
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
सन्तोष शर्माझापा, ५ असोज । मेची भन्सार कार्यालय काँकरभिट्टाले भदौ महिनामा सवा अर्ब राजश्व असुली गरेको छ । कार्यालयले चालू आर्थिक वर्ष २०८१/०८२ को भदौ महिनामा रू एक अर्ब २४ करोड २४ लाख ६८ लाख १८ हजार राजश्व संकलन गरेको कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालयलाई भदौ महिनामा रू एक अर्ब ४१ करोड २९ लाख २९ हजार राजवश्व संकलनको लक्ष्य दिइएको थियो । कार्यालयले लक्ष्यको ८८ दशमलव २५ प्रतिशत लक्ष्य हासिल गरेको छ । कार्यालयले भन्सार महसुल आयात वापत रू ५७ करोड २३ लाख १७ हजार चार सय चार, भन्सार महसुल निर्यात वापत रू एक…
झापा, ५ भदौ । मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा धेरै वर्षाको पनि सम्भावना रहेको छ । भोलि आइतबार पनि देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा…
भद्रपुर, ४ भदौ । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा चियाको निर्यात ५२ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार चालु आवका साउन र भदौमा चार हजार ४१२ मेट्रिक टन चिया निर्यात भएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ५२ प्रतिशतले बढी हो । गत आवको पहिलो दुई महिनामा नेपालबाट दुई हजार ९०२ मेट्रिक टन चिया निर्यात भएको थियो । प्राप्त तथ्याङ्कअनुसार चिया निर्यातको परिणामसँगै यसको मूल्य पनि बढेको छ । चालु आव २०८१/८२ को दुई महिनामा एक अर्ब १३ करोड ३४ लाख १७ हजार बराबरको निर्यात भएको छ । जुन गत आव २०८०/८१…
झापा, ४ असोज । प्रहरीले ठूलो परिमाणमा लागुऔषध ट्रामाडोल बरामद गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले झापाकी एक महिलासहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुको साथबाट १ लाख ८० हजार ४३० थान ट्रामाडोल बरामद गरेको छ । पक्राउ पर्नेमा उदयपुरको गाईघाटका ३० वर्षीय श्रीबहादुर राई, झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर–१ घर भएकी सम्झना रोक्का, सर्लाहीका २२ वर्षीय विपिनकुमार महतो, पर्वतका २७ वर्षीय बालकृष्ण अधिकारी, बाराको परवानीपुर गाउँपालिका घर भएका ३४ वर्षीय प्रदीप सर्राफ र काठमाडौँको डल्लु घर भएका ५१ वर्षीय मन मोहन श्रेष्ठ छन् । गत भदौ १८ मा गोकर्णेश्वर नगरपालिका–५ स्थित बागमती करिडोरबाट उदयपुर घर भएका…
झापा, ४ असोज । आज धादिङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार साँझ ५ बजेर १६ मिनेटमा धादिङको चैनपुर आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको हो । ३.८ म्याग्निच्युडको भूकम्पको धक्का आसपासको क्षेत्रमा सामान्य महसुस भएको थियो ।
झापा, ४ भदौ । वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाले उत्पादनमूलकतर्फको सीप परीक्षणको नतिजा प्रकाशित गरेको छ । ईपीएस शाखाले शुक्रबार कोरियन भाषा ९ईपीएस टोपिक २०२३ यूबीटी०को स्किल र कम्पिटेन्सी टेस्टको नतिजा प्रकाशित गरेको हो । गत १८ देखि २४ भदौसम्म भएको सीप परीक्षणमा ८ हजार ९३२ जना सहभागी भएका थिए । त्यसमध्ये ८ हजार १५१ जना उत्तीर्ण भएको ईपीएस शाखाले जनाएको छ ।
कचनकवल, ४ असोज । पथरिया माविका पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष स्वर्गीय लालध्वज केदेम लिम्बूको दोस्रो स्मृति दिवसको अवसरमा केदेम परिवारले कचनकवल गाउँपालिका वडा नं. ३ स्थित पथरिया माविलाई १० थान सिलिङ फेन र २० थान खेलकुद पोशाक हस्तान्तरण गरेको छ। कार्यक्रमको आयोजना बगान युथ क्लब कचनकवल–३ ले गरेको थियो भने सह(आयोजकको भूमिका पथरिया माविले निभाएको थियो। कार्यक्रमको सभापतित्व पथरिया माविका प्रधानाध्यापक गुणराज गुरागाइँले गरेका थिए। प्रमुख अतिथि कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशी रहेका थिए भने विशेष अतिथिहरुमा केदेम परिवारका सदस्य रमला लिम्बू र चन्द्रमान केदेम, बगान युथ क्लबका अध्यक्ष पिताम्बर लिम्बू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयनारायण यादव,…
झापा, ४ असोज । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले साताभर मनसुनी वायुको प्रभाव रहने जनाएको छ । आगामी बिहीबारसम्म देशको हिमाली, पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली तथा तराई क्षेत्रमा साताको सुरुमा आंशिक बदलीदेखि मुख्यतया सफा, मध्य र अन्त्यमा आंशिक बदलीदेखि साधारणतया बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको हो । “साताको मध्य र अन्त्यमा देशका तराई भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साताको सुरुमा देशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा, मध्य र अन्त्यमा केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै साताको अन्त्यमा कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका…
झापा, ४ भदौ । फिफाले सार्वजनिक गरेको वरियतामा नेपाल एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले नेपाल वरियताको १७६ औँ स्थानमा पुगेको छ । नेपालले पछिल्लो फिफा विन्डोमा कुनै प्रतिस्पर्धा गरेन । दक्षिण एसियाली वरियतामा नेपाल भन्दामाथि भारत १२६ र माल्दिभ्स १६३औँ स्थानमा छन् । यसैगरी भुटान १८४, बङ्गलादेश १८६, पाकिस्तान १९७ स्थान र श्रीलङ्का २००औँ स्थानमा छन् । वरियताको शीर्षस्थानमा अर्जेन्टिना यथावत् छ । यसैगरी फ्रान्स, स्पेन, इङ्गल्यान्ड, ब्राजिल, बेल्जियम छन् ।
बिर्तामोड, ४ असोज । झापाको बिर्तामोडमा असोज ७ गतेदेखि किताब मेला लाग्ने भएको छ । ‘दशैंको कोसेली किताब’ भन्ने नाराका साथ असोज ७ देखि २३ गतेसम्म किताब मेला लाग्ने भएको हो । वीरता रिडर्सको आयोजनामा किताब मेला लाग्ने भएको हो । किताब मेलामा साहित्य पत्रकार मञ्च बिर्तामोड र झापाली साहित्य समाजको सहकार्य रहेको छ भने स्टल व्यवस्थापन इशा बुक्स एण्ड स्टेसनरी बिर्तामोडले गर्ने भएको छ । विशेषगरी पठन संस्कृतिको विकास गर्ने उद्देश्यले पाठकलाई लक्षित गरी गरेर किताब मेला आयोजना गर्न लागिएको किताब मेलाका संयोजक सन्तोष आचार्यले जानकारी दिनुभयो । “आफ्ना कृतिहरुलाई पुस्तकाकार गरेर किताब निकाल्ने क्रम बढेको छ”, उहाँले भन्नुभयो,…