jhapaonline add

बिर्तामोड, २८ भदौ । नेपाल पत्रकार महासंघ झापाले स्वर्गीय पत्रकार नेत्र पाठकको परिवारलाई एक लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । बिर्तामोडस्थित महासंघको कार्यालयमा आज शुक्रबार आयोजित संक्षिप्त कार्यक्रमका बीच महासंघ झापाका अध्यक्ष एकराज गिरीले स्व। पाठककी श्रीमती सीता र बुहारी हिमालाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । महासंघ झापाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषको ब्याजबाट उक्त रकम सहयोग प्रदान गरिएको हो ।कार्यक्रममा महासंघ झापाका पूर्व अध्यक्ष केशव आचार्य र भीम नेम्वाङले झापाली पत्रकारितामा स्वर्गीय पाठकको योगदानको चर्चा गर्दै पत्रकारका परिवारमा महासंघले पुर्याउँदै आएको सहयोगको प्रशंसा गरे । स्व पाठक महासंघ झापाका पूर्व सचिव तथा प्रेस चौतारी भापाका…

Read More

बनियानी, २८ भदौ । झापाको भद्रपुरस्थित मेची रंगशालाको कवर्ड हलमा आजदेखि कोशी प्रदेशस्तरीय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । झापा जिल्ला ब्याडमिन्टन संघको आयोजनामा शुरु भएको प्रतियोगिताको भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले उद्घाटन गर्नुभयो । उहाँले खेल क्षेत्रको विकास जरुरी रहेको बताउनुहुँदै नगरले पनि खेलकुदलाई प्राथमिकता दिएको बताउनुभयो । कार्यक्रममा संघका अध्यक्ष दीपेश ढकालले ३० वर्षपछि भद्रपुरमा ब्याडमिन्टन प्रतियोगिता भएको बताउनुभयो । “३० वर्षअघि मेची अञ्चल स्तरीय प्रतियोगिता भएको थियो”, उहाँले भन्नुभयो, “त्यसपछि यो प्रतियोगिता हुँदैछ ।” कार्यक्रममा ब्याडमिन्टन संघका केन्द्रीय अध्यक्ष रामजीबहादुर श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला, झापा जिल्ला खेलकुद समितिका अध्यक्ष प्रशान्त भण्डारी…

Read More

झापा, २८ भदौ । कोशी प्रदेश सरकारमा आज नेपाली कांग्रेसबाट मन्त्री बनेकाहरुले सपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री हिकमतकुमार कार्कीले आज मन्त्री मण्डल विस्तार गरेसँगै उनीहरुले सपथ ग्रहण गरेका हुन् । नेपाली काँग्रेससँग आवद्ध तिन मन्त्री तथा एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन् । मन्त्रीहरूमा भौतिक पूर्वाधार तथा विकास मन्त्रीमा भुपेन्द्र राई, उद्योग, कृषि तथा सहकारी मन्त्रीमा खगेनसिंह हाङगाम, पर्यटन वन तथा वातावरण मन्त्रीमा सदानन्द मण्डल र भौतिक पूर्वाधार तथा विकास राज्यमन्त्रीमा भूमि प्रसाद राजवंशी रहेका छन् ।aप्रदेश प्रमुखको कार्यालयमा आज एक कार्यक्रमका बीच नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीलाई कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री हिकमतकुमार कार्कीले पद तथा…

Read More

झापा, २८ भदौ । कोशी प्रदेश सरकारमा नेपाली कांग्रेस पनि सहभागी हुने भएको छ । कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सरकारमा हाल ३ मन्त्री र १ राज्यमन्त्री पठाउन लागेको बताउनुभयो । सदानन्द मण्डल, भूपेन्द्र राई र खगेनसिं हाङ्मामको नाम फाइनल भएको छ । राज्यमन्त्रीमा भने भूमिप्रसाद राजवंशीका नाम टुङ्गो लागेको छ । मन्त्री बन्न लागेका राई कांग्रेस नेता कृष्णप्रसाद सिटौला समूहका हुन् भने मण्डल र हाङ्गाम संस्थापन समूहका हुन् । राज्यमन्त्री राजवंशी सिटौला समूहका हुन् । कांग्रेसले पाउने ४ मध्ये १ मन्त्री र १ राज्यमन्त्री भने डाक्टर शेखर कोइराला समूहलाई दिने तयारी छ । उक्त समूहबाट नाम नदिएको कारण…

Read More

झापा, २८ भदौ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव सँगै भारतको मध्यप्रदेशको उत्तरपश्चिम र आसपास रहेको न्यूनचापिय प्रणालीको प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतयादेखि पूर्णतया बदली रही बाँकी क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतयादेखि पूर्णतया बदली र बाँकी प्रदेशहरूमा आंशिकदेखि साधरणतया बदली रहने छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा…

Read More

झापा, २८ भदौ । झापाको बिर्तामोडस्थित गिरीबन्धु टी इस्टेट उद्योगको गेटअगाडि कुकर बम राखिएको छ। पूर्वपश्चिम राजमार्गदेखि दक्षिणमा रहेको गिरीबन्धु टी इस्टेटको उद्योगको गेट अगाडि पड्काइसकेको कुकर फेला परेको हो । बम राति नै पड्काएको अनुमान गरिएको छ । तर, त्यसबाट कुनै पनि क्षति भएको छैन । बम पड्केको आवाजसमेत नसुनेको स्थानीयले बताएका छन् । बमसँगै पर्चा पनि भेटिएको छ । नेकपा माओवादी पूर्वी केन्द्रीय कमाण्डको नाममा पर्चा भेटिएको हो । त्यो समूहको आधिकारिकताबारे थाहा हुन सकेको छैन । त्रसित र आतंकित पार्ने उद्देश्यले त्यस्तो क्रियाकलाप गरेको हुनसक्ने टी इस्टेटका सञ्चालक छत्र गिरीले बताए ।

Read More

झापा, २८ भदौ । झापाको शिवसताक्षीमा भाइको हत्या गरेको आरोपमा दाजु पक्राउ परेका छन् । शिवसताक्षी नगरपालिका–८ शितल चौकका ४२ वर्षीय रामप्रसाद सिटौलाको हत्या आरोपमा उनका दाजु नारायण सिटौलालाई प्रहरीले पक्राउ गरेको हो । घटना पश्चात् अनुसन्धानका लागि मृतकका दाजु नारायणलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक सुशील थापामगरले जानकारी दिए । गएराति करिब ९ बजे आफ्नै घरको पछाडिपट्टि उतानो परेको अवस्थामा रामप्रसादको शव फेला परेको थियो । टाउकोमा गम्भीर चोट देखिएकोले उनीमाथि दाउरा प्रहार भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनास्थल वरिपरि दाउरा छरिएको र रगत लतपतिएको थियो । दुवै दाजुभाइले मादक पदार्थ सेवन गरी झगडा गरेको…

Read More

झापा, २८ भदौ । झापाको कमल गाउँपालिकाका एक युवाले चार पाङ्ग्रे गाडी बनाउनुभएको छ । कमल गाउँपालिका–६ का २३ वर्षीय युवा अर्जुन विश्वकर्माले चार पाङ्ग्रे गाडी बनाउनुभएको हो । ‘मेड इन नेपाल’ लेखिएको उक्त गाडी उहाँले ‘सवारी साधान निर्माणमा मेरो पहिलो अभ्यास’ लेख्नुभएको छ । चार वर्षअघिदेखि गाडी बनाउन थालेको बताउँदै अर्जुनले हालसम्म रू चार लाख खर्च भएको बताउनुभयो । “गाडीमा चालकसहित चार जनासम्म बस्न मिल्छ”, कक्षा–१२ सम्म अध्ययन गर्नुभएका अर्जुनले भन्नुभयो, “धेरै मेहेनत गरेको छु, अझै प्राविधिक काम बाँकी नै छ ।” रकम अभावका कारण भनेजसरी काम गर्न नसकिएको उहाँले बताउनुभयो । “कसैले लगानी गरिदिए हुन्थ्यो जस्तो लागेको छ”,…

Read More

बिर्तामोड, २८ भदौ । राष्ट्रिय शिक्षा दिवस तथा बाल दिवस-२०८१ को अवसरमा बिहीबार बिर्तामोडमा नगरस्तरीय वक्तृत्व कला प्रतियोगिता सम्पन्न भएको छ । ुस्वदेशमै शिक्षा र स्वदेशमै रोजगारीु विषयमा बिर्तामोड नगरपालिकाले प्रतियोगिताको आयोजना गरेको हो । कक्षा–९ र १० का विद्यार्थीलाई समेटिएको यस प्रतियोगितामा सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयबाट ३० जना विद्यार्थीले सहभागिता जनाएका थिए । प्रतियोगितामा मोहनमाया माध्यमिक विद्यालयकी छात्रा एलिना तिम्सिना प्रथम, न्यूटन्स एकाडेमीकी छात्रा रोसिना दाहाल द्वितीय, एभरेष्ट स्मार्ट स्कुलकी प्राप्तिका निरौला तृतीय, सेन्ट जेभियर्सका छात्र प्रयास गिरी र महेन्द्ररत्न माध्यमिक विद्यालयकी छात्रा स्मृति आचार्य सान्तवना भएका छन् । विजेताहरु प्रथम, द्वितीय, तृतीय र सान्तवनाले क्रमश ४ हजार,…

Read More

सुरुङ्गा, २७ भदौ । यहाँको अर्जुनधारा नगरपालिका–९स्थित एक घरमा लगाइएको पूजाको प्रसाद खाँदा बिरामी हुनेको सङ्ख्या ८० पुगेको छ । बिरामी हुनेमध्ये शनिश्चरे नगर अस्पतालमा ७३, बीएण्डसी अस्पतालमा चार र मनमोहन अस्पतालमा तीन जना उपचारका लागि भर्ना भएका छन् । शनिश्चरे अस्पतालका ७३ जना बिरामीमध्ये ३९ जनालाई थप उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर रिफर गरिएको छ । प्रसाद खाएर बिरामी भएकामध्ये उपचारपछि ५९ जना घर फर्किएका थिए । तर, उनीहरुमा पुनःसमस्या देखिएपछि थप उपचारका लागि अस्पताल भर्ना गरिएको शनिश्चरे आधारभूत अस्पतालका प्रशासन प्रमुख राजविक्रम खड्का जानकारी दिए । बुधबार अर्जुनधारा–९ निवासी रीता निरौलाको घरमा पूजा गरिएको थियो । सो…

Read More