
झापा, ४ असोज । प्रहरीले ठूलो परिमाणमा लागुऔषध ट्रामाडोल बरामद गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले झापाकी एक महिलासहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुको साथबाट १ लाख ८० हजार ४३० थान ट्रामाडोल बरामद गरेको छ ।
पक्राउ पर्नेमा उदयपुरको गाईघाटका ३० वर्षीय श्रीबहादुर राई, झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर–१ घर भएकी सम्झना रोक्का, सर्लाहीका २२ वर्षीय विपिनकुमार महतो, पर्वतका २७ वर्षीय बालकृष्ण अधिकारी, बाराको परवानीपुर गाउँपालिका घर भएका ३४ वर्षीय प्रदीप सर्राफ र काठमाडौँको डल्लु घर भएका ५१ वर्षीय मन मोहन श्रेष्ठ छन् ।
गत भदौ १८ मा गोकर्णेश्वर नगरपालिका–५ स्थित बागमती करिडोरबाट उदयपुर घर भएका ३० वर्षीया श्रीबहादुर राईलाई पक्राउ गरेर अनुसन्धान गर्दै जाँदा थप आरोपीहरूको कनेक्सन देखिएको ब्यूरोका एसपी रामेश्वर कार्कीले बताए ।


