
झापा, १४ असोज । गत असोज ११ गते खोलाले बगाएर बेपत्ता बनाएकी झापा कचनकवल गाउँपालिका–१ की एक किशोरीको शव फेला परेको छ ।
कचनकवल–१ चमरभित्ता स्थित चमरभिट्टाबाट झकुवा टोल आउँदै गरेको सोही स्थानकी १४ वर्षीया नेहारिका राजवंशीलाई जमुवा खोलाको कज्वेबाट खोलाले बगाएको थियो । आइबार दिउँसो चमरभिट्टास्थित जमुना खोलाको बीचमा घोप्टो परी मृत अवस्थामा उनको शव फेला परेको हो ।
Facebook Comments Box


