
झापा, ३१ भदौ । पूर्व–पश्चिम राजमार्ग अन्तरगत बाराको उनासी पुलमा आज बस पल्टिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काँकरभिट्टाबाट दाङ जाँदै गरेको ना८ख ११६४ नं. को बस अनियन्त्रित भई पुलदेखि ८ मिटर तल खस्दा बसमा सवार सबै घाइते भएका थिए ।
उनीहरुमध्ये दाङ देउखुरी गटवा–५ बस्ने अन्दाजी बर्ष ४५ को चेतन राय यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ४३ जना घाइते भएका छन् । १० जना गम्भीर घाइतेलाई बयोधा अस्पताल बिरगंजमा थप उपचारका लागि रिफर गरिएको छ भने अन्य सामान्य घाइतेको स्थानीय सामुदायिक प्रसूति गृह अस्पताल र सिटी अस्पताल निजगढमा उपचार भईरहेको छ ।
Facebook Comments Box


