jhapaonline add

भद्रपुर, ३ असोज । आन्तरिक रावस्व कार्यालयले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु ४९ करोड ९४ लाख आठ हजार राजस्व सङ्कलन गरेको छ । सङ्कलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको १२ दशमलव ४७ प्रतिशत हो । अन्तरिक राजस्व कार्यालयको चालु आवमा रु चार अर्ब ६१ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको कर अधिकृत भीमप्रसाद आचार्यले बताउनुभयो । “साउन र भदौ महिनामा ५७ करोड ३६ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा लक्ष्यको ८७ दशमलव ६१ प्रतिशत राजस्व सङ्कलन भयो । चालु आवको पहिलो दुई महिनामा मन्दीका कारण लक्ष्यअनुसार राजस्व सङ्कलन भएन” उहाँले भन्नुभयो । उक्त कार्यालयले आयकरबाट रु…

Read More

प्रकाश अधिकारीभ्रष्टाचार नेपाली समाजमा ऐंजेरुका रूपमा फैलिइरहेको छ । राजनेताका साथै कर्मचारीगण पनि भ्रष्ट छन् भन्ने सर्वसामान्य धारणा बनिसकेको छ । सरकारी अड्डाबाट छिटो छरितो र समयमा सेवा लिन सिधै वा ‘बीचको मानिस’ मार्फत खर्च नगरी हुँदैन भन्ने आम बुझाइ छ । आमरूपमा यो सत्य भए पनि सबै राजनेता र कर्मचारी लालची र बिकाउ छैनन्, इमानदार र नैतिकवान् पनि छन् । सरकार वा सार्वजनिक सेवा मात्र भ्रष्टाचारबाट गाँजिएको नभएर निजी क्षेत्रसमेत यसबाट अछुतो छैन । सरकारी निकायले ठूलो परिमाणमा आर्थिक कारोबार गर्छ र यसको व्यवस्थापन, नियन्त्रण एवं नियमन राष्ट्रसेवकद्वारा हुन्छ । यसै मेसोमा राष्ट्रसेवकले सर्वसञ्चित कोषको दुरुपयोग गर्न र सेवाग्राहीबाट घूस लिन सक्छन् । सत्य के पनि…

Read More

भद्रपुर, ३ असोज । झापाको भद्रपुर नगरपालिका–१० स्थित हनुमान टोल विकास संस्थामा खड्गबहादुर बुढाथोकीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ । संस्थाको तेस्रो वार्षिक साधारणसभाले बुढाथोकीलाई दोश्रो कार्यकालका लागि सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा गीता कोइराला, सचिव रेखा अधिकारी, सहसचिव सविना गाौतम र कोषाध्यक्षमा खुमहरि तिम्सिनालाई सर्वसम्मत चयन गरिएको छ । २ वर्षे कार्यकाल लागि गठित समितिका सदस्यहरुमा क्रमशः पुष्पा घिमिरे, निर्मला खरेल, लिला राउत, लक्ष्मी आचार्य खतिवडा, भक्तबहादुर लिम्बू र वीरबहादुर थापालाई सर्वसम्मत चयन गरिएको निर्वाचन समितिले जनाएको छ । कार्यक्रममा टोल विकास संस्था भित्र रहेका जेष्ठ सदस्य ९१ वर्षीय नरकेशर पाण्डे र ८९…

Read More

बिर्तामोड, ३ असोज । नेपाली फिल्म ‘बिक्रम देवा’ को झापा बिर्तामोडमा प्रिमियर शो हुने भएको छ । ‘बिक्रम देवा’ को असोज १४ गते बिर्तामोडमा प्रिमियर शो हुन लागेको हो । चलचित्र निर्माण टोलीले आज बिर्तामोडमा पत्रकार सम्मेलन आयोजना गरेर प्रिमियर शोका बिषयमा जानकारी दिएको हो ।लोपउन्मोख मेचे जाती तथा समुदायको धर्म संस्कृतिलाई उजागर गर्ने उदेश्यले झापामै पहिलो पटक ठूलो पर्दामा चलचित्र बिक्रम देवा निर्माण गरिएको निर्माता प्रचाप मेचेले बताए । चलचित्र बिक्रम देवामा ३० प्रतिशत मेचे भाषा, धर्म, संस्कार, रितिरिवाज समेटीएको र ७० प्रतिशत नेपाली धर्म संस्कृति रहेको अर्का निर्माता अर्जुन मेचेले बताएका छन् । कुमार केसीको निर्देशनमा निर्माण सम्पन्न…

Read More

चन्द्र बस्नेतकनकाई, ३ असोज । झापाको कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले सहिदहरुको योगदानले निर्माण भएको संविधानको पूर्णरुपमा कार्यान्वयन गर्न तिन तहकै सरकार सक्रिय बन्न आवश्यक रहेको बताउनुभएको छ। दशौ संविधान दिवसको अवसरमा आज नगर परिषरमा नगरपालिकाले आयोजना गरेको झन्डोतलन कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुख पोखरेलले मौलिक अधिकारको विषय संविधानमा ग्यारेन्टी गरिए पनि कार्यान्वयन हुने सवालमा कमजोर देखिएको भन्दै संविधान पूर्णरुपमा कार्यान्वयन गर्न तीन तहकै सरकार सक्रिय हुन जरुरी रहेको बताउनुभएको हो। नगर प्रमुख पोखरेलले अहिलेको संविधानले नै सबैलाई अधिकार सम्पन्न गराएको भन्दै सबैखाले विचार, समुदाय, भूगोल, लिङ्ग, जाति र धर्मका भावनाहरुलाई यसले संरक्षण गर्न आवश्यक रहेको बताउनुभएको छ। उहाँले…

Read More

झापा, ३ असोज । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानमार्फत जनताले प्राप्त गरेका अधिकारको रक्षा, प्रयोग र थप परिस्कृत गर्दै जनताको अवस्था बदल्न दृढताका साथ अघि बढ्नुपर्ने बताएका छन् । संविधान दिवस २०८१ का अवसरमा आज शुभकामना सन्देशमार्फत् अध्यक्ष प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धिमार्फत समाजवाद निर्माणको अभियानमा अघि बढ्नु अबको सुस्पष्ट बाटो भएको बताए । सबै प्रकारका अराजकता र निरङ्कुशतावादी सोचका विरुद्ध राष्ट्र र जनतालाई एकताबद्ध गर्नु नै संविधान दिवस मनाउनुको उद्देश्य भएको भन्दै अध्यक्ष दाहालले संविधानप्रदत्त अधिकारलाई थप सुदृढ गर्नु सबैको जिम्मेवारी भएको बताए। ुसङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान, जसले नेपालका उत्पीडित वर्ग, जाति,…

Read More

बुद्धशान्ति गाउँपालिकाको नदीजन्य पदार्थहरुको‌ विक्री कार्यका लागि नगदी र‌सीदको‌ प्रयो‌ग सम्बन्धमा सार्वजनिक सूचना !

Read More

देवेन्द्रकिशोर ढुङ्गाना नेपाली भाषा हाम्रो गौरव हो।नेपाली भाषाको स्थिति राम्रो छ।नेपाली भाषाको लागि प्रेम बढाऔ ।संसारभर नेपाली भाषा फैलाऔ । नेपालले नेपाली भाषा जान्यो ।नेपाली भाषाले नेपाललाई स्वीकारोनेपाली भाषालाई राष्ट्रभाषा बनायो ।नेपालीभाषाले राष्ट्रलाई विश्वमा चिनायो। नेपाली भाषा हर पल मेरो साथमा छ।उनी यति सरल बोल्छिन् ।मायाले मन पग्लिन्छ।कागजमा कसरी लेख्ने ? यसमा सबै कुरा उपलब्ध छ।रामायण, महाभारत पनि आउँछ।यसमा वेद र पुराण पनि पाइन्छ ।सम्पूर्ण संस्कृति मनपर्छ। नेपाली भाषाको पहिचान बनाऔ ।हामी यसलाई संसारमा फैलाऔ ।हामी संस्कृतिको प्रवद्र्धन गर्छौ ।आफ्नो भाषाबाट भेदभाव हटाऔ । कति सुन्दर लाग्छ जिन्दगी ।मलाई मनमा मीठो लाग्छ।नेपाली भाषा अपनाएर नेपाल ।हाम्रो नेपाल सुन्दर शान्त बिशाल…

Read More

बिर्तामोड, ३ असोज । बिर्तामोड नगरपालिकाले राष्ट्रिय शिक्षा दिवस तथा बाल दिवसको अवसरमा भदौ २९ गते आयोजना गरेको नगरस्तरीय वक्तृत्वकला प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरेको छ । ‘स्वदेशमै शिक्षा र स्वदेशमै रोजगारी’ विषयमा बिर्तामोड नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा कक्षा ९ र १० मा अध्ययनरत सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयबाट ३० जना विद्यार्थीले सहभागिता जनाएका थिए । प्रतियोगितामा मोहनमाया माध्यमिक विद्यालयकी छात्रा एलिना तिम्सिना प्रथम, न्यूटन्स एकाडेमीकी छात्रा रोसिना दाहाल द्वितीय, एभरेष्ट स्मार्ट स्कुलकी प्राप्तिका निरौला तृतीय, सेन्ट जेभियर्सका छात्र प्रयास गिरी र महेन्द्ररत्न माध्यमिक विद्यालयकी छात्रा स्मृति आचार्य सान्तवना भएका थिए । विजेताहरु प्रथम, द्वितीय, तृतीय र सान्तवनाले क्रमश ४…

Read More

बिर्तामोड, ३ असोज । बिर्तामोड नगरपालिकाले उत्कृष्ट शिक्षकलाई पुरस्कृत गरेको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यतामा बुधबार नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तहका एक÷एक जना गरी ३ जना शिक्षकलाई राष्ट्रिय शिक्षा दिवस तथा बाल दिवस २०८१को अवसरमा पुरस्कृत गरिएको हो । पुरस्कृत हुने उत्कृष्ट शिक्षकहरुमा माध्यमिक तहबाट महेन्द्ररत्न माध्यमिक विद्यालयका शिक्षक तुलसीराम खरेल, निम्न माध्यमिक तहबाट विरअमरसिंह माध्यमिक विद्यालयका शिक्षक हेमकुमार उप्रेती र प्राथमिक तहबाट जनता प्राथमिक विद्यालयका शिक्षक लक्ष्मीप्रसाद गौतम रहनु भएको छ । आवेदन परेका विभिन्न १७ वटा निवेदनमाथि २० वटा सूचकको आधारमा उत्कृष्ट शिक्षक छनोट गरिएको समितिका संयोजक पूर्व उपसचिब…

Read More