jhapaonline add

भद्रपुर, १४ असोज । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापाले वर्तमान श्रम नीति विपरित संस्थागत विद्यालय सञ्चालन भइरहेको भन्दै नियमनको माग राखेर श्रम तथा रोजगार कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । वर्तमान श्रम ऐन, कानून विपरित झापाका संस्थागत विद्यालय सञ्चालित हुँदा शिक्षक कर्मचारी शोषित भएको ठहर गर्दै शोषणमा सहभागी विद्यालयलाई कानूनी दायरामा ल्याउन माग राखेर इस्टु झापाले श्रम तथा रोजगार कार्यालय भद्रपुरमा ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा भनिएको छ—“विद्यालय सञ्चालन अनुमति प्रदान गर्ने निकायले आफूले तय गरेको नीति तथा नियम अनुसार विद्यालय सञ्चालित छन् कि छैनन् ? नियमित नियमन गर्नु पर्ने हो तर झापा जिल्ला भित्र सञ्चालन भइरहेका अधिकाम्स संस्थागत विद्यलयका…

Read More

भद्रपुर, १४ असोज । झापाको भद्रपुरमा आज एक अपरिचित युवाको शव फेला परेको छ । झापा भद्रपुर नगरपालिका–३ झोलुङगे पुल स्थित मेची नदीको बीच भागमा कालो पाइन्ट लगाएको, शरीरको माथिको भागमा कपडा नभएको, बायाँ साइडको भाग पुरिएको दाहिने साइडको आधा भाग देखिएको, अनुहार पानीमा घोप्टो परेको अबस्थामा पुरुषको शव फेला परेको हो । प्रहरी चौकी मेचीपारीमा जानकारी प्राप्त गराउन साथ टोली खटि गइ घटनास्थल सुरक्षित राखेको छ भने थप अनुसन्धान तथा कानूनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय भद्रपुरबाट शव कानूनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

झापा, १४ असोज । झापाको बिर्तामोडमा दुर्घटनामा घाइते भएका एक युवाको उपचारको क्रममा मृत्यु भएको छ । आइतबार बिर्तामोड–१० ठुटेबरस्थित बिर्ताबजारबाट सैनिकबजार तर्फ जाँदै गरेको प्रदेश १–०१–०१२ प ५८९१ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकल यात्रीलाई जोगाउने क्रममा आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो । उक्त दुर्घटनामा मोटरसाइकल चालक बिर्तामोड–१० का २७ वर्षीय अनिस न्यौपाने र मोटरसाइकल पछाडी सवार सोही स्थानका ३८ वर्षीय टिकाराम राय घाइते भएका थिए । उनीहरुको बीएण्डसी अस्पताल उपचार भइरहेकोमा आज दिउँसो मोटरसाइकल चालक न्यौपानेको उपचारको क्रममा मृत्यु भएको हो ।

Read More

झापा, १४ असोज । विपद् व्यवस्थापन कार्यकारिणी समितिले मनसुनजन्य विपद्बाट बेपत्ता भएका व्यक्तिका परिवारलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले सा निर्णय गरेको हो । बैठकले बेपत्ता भएको १० दिनसम्म पनि फेला नपरे मृतकसरह नै राहत रकम परिवारलाई उपलब्ध गराउने निर्णय भएको सहसचिव एवं गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बताएका हुन् । उनले समितिले खोज, उद्धार र राहत कार्यलाई तीव्रता दिने निर्णय गरेको बताए । समितिले मनसुनजन्य विपद्का कारण मृत्यु भएका सम्पूर्ण मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै आफन्तजनप्रति समवेदना र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । विगत तीन दिनदेखिको भारी वर्षातका कारण…

Read More

झापा, १४ असोज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोशी ब्यारेजको पुलमा आइतबार साँझबाट सवारीसाधन चल्न थालेका छन्। कोशी नदीमा पानीको प्रवाह घटेपछि यातायात र पैदलयात्रीलाई आउजाउ गर्न दिने निर्णय गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीले जानकारी दिए। कोशी पुलमा बाढी आएर थुपारिएको लेदो, प्लास्टिकजन्य पदार्थ, दाउरासहितका फोहर सफा गरिएकाले यातायात सुचारु गर्न सहज भएको उनले बताए।। प्रजिअ मग्रातीले भने, “कोसीमा पानीको प्रवाह अत्यधिक भएर पुलमाथिबाटै बग्न थालेपछि शनिबार दिउँसो ४ बजेबाट सो पुल भएर आउजाउमा रोक लगाइएको थियो। आइतबार बिहानबाट कोसीमा पानीको बहाव निरन्तर कम हुँदै गएपछि आइतबार साँझबाट सर्वसाधारणका लागि आवतजावत खुला गरिएको छ।” कोशीको पुलमा बाढीले थुपारेको फोहर सफा…

Read More

झापा, १४ असोज । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित ३२ देशका लागि बडादसैँको टीकाको साइत सार्वजनिक गरेको छ । विभिन्न देशमा बसोवास गर्ने सनातन धर्मावलम्बीबाट विजया दशमी टीकाको साइतबारे जिज्ञासा राखिएकाले विजया दशमी २०८१ को शुभसाइत सार्वजनिक गरिएको समितिका सदस्य सचिव लक्ष्मण पन्थीले जानकारी दिए । यस्तो छ साइत

Read More

झापा, १४ असोज । वर्षाको कारण आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु भएकाहरूको परिवारलाई कोशी प्रदेश सरकारले जनही एक लाख रुपैयाँ राहत प्रदान गर्ने निर्णय गरेको छ । कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको पहलमा आइतबार बसेको प्रदेश विपद् कार्यकारी समितिको बैठकले यस्तो निर्णय गरेको हो । प्रदेश सरकारले पूर्ण क्षति भएका घरहरूको लागि ५० हजार, आंशिक क्षति भएका घरहरूको लागि ३० हजार र सामान्य क्षति भएका घरहरूका लागि १५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय पनि गरेको छ । प्रदेश विपद् कार्यकारी समितिका संयोजक एवं आन्तरिक मामिला तथा कानुन मन्त्री लिलावल्लभ अधिकारीको अध्यक्षतामा बसेको बैठकले जिल्ला प्रशासन कार्यालयको…

Read More

झापा, १४ असोज । गत असोज ११ गते खोलाले बगाएर बेपत्ता बनाएकी झापा कचनकवल गाउँपालिका–१ की एक किशोरीको शव फेला परेको छ । कचनकवल–१ चमरभित्ता स्थित चमरभिट्टाबाट झकुवा टोल आउँदै गरेको सोही स्थानकी १४ वर्षीया नेहारिका राजवंशीलाई जमुवा खोलाको कज्वेबाट खोलाले बगाएको थियो । आइबार दिउँसो चमरभिट्टास्थित जमुना खोलाको बीचमा घोप्टो परी मृत अवस्थामा उनको शव फेला परेको हो ।

Read More

झापा, १४ असोज । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिक देखि साधारणतया बदली रहने छ। देशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती भने कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरू र बागमती प्रदेशका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।…

Read More

झापा, १३ असोज । विगत तीन दिनदेखि परेको अविरल वर्षासँगैको बाढी, पहिरो र डुबानबाट कोशी प्रदेशमा १८ जनाको मृत्यु भएको छ । १३ जना घाइते र ७ जना अझै बेपत्ता छन् । कोशी प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार मृत्यु हुनेमा पाँचथरमा ५, सोलुखुम्बुमा ५, धनकुटामा २, उदयपुरमा १, झापामा २ र इलाममा १ जनाको मृत्यु भएको छ । असोज ११ गते दिउँसो झापा कचनकवल गाउँपालिका–१ चमरभित्ता स्थित चमरभित्ताबाट झकुवा टोल आउँदै गरेको सोही स्थानका पञ्चु राजवंशीको १४ वर्षीया छोरी नेहारिका राजवंशीलाई जमुवा खोलाको कज्वेबाट खोलाले बगाएर बेपत्ता भएकी थिइन् । उनको शव आज दिउँसो कचनकवल गाउँपालिका–१ चमरभिट्टास्थित रहेको जमुना…

Read More