jhapaonline add

झापा, १५ कात्तिक । सुनको मूल्य हालसम्मकै महँगो भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज भएको वृद्धिपछि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपालीको दोस्रो ठूलो पर्व तिहारको अवसरमा सुनको मूल्यमा उच्च वृद्धि भई कीर्तिमान कायम गरेको छ । बुधबार प्रतितोला रु दुई हजार दुई सयले वृद्धि भई रु एक लाख ७० हजार सात सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ७१ हजार निर्धारण भएको छ । बुधवारको तुलनामा आज प्रतितोला रु तीन सयले वृद्धि भएको हो । यस्तै चाँदीको मूल्य तोलामा रु ३० ले घटेको छ । बुधबार…

Read More

बिर्तामोड, १५ कात्तिक । पूर्बेली ढुवानी सेवा प्रा। लि बिर्तामोडले व्यवसायलाई थप मजबुद बनाउँदै लगेको छ । कोशी प्रदेश र बाहिरका विभिन्न जिल्लामासमेत सेवा दिँदै आएको पूर्बेलीले आज ५ वटा ट्रक थप गरेर सेवालाई थप मजबुद र व्यवस्थित बनाएको हो । टाटा मोटर्सको आधिकारिक विक्रेता सिपर्दी ट्रेडिङ धाईजनमा पुगेर ढुवानी सञ्चालक निर्मलराज खत्री र हरि बस्नेतले गाडीको चाबी ग्रहण गर्नु भयो । सञ्चालक खत्रीलाई सिप्रदीका सर्भिस म्यानेजर सन्तोष पट्टेलले चाबी हस्तान्तरण गर्नु भएको हो । प्रविधिको विकाससंगै ढुवानीका क्षेत्रमा प्रतिस्पर्धासमेत बढ्दै गएकोले ५ वटा दश १० चक्के ट्रक थप गरेको सञ्चालक खत्रीले बताउनु भयो । पूर्बेलीले २५१८ सी मोडलको ट्रक…

Read More

भद्रपुर, १५ कात्तिक । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औं जन्मजयन्तीको अवसर पारेर देवकोटा स्मारक संरक्षण समितिले चन्द्रगढीमा विविध कार्यक्रम सम्पन्न गरेको छ । भद्रपुर ९ मुना समुदायिक भवन चन्द्रगढीमा समितिले श्रष्टा सम्मान, शैक्षिक उन्नयन पुरस्कार तथा बाल कविता बाचन प्रतियोगिता सम्पन्न गरेको हो । समितिका अध्यक्ष राजु वरालको सभापतित्व तथा नेपाल संगीत नाट्य कला प्रतिष्ठानका प्राज्ञ सभा सदस्य हरिप्रसाद पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मनोरथ दाहाल स्मृति साहित्य पुरस्कारबाट झापाका अग्रज पत्रकार तथा साहित्यकार नकुल काजीलाई नगद २० हजार सहित सम्मानित गरिएको थियो भने स्रष्टा सम्मानबाट पत्रकार तलु बास्केलाई सम्मान गरिएको थियो । यस्तै कार्यक्रममा शैक्षिक उन्नयन पुरस्कारबाट वीरेन्द्र मावि…

Read More

चन्द्र बस्नेतकनकाई, १५ कात्तिक । झापाको कनकाई–३ सुरुङ्गास्थित हरिकुल नमूना माध्यमिक विद्यालयमा तेस्रो खुला सामूहिक देउसी भैलो प्रतियोगिता–२०८१ कार्यक्रम सम्पन्न गरेको छ । लोक संस्कृतिको प्रबद्र्धन हाम्रो जिम्मेवारी’ भन्ने नाराका साथ विद्यालय परिसरमा उक्त कार्यक्रम गरिएको हो । विद्यालयकी प्रबन्ध निर्देशक ग्रिशा रावल थापाले खुला देउसी भैलो कार्यक्रममा कनकाई माविका समूह, हग्ङ्स बाहिनी समूह, नेपाल लिङ्ग कम्युनिकेसन समूह ,कनकाई कृतन मण्डली समूह, द लोकल देउसी समूह, भगवती साधन केन्द्र ,कनकाई लोक कला समूह, ग्रामीण विकास सेवा समूह, नमुना टोल, बिर्तामोड नृत्य, मेरिगोल्ड अंग्रेज़ी विद्यालय, मधुवन कला केन्द्र, ग्लोबल अङ्ग्रेजी विद्यालय, फ्क्तालुङ्ग अङ्ग्रेजी विद्यालय लगायत १४ टोली सहभागी रहेको जानकारी दिनुभयो…

Read More

सुनसरी, १५ कात्तिक । सुनसरीको बर्जु गाँउपालिका-४ स्थितबाट लागुऔषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दुहबी र इलाका प्रहरी कार्यालय साहेबगंजबाट खटिएको प्रहरी टोलीले बर्जु-४ का २० बर्षीय शंकर मण्डललाई २ सय ९५ किलो लागुऔषध गाँजा सहित नियन्त्रणमा लिएको थियो । लागुऔषध गाँजा सहित पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

Read More

झापा, १५ कात्तिक । इलाम र सुनसरी जिल्लाबाट जुवा तास खेल्ने १८ जनाको समुहलाई प्रहरीले पक्राउ गरेको छ । इलामको इलाम नगरपालिका-७ स्थितमा कात्तिक १४ गते दिउँसो जुवा खेलिरहेको भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलीले तास खेल्दै गरेको अवस्थामा इलाम -६ का ४४ वर्षीय सुमन श्रेष्ठ, ३७ बर्षीय रञ्जन बि.क., ४२ बर्षीय बिकास लिम्बु , ४० बर्षीय मणि कुमार प्रधान, ४१ बर्षीय मिनराज सुब्बा, इलाम-७ का २७ बर्षीय सुवास श्रेष्ठ, ३० बर्षीय अनिल श्रेष्ठ, इलाम-८ का ३३ बर्षीय देव कुमार राई, ३५ बर्षीय केशब सुबेदी, इलाम-६ का ४० बर्षीय सुन्दर परियार, इलाम-३ का २८ बर्षीय…

Read More

झापा, १५ कात्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर स्थिर रहेको छ । बुधबार र बिहिबारको अमेरिकी डलर समान रहेको छ । दुवै दिन अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ । युरोपियन यूरो भने थोरै वृद्धि भएको छ । बुधबार यूरो एकको खरिददर एक सय ४४ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५८ पैसा रहेकामा आज एकको खरिदर एक सय ४५ रुपैयाँ ३९ पैसा र बिक्रीदर एक सय ४६…

Read More

झापा, १५ कात्तिक । हाल देशभर पश्चिमी वायुका साथै पहाडी भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकीमा भागमा मौसम सफा रहेको छ । विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भागका केही तथा बाँकी प्रदेशका पहाडी भागका एक÷दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा…

Read More

झापा, १५ कात्तिक । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ । यसै आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्‍याङलगायतका स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । यस पर्वलाई दीपमालिका पनि भनिन्छ । लक्ष्मीपूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । वर्षभर मनाइने चार प्रमुख रात्रिमध्ये यो पनि एक…

Read More

झापा, १५ कात्तिक । नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घर घरमा सुरक्षा गर्ने कुकुरलाई पूजा आराधनासहित मीठा—मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यसवर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्राडा देवमणि भट्टराई नरके चतुर्दशी र कुकुर तिहार सूर्योदय कालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने बताउनुहुन्छ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा…

Read More