jhapaonline add

झापा, ३१ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने हुनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रको समर्थनमा मुख्यमन्त्री बन्नुभएका कार्कीले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि दोस्रोपटक विश्वासको मत लिन लाग्नुभएको हो । सत्ता गठबन्धन परिवर्तन भएसँगै साउन ११ गते सरकारबाट बाहिरिएको माओवादी केन्द्रले यही भदौ १४ गते समर्थन फिर्ता लिएको थियो । कोशी प्रदेशमा नेपाल कप्युनिष्ट पार्टी (एमाले) को नेतृत्वमा बनेको काँग्रेससहितको सरकार बनेको छ । संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त हुनुभएका कार्कीले दोस्रोपटक विश्वासको मत लिन लाग्नुभएको हो । कोशी प्रदेशसभामा ९३ सदस्य छन् । जसमा एमालेका ४० र…

Read More

झापा, ३१ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पाँचथरमा दुई बालबालिकाको निधन भएकोप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई रु पाँचरपाँच लाख क्षतिपूर्ति दिइने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले मृतकका परिवारजनलाई सरकारले उक्त रकम बराबरको क्षतिपूर्ति दिन लागेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले घाइतेको उपचारको जिम्मा सरकारले लिने पनि सदनलाई जानकारी गराउनुभयो । “पाँचथरमा दुई बालबालिकाको दुःखद् मृत्यु भयो । अहिले त्यत्ति भनौँ, कसरी निधन भयो भन्ने विषय पछि कुरा गरौँला”, उहाँले भन्नुभयो, “विस्फोटबाट भन्न मिल्ने हो कि नमिल्ने हो, यहाँ अन्यौल भइरहेको छ तर पनि विस्फोटबाट दुई बालबालिकाको दुःखद मृत्यु भयो, मृतकका परिवारलाई सरकारले रु पाँच–पाँच…

Read More

झापा, ३१ भदौ । पूर्व–पश्चिम राजमार्ग अन्तरगत बाराको उनासी पुलमा आज बस पल्टिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काँकरभिट्टाबाट दाङ जाँदै गरेको ना८ख ११६४ नं. को बस अनियन्त्रित भई पुलदेखि ८ मिटर तल खस्दा बसमा सवार सबै घाइते भएका थिए । उनीहरुमध्ये दाङ देउखुरी गटवा–५ बस्ने अन्दाजी बर्ष ४५ को चेतन राय यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ४३ जना घाइते भएका छन् । १० जना गम्भीर घाइतेलाई बयोधा अस्पताल बिरगंजमा थप उपचारका लागि रिफर गरिएको छ भने अन्य सामान्य घाइतेको स्थानीय सामुदायिक प्रसूति गृह अस्पताल र सिटी अस्पताल निजगढमा उपचार भईरहेको छ ।

Read More

झापा, ३१ भदौ । नागरिकता समस्या समाधानका लागि गृह मन्त्रालयले अध्ययन समिति गठन गरेको छ । गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाका प्रमुख टोकराज पाण्डेको संयोजकत्वमा आज पाँच सदस्यीय समिति गठन गरिएको हो । समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव, कानुन मन्त्रालयका उपसचिव, गृह मन्त्रालयको कानुन महाशाखाका प्रतिनिधि र नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका उपसचिव सदस्य रहने छन् । समितिलाई आगामी असोज १५ गते भित्र अध्ययन प्रतिवेदन पेस गर्न समय सीमा दिइएको छ । समितिलाई वर्तमान समयमा नागरिकले भोगिरहेका समस्याको पहिचान गर्न कार्यादेश दिइएको गृह मन्त्रालयले जनाएको छ । साथै उक्त समस्याको समाधानमा विद्यमान कानुनी व्यवस्थाको विश्लेषण…

Read More

झापा, ३१ भदौ । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आज साँझ क्यानडाको गर्दैछ । नेपाल र क्यानडाबिचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेबाट सुरु हुनेछ । लिग–२ को दोस्रो त्रिकोणात्मक सिरिज खेल्न लागेको नेपाल जितसहित सुखद सुरुआत गर्न चाहन्छ । गत फागुनमा भएको लिग–२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्ससँग भएको त्रिकोणात्मक सिरिजका चारमध्ये तीन खेलमा नेपाल पराजित हुँदा एकमा मात्रै जित हासिल गरेको थियो ।

Read More

शिवसताक्षी, ३१ भदौ । झापाको शिवसताक्षी नगरपालिकामा महिला प्रमुख प्रशासकीय अधिकृतको रुपमा सुनिता तुम्वाहाङ्फेले जिम्मेवारी समाल्नु भएको छ । आजबाट शिवसताक्षी नगरपालिकामा ११ औं प्रमुख प्रशासकीय अधिकृतको रुपमा सुनिता तुम्बाहाङ्फेले जिम्मेवारी सम्माल्नु भएको हो । उहाँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पहिलो पल्ट स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा आउनु भएको हो । उहाँ निजामति सेवामा प्रवेश गरेपछि अर्थ मन्त्रालय, सम्पत्ती सुद्धिकरण विभाग, प्रधानमन्त्री कार्यालय हुँदै पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा कार्यरत हुनुहुथ्यो । आज शिवसताक्षी नगरपालिकामा नगरप्रमुख मेगाहाङ्ग थोप्प्रा, उपप्रमुख नरमाया कार्की, वडाध्यक्षहरु र कर्मचारीहरुले उहाँलाई स्वागत गर्नु भएको छ । स्वागतका क्रममा नगरप्रमुख थोप्राले कर्मचारीको र जनप्रतिनिधिको…

Read More

भद्रपुर, ३१ भदौ । नेपाल अर्बुद रोग निवारण संस्थाको ४२ औं स्थापना दिवसको अवसर पारेर चन्द्रगढीमा एक दिने क्यान्सर सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । संस्थाका सभापति अम्बिकाप्रसाद ढकालको अध्यक्षता तथा पूर्वाञ्चल क्यान्सर अस्पतालका डा. आलोक ठाकुरको सहजीकरणमा क्यान्सर पहिचान, उपचार र बच्ने उपाय बारेमा एक दिने सचेतना सम्पन्न गरिएको हो । भद्रपुर १० चन्द्रगढी स्थित वीरेन्द्र नमूना क्याम्पस परिसरमा सम्पन्न सचेतना कार्यक्रममा जनप्रतिनिधि, क्याम्पस व्यवस्थापन समिति, प्रशासन र विद्यार्थीहरूको सहभागिता रहेको थियो । संस्थाका कोषाध्यक्ष रामप्रसाद पोखरेलले सञ्चालन गरेको कार्यक्रममा विद्यार्थी भावना पोखरेल र क्याम्पस प्रमुख विवेक पोखरेलले मन्तव्य राखेका थिए भने उपसभापति गंगाप्रसाद श्रेष्ठले स्वागत गरेका थिए ।

Read More

बच्चा तथा बालबालिका अगाडि बढ्नुमा हरेक आमा बाबुले आफ्नो जिम्मेवारी भूमिका निर्वाह गर्नु पर्ने हुन्छ । उनीहरुको शारीरिक, मानसिक तथा संवेगात्मक बिकासका लागि बिभिन्न पोषक तत्वका साथै उचित स्याहार सुसार हुन जररत हुन्छ । बच्चा दुई वर्षको भएपछि उसको हड्डी तथा मांशपेशीहरु मजबुत हुन थाल्छ र हिड्हुल गर्न सक्छ । यसका लागि उसलाई बिभिन्न पौष्टिक तत्वको जरुरत पर्छ । हरेक बच्चा एक वर्षमा २.५ इन्च उचाइ बढ्छ ।उसको उचाई बढ्नमा हर्मोन, पोषण, ब्यायामका साथै स्वास्थ्यमा भर पर्छ त्यसका लागि बिभिन्न पौष्टिक तत्व खुवानुपर्ने हुन्छ । त्यसका लागि यी चीजहरु खुवानु राम्रो हुन्छ दूधजन्य पदार्थ : बच्चाको सम्पूर्ण विकासका लागि दूधका…

Read More

काठमाडौं, २९ भदौं । मल्टिप्लेक्स चेन आईएनआई सिनेमाजले नयाँ बानेश्वरस्थित हलमा शनिबार (आज) ‘छक्कापञ्जा ४’ को निःशुल्क प्रदर्शन गर्ने भएको छ । एनबी सेन्टरमा हल खुलेको पहिलो वार्षिकोत्सवको अवसरमा यो सुविधा ल्याएको हो । यसका लागि (आज)शनिबारका ३ शोमा दर्शकले निःशुल्क फिल्म हेर्न पाउने जनाइएको छ । यो हलमा अभिनेता दीपकराज गिरी र अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको पनि स्वामित्व छ । अभिनेता गिरीले सामाजिक संजालबाट समेत यसबारे जानकारी दिएका छन् । बिहान ११ बजे, दिउँसो २ः३० बजे र बेलुकीको ५ः३० बजेका शो निःशुल्क हुने दीपकले जनाएका छन् । आइएनआईका निर्देशक सुरेन्द्र थापाले पनि वार्षिकोत्सवको अवसरमा दर्शकले निःशुल्क फिल्म हेर्न…

Read More

विराटनगर, २९ भदौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले ‘हिंसा’ शब्दको विषयमा सदनमा भएको बहस नटुंगिएसम्म संसद् चल्न नदिने बताएका छन्। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले यस्तो बताएका हुन्। ‘एमालेका साथीहरूले जनयुद्धलाई ‘हिंसा’ भनेर अपभ्रंश गर्ने, अपव्याख्या गर्ने र भ्रम छर्ने काम भइरहेको छ’‚ उनले भने‚ ‘त्यो विषयको सम्बोधन नभएसम्म संसद्‌मा विरोध जारी रहन्छ।’ यस्तै अर्को प्रसंगमा उपसभामुख इन्दिरा रानालाई हटाउने विषयबाट काँग्रेस–एमाले पछि हट्ने बताएका छन्। उपसभामुख एउटा इमान्दार, जनजाति महिला, बालबच्चाका लागि ख्यातिप्राप्त भएको बताउँदै उनले प्राविधिक रूपमा केही कुरा नजानेर त्रुटि भएको हुन सक्ने बताए। उनले भने, ‘त्यसको सजाय उपसभामुखबाट हटाउनेसम्म जानु हुँदैन भन्नेमा…

Read More