
भद्रपुर, १४ असोज । झापाको भद्रपुरमा आज एक अपरिचित युवाको शव फेला परेको छ । झापा भद्रपुर नगरपालिका–३ झोलुङगे पुल स्थित मेची नदीको बीच भागमा कालो पाइन्ट लगाएको, शरीरको माथिको भागमा कपडा नभएको, बायाँ साइडको भाग पुरिएको दाहिने साइडको आधा भाग देखिएको, अनुहार पानीमा घोप्टो परेको अबस्थामा पुरुषको शव फेला परेको हो ।
प्रहरी चौकी मेचीपारीमा जानकारी प्राप्त गराउन साथ टोली खटि गइ घटनास्थल सुरक्षित राखेको छ भने थप अनुसन्धान तथा कानूनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय भद्रपुरबाट शव कानूनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Facebook Comments Box


