
जाजरकोट, २० मंसिर । जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बुधबार राति करिब आठ बजे मध्यपहाडी लोकमार्ग अन्तर्गत भेरी नगरपालिका–१० नुवागाउँमा बोलेरो जिप दुर्घटन हुँदा चालकसहित २ युवाको मृत्यु भएको हो ।
दुर्घटनामा जिप चालक कैलालीका २४ वर्षीय मनोज केसी र जुम्लाका २३ वर्षीय मिथुम हमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । भेरी नगरपालिकाको कार्की गाउँबाट सोही नगरपालिकाको कुदुका लागि छुटेको कर्णाली प्रदेश ३०१०२३च ४७१९ नम्बरको बोलेरो जिप सडकबाट ७ सय फिट तल खसेको थियो ।
Facebook Comments Box


