
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
कचनकवल, १ असोज । झापाको कचनकवल गाउँपालिकास्थित महेन्द्र रत्न माध्यमिक विद्यालयमा विद्यालयका संस्थापक स्वर्गीय बहादुरचन्द्रसिंह राजवंशीको योगदानलाई सम्झिँदै अर्धकदको शालिक निर्माण गरिएको छ । विद्यालयको २ लाख ८५ हजार ५२५ र गाउँपालिकाको २ लाख ९ हजार ४७५ गरी ४ लाख ९५ हजारको लागत शालिक निर्माण गरिएको हो । आज एक कार्यक्रमका बीच प्रमुख अतिथि पूर्वगृहमन्त्री तथा राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले मूर्ति अनावरण गर्दै स्वर्गीय राजवंशीको विद्यालय निर्माणमा गरेको योगदानलाई ऐतिहासिक र प्रेरणादायी रहेको बताए । सिटौलाले विद्यालयको प्रगति र शैक्षिक विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै, प्रमुख अतिथिद्वारा स्वर्गीय राजवंशीका परिवारलाई सम्मानपत्र पनि हस्तान्तरण गरिएको छ…
बुट्टाबारी, १ असोज । पूर्वेली ढुवानी सेवाले विश्वकर्मा पूजा गरेको छ । झापाको बिर्तामोड–५ मा मुख्य कार्यालय रहेको ढुवानी सेवाले आज बिर्तामोड–६ स्थित बुट्टाबारीमा ३० वढी ट्रकसहित अन्य सवारी साधनको पूजा गरेको छ । पूर्वेली ढुवानी सेवाका सञ्चालक निर्मल खत्रीले प्रत्येक ट्रकलाई रिवन, फुलपाती, अक्षताले पूजा आराधना गरेर चालक र सह–चालकलाई टिका लगाएर विश्वकर्माको पूजा गरेका हुन् । सुनसरीको इटहरीमा शाखा कार्यालय रहेको ढुवानी सेवाले देशैभर ४० वढी ट्रकबाट सेवा प्रदान गर्दै आएको छ । सञ्चालक निर्मल सामाजिक कार्यमा समेत सक्रिय छन् । उनले बिभिन्न सामाजिक कार्य पनि गर्दै आएका छन् । ढुवानी सेवाले आयोजना गरेको पूजामा बिर्तामोड उद्योग बाणिज्य…
कनकाई, १ असोज । झापाको कनकाईस्थित कोटिहोमधाममा निर्मित विश्वकर्मा बाबाको मन्दिर उद्घाटन भएको छ । विश्वकर्मा पूजाको अवसरमा पारेर असोज १ गते एक कार्यक्रमका बीच मन्दिर उद्घाटन गरिएको हो । २०७४ सालमा मन्दिरको भवन निर्माण कार्य पूरा भए पनि विविध कारण मन्दिर सञ्चालनमा आउन सकेको थिएन । विश्वकर्मा पूजाको अवसरमा मन्दिरमा मूर्ति प्राणप्रतिष्ठा भएसँगै मन्दिर सधैंका लागि खुला गरिएको छ । संघीय सांसद हर्कमाया विश्वकर्माले रिबन काटेर मन्दिर उद्घाटन गरिन् । कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी सांसद विश्वकर्माले झापाको पवित्र धार्मिकस्थलमा विश्वकर्मा बाबाको मन्दिर सञ्चालन हुनु सुखद् रहेको बताइन् । उनले मन्दिरको संरक्षण र सञ्चालनमा स्थानीयको भूमिका महत्वपूर्ण हुने बताइन् । कार्यक्रममा प्रदेश सभा सदस्य गोपाल गजमेर,…
झापा, १ असोज । झापाको गौरीगञ्ज गाउँपालिकामा आज भएको आगलागीबाट करिब ३१ लाख बराबरको क्षति भएको छ । आज बिहान ९ बजेतिर गौरीगञ्ज–६ देवकोटा टोलका कृष्ण राजवंशीको घरमा आगलागी भएको थियो । टिनको छाना भएको, इँटा र सिमेन्टको गारो भएको राजवंशीको ५ कोठे पक्की घरमा अचानक विद्युत् सर्ट भई आगलागी भएको थियो । आगलागीबाट राजवंशीको घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । घरभित्र रहेको नगद ५ लाख ५० हजार, साँढे ३ तोला सुन, चाँदी ५० तोला, अन्नपात, काठ, लत्ताकपडा, भाडावर्तन र कागजपत्र गरी अन्दाजी २५ लाख बराबरको क्षति भएको छ । त्यस्तै सोही घरमा डेरा गरी बस्ने मेघनाथ राजवंशी…
झापा, १ असोज । मेची बहुमुखी क्याम्पसका उपप्राध्यापक पुण्य खरेलको निधन भएको छ । विगत लामो समयदेखि मेची बहुमुखी क्याम्पसमा सेवारत खरेल यही आउँदो फागुन महिनामा निवृत्त हुँदै हुनुहुन्थ्यो । खरेलको आज विहान हृदयघातका कारण निधन भएको हो । एक हप्ता अगाडि मुटुको सामान्य समस्या देखिएपछि उपचारका लागि काठमाडौँ पुगेका खरेलको आज विहान अचानक हृदयघात भएको थियो ।
बिर्तामोड, १ असोज । झापाको बिर्तामोड बसपार्कस्थित पाथिभरा सेन्टर फर एड्भान्स स्टडिज (पाथिभरा इन्जिनियरिङ कलेज) ले तीन वर्षे डिप्लोमा तहको अध्यापन हुने भएको छ । यसै शैक्षिक सत्र २०८१ देखि कलेजले तीन वटा विषयमा ३ वर्षे डिप्लोमा तहको पठनपाठन शुरु गर्ने भएको हो । कलेज परिसरमा आज पत्रकार सम्मेलनको आयेजना गरी कलेजका डिप्लोमा तहको पठनपाठनबारे जानकारी दिएको हो । कलेजका कार्यकारी प्रमुख अनुज पराजुलीले यस वर्ष २०८१ देखि भर्ना लिने गरी ३ वर्षे डिप्लोमा तहको सिभिल, इलेक्टिकल र कम्प्युटर विषयमा अध्यापन गर्न लागिएको जानकारी दिनुभयो । प्रत्येक विषयमा ४८/४८ जना विद्यार्थी भर्ना गरिने उहाँले बताउनुभयो ।एसईई वा सो सरह उत्तीर्ण…
कचनकवल, १ असोज । झापाको कचनकवल गाउँपालिका–६ बनियानीबाट प्रहरीले लागुऔषध गाँजा कारोबारमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा गए राति १ बजे इलाका प्रहरी कार्यालय बनियानीबाट खटिएको वरिष्ठ प्रहरी नायव निरीक्षकको नेतृत्वमा रहेको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका व्यक्तिहरूमा नारायण सिंह राजवंशी, प्रकाश भारती, र पुजन सुवेदी रहेका छन्। पक्राउपश्चात उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय भद्रपुरमा राखिएको छ। प्रहरीका अनुसार गाँजा ओसार–पसारमा संलग्न अन्य व्यक्तिहरुको खोजी तथा अनुसन्धान जारी रहेको छ ।
मोरङ, १ असोज । मोरङको बिराटनगर महानगरपालिका- १५ र १७ स्थितबाट प्रतिवन्धितलागुऔषध गाँजा बोकेको दुई वटा सवारी साधन सहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । भाद्र ३१ गते बिहान साढे १० बजे बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण व्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर-१५ स्थितमा संकास्पद अवस्थामा रहेको बा.८च ७८८० नम्बरको कारलाई चेकजाँच गर्दा कारको पछाडि सिटमुनी लुकाई छिपाई राखेको ४३ किलो ग्राम गाँजा बरामद भए संगै उक्त कार चालक बिराटनगर-१५ का ३२ बर्षीय गणेश चौधरी र कारमा सवार रहेका बिराटनगर-१३ का २२ बर्षीय रोजेश परीयारलाई नियन्त्रणमा लिएको छ । यसैगरी राती साढे ८ बजे…
झापा, १ असोज । काठमाडौँ।नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा घरेलु टोली क्यानडासँग पराजित भएको छ । क्यानडाको किंग सिटीमा रहेको मप्ले लेआफ नर्थ वेस्ट क्रिकट ग्राउन्डमा गए राति सम्पन्न खेलमा नेपाल क्यानडासँग १०३ रनको भारी अन्तरले पराजित भएको हो । खराब ‘ब्याटिङ’ गरेको नेपाल क्यानडासँग एकदिवसीय खेलमा पहिलोपटक पराजित भएको हो । यसअघि क्यानडासँग भएको तीन भेटमा नेपालले तीनै खेलमा जित निकालेको थियो । खेलमा २५४ रनको लक्ष्य पछ्याएको नेपाल ४० दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १५० रनमा समेटियो । नेपालका लागि करण केसीले सर्वाधिक २७ रन बनाए । उनले २४ बलमा दुई चौका र दुई छक्कासहित सर्वाधिक…
झापा, १ असोज । कालीगढले विश्वकर्माको पूजा आराधना गरी आज वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदुर समेतलाई सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा वा अन्य वस्तुबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्धस्थलमा लगी सेलाउने गरिन्छ । आज पूजा गरिएका मस्र्त तथा तस्वीर बुधबारदेखि नदीमा लगी सेलाइन्छ । आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र…