँठे खोला र दिक्तेल–भोजपुरतिरबाट छुटेको गाडी हलेसी, च्यास्मिटार…

Read More

द्रोण अधिकारीभद्रपुर, १५ असोज । स्थानीय तह–प्रहरी—विद्यालय सम्पर्क अन्तर्गत नेपाल प्रहरी—विद्यालय तथा भद्रपुर नगरपालिका बिच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्साले तयार पारेको “स्थानीय तह–प्रहरी–विद्यालय सम्पर्क कार्यक्रम पुस्तक–२०८०” लाई विद्यालयको पाठ्यपुस्तकमा समावेश गरी अनिवार्य रूपमा पठनपाठन गराउने त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर गरिएको हो । भद्रपुर नगर प्रमुख गणेश पोखरेलको अध्यक्षता सम्पन्न कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, जिल्ला प्रहरी झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन के.सी, सशस्त्र प्रहरी उपरीक्षक कबिन्द्र राई, राष्ट्रिय अनुसन्धान झापाका उप–अनुसन्धान निर्देशक कुलचन्द्र नेपाल, भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, नगरपालिकाका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, लगायत विद्यालयका प्रधानाध्यापकहरू,…

Read More