jhapaonline add

झापा, २२ असोज । झापाको कन्काई नगरपालिका–८ स्थित विरिङ खोलामा दुर्गा प्रसाईंका समर्थकले आगजनी गर्दा ट्रक चाकको मृत्यु भएसँगै प्रहरीले ८ जनालाईलाई नियन्त्रणमा लिएर ज्यान सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ । आरोपीहरुविरुद्ध ज्यान सम्बन्धी कसुर, आपराधिक उपद्रव र ज्यान मार्ने उद्योग समेतको मुद्दामा अदालतबाट अनुमति लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण कुमार चन्दले जानकारी दिए । आगजनी र ज्यान मुद्दामा संलग्न आरोपमा पक्राउ पर्नेमा झापा हाल्दिबारी घर भएका २४ वर्षीय विवश लिम्बु, मेचीनगरका ३४ वर्षीय राजेश महत, अर्जुनधारा घर भएका ३८ वर्षीय रुद्र भुजेल, हाल्दिबारी गाउँपालिका घर भएका ५१ वर्षीय वीर बहादुर गुरुङ र झापा बिर्तामोड…

Read More

सफलता फुयल प्राकृतिक विपतको रणभूमिमाहराएको शान्ति खोज्दा खोज्दैफेरि टुप्लुक्क आएछ चाडपर्व । बाढी, पहिरो र विपत्को खबर सुन्दा सुन्दै,शोकाकुल परिवारजनको खुसी माग्दा माग्दै,भिजेका परेली पुस्तापुस्तै,समयको दौडानसँगै,भित्तेपात्रोको पल्टिएको पानासँगैघुम्दै फिर्दै शरदका रातसँगैघर आँगनमा फेरि आएछ चाडपर्व। तर यसपालिकसरी दिउँ शुभकामना ?कसलाई दिउँ म शुभकामना ? दाजुभाइ बाटोमै फँसेका छन्बाढी र पहिरोमा अलपत्र परेका छन्राहत र उद्धारको बाटो कुरिरहेका छन्कसैको सिउँदो पुछिएको छ,कसैको काख रितिएको छ,कसैको परिवार बिछोडिएको छ, धेरैका भविष्यका सपनाहरु बाटोमै पुरिएका छन्दशैं आँसुको भेलमा बगेको छ । यस्तो अन्योल अवस्थामा,देश रोइरहेको बेलामा,खुसी बिलाएको बेलामा,उमङ्ग हराएको बेलामा,मनको भावनाको पहिरो गएको बेलामा,खै, कसरी दिउँ र शुभकामना ?खै, के दिउँ र शुभकामना…

Read More

बनियानी, २२ असोज । झापाको मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलबाट दुई जनालाई लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरिएको छ । मलद्वारमा लुकाएर ब्राउनसुगर ल्याउँदै गरेका उनीहरुलाई सोमबार साँझ तालिम प्राप्त कुकुरसहितको सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका–९ का २८ वर्षीय श्यामबहादुर लोप्चन र झापा बुद्धशान्ति गाउँपालिका–३ का २३ वर्षीय रोजन राजवंशी रहेको सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेड क्वाटर झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक महेशराज बिष्टले जानकारी दिनुभयो । मेचीनगर–६ मेचीपुलमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकरभिट्टाबाट तालिमप्राप्त कुकुरसहित टोली र लागुऔषध अनुसन्धान ब्यूरो काँकडभिट्टाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ पैदल…

Read More

झापा, २२ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ सात पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६७ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४७ रुपैयाँ ११ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ७७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ३३ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ११ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५६ रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ५७ रुपैयाँ २२ पैसा कायम गरिएको छ…

Read More

झापा, २२ असोज । आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौँ दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । छान्दोग्य श्रुतीका अनुसार भगवतीको शक्तिबाट उत्पन्न भएकाले सनत्कुमारको नाम स्कन्द रहन गएको हो । स्कन्दको माता भएकाले पार्वती नै स्कन्दमाताका नामले कहलाएकी हुन्। नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् ।…

Read More

झापा, २२ असोज । प्रेस काउन्सिल नेपालले तथ्यहीन, भ्रामक र अमर्यादित सामग्री सम्प्रेषण गर्ने ४३ वटा युट्युब च्यानललाई अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको छ । एकपक्षीय, अफवाहपूर्ण, अतिरञ्जित र अश्लील सामग्री सम्प्रेषण गरेको भन्दै ती माध्यमलाई कानुनी कारवाहीको लागि पठाएको हो । काउन्सिलले सञ्चारमाध्यमका रुपमा दर्ता नभएका त्यस्ता माध्यमबाट गलत सामग्री प्रसारण गरे सचेत गराई नसच्चिएमा थप कारबाहीका लागि प्रहरीमा पठाउँदै आएको छ । काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतको संयोजकत्वमा बसेको आचारसंहिता अनुगमन उपसमितिको निर्णयअनुसार ती सामाजिक सञ्जालसहित विभिन्न सञ्चारमाध्यमलाई कारबाही गर्ने निर्णय गरेको हो । काउन्सिलले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा गत साउन महिनायता हिंसा,…

Read More

झापा, २२ असोज । हाल कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव छ। त्यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव छ। देशको पूर्वी र मध्य भागमा भने भारतको बिहार तथा आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज बिहान देशका पहाडी भूभागको मौसम आंशिक बदली छ। साथै कोसी र बागमती प्रदेशका एकदुई स्थानमा अहिले हल्का वर्षा भैरहेको छ। आज दिउँसो पनि कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने अनुमान छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। कोसी, मधेस, बागमती र गण्डकी…

Read More

शिवसताक्षी, २१ असोज । झापा शिवसताक्षी नगरपालिका वडा नं. ७ को चन्द्रडाँगी बजारमा एक पसलमा ४९ बोतल पेयपदार्थ म्याद गुज्रिएको अवस्थामा फेला परेको छ । शिवसताक्षी नगरपालिकालको अनुगमन टोलीले चन्द्रडाँगीको मनकामना स्टोरबाट उक्त सामाग्री फेला पारेको हो । त्यस्तै पार्वता भेराइटी किराना पसलबाट ३१ बोतल र डिल्ली किराना पसलबाट १० बोतल पेट्रोल बेच्न राखेको अवस्थमा फेला पारेको हो । पसलबाट चिप्स, पापड, चाट मसला, मिठाई लगायतका खाद्य बस्तुहरुको म्याद गुज्रिएको अवस्थामा फेला परेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । पसलमा फेला परेको म्याद गुज्रिएको अखाद्य वस्तुहरुलाई अनुगमन टोलीले नष्ट गरिदिएको थियो । शिवसताक्षी नगरपालिकाको अगुवाईमा भएको अनुगमनमा उपप्रमुख नरमाया कार्की प्रहरी,…

Read More

शिवसताक्षी, २१ असोज । झापाको शिवसताक्षी नगरपालिकामा अपाङ्गता रोकथाम तथा पुनःस्थापना अभिमुखीकरण गरिएको छ । शिवसताक्षी नगरपालिकाको आयोजनामा करुणा फाउण्डेसनले शिवसताक्षीका अपाङ्गता भएका व्यक्ति, संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि, विद्यालयका प्रधानाध्यापकहरुलाई सहभागी गराई अभिमुखीकरण गरेको हो । नगरपालिकाले आफ्नो श्रोत र साधनले भ्याएसम्म अपाङ्गता भएका व्याक्तिहरुको क्षेत्रमा काम गरिरहेको शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले बताए । यस नगरपालिकालमा पनि अपाङ्गता भएका व्यक्तिहरूको संख्या धेरै छ । उहाँहरुलाई पुनःस्थापना गर्दै विभिन्न सीप सँग जोड्न नगरपालिकाले कार्यक्रम तयार गर्ने र सामाजिक विकास मन्त्रालय कोशी प्रदेश र करुणा फाउण्डेसन नेपालको सहकार्यका अझ धेरै काम गर्न सकिने नगरप्रमुख थोप्राको भनाई थियो । नेपालमा दशहजार…

Read More

झापा, २१ असोज । असोज १० देखि १२ गतेसम्मको धेरै वर्षाका कारण आएको बाढी पहिरोमा परेर आजसम्म मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ पुगेको छ । नेपाल प्रहरीले आज सार्वजनिक गरेको विवरण अनुसार आजसम्म एक सय ७८ घाइते भएका छन् । १८ बेपत्ता रहेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । उनकाअनुसार कूल १७ हजार एक सय ७४ को उद्धार गरिएको छ । सबैभन्दा ठुलो जनधनको क्षति बागमती प्रदेशमा भएको र त्यसमा पनि काठमाडौँ उपत्यकामा धेरै क्षति भएको छ । बागमतीमा मात्रै एक सय ३९को मृत्यु भएको छ । मृतकमध्ये एक सय ७६ आश्रित परिवारलाई ‘विपद् पीडित उद्धार र…

Read More