
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, १० कात्तिक । शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा दुर्लभ जङ्गली याक फेला परेको छ । सो क्षेत्रमा गरिएको अध्ययनका क्रममा निकुञ्जमा भाले जङ्गली याक भेटिएको हालै खुलासा गरिएको हो । वन तथा वातावरण मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सो जङ्गली याकको ‘फोटो फ्रेम’ अनावरण गरेको छ । स्थानीय नागरिक वैज्ञानिक सोनाम वाङ्दीले तस्बिर लिनुभएको जङ्गली याक शे–फोक्सुन्डो गाउँपालिका–१ सल्दाङस्थित क्षेत्रमा भेटिएको हो । चार हजार ६ सय २३ मिटरदेखि चार हजार नौ सय ३५ मिटर उचाइ रहेको सो स्थानमा उक्त जङ्गली याक गत जुलाई २३ देखि २६ सम्म देखिएको विभागको तथ्याङ्क छ । यो अध्ययन स्थानीय समुदायको पूर्व जानकारीपश्चात्…
झापा, १० कात्तिक । देशभर पश्चिमी वायुका साथै बङ्गालको खाडीमा विकसित चक्रवात “दाना” को आंशिक प्रभाव समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी प्रदेशको एक–दुई स्थानहरूमा हल्का वर्षा भईहेको छ। आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली र बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । देशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । आज राति कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका…
बिर्तामोड, १० कात्तिक । झापाको बिर्तामोडमा शुक्रबार दिउँसो पैनीमा डुबेर एक बृद्धाको मृत्यु भएको छ । बिर्तामोड–६ बुट्टाबारीकी ७८ वर्षीया इन्द्रमाया राईको घर नजिकै रहेको पैनीमा डुबेर मृत्यु भएको हो । डुबिरहेको अवस्थामा उनकै नातिनी मनिषा राईले देखेर उपचारको लागि बिर्तामोडस्थित मनमोहन अस्पतालमा ल्याई डाक्टरले चेकजाँच गर्दा उनको मृत्यु भइसकेको थियो । मृतकको शव सोही अस्पतालमा रहेको प्रहरीले जनाएको छ ।
झापा, १० कात्तिक । पूर्वीनाका काँकडभिट्टाबाट पर्यटकको आगमन बढेको छ । विगत दुई महिनामा यहाँबाट आठ सय ९० जना तेस्रो मुलुकका नागरिक नेपाल प्रवेश गरेको अध्यागमन कार्यालय काँकडभिट्टाले जनाएको छ । कोरोना महामारीपछि चार वर्षसम्म अवरुद्ध रहेको पर्यटक आवागमन दुई महिनाअघि मात्र खुल्ला भएको थियो । सन् २०२४ को सेप्टेम्बर महिनामा यस नाका भएर दुई सय ८७ जना तेस्रो मुलुकका नागरिक नेपाल प्रवेश गरेको अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख तुलसी भट्टराईले बताउनुभयो । अक्टुबर महिनामा तेस्रो मुलुकका नागरिकको आगमन बढेर ६ सय तीन पुगेको उहाँले जानकारी दिनुभयो । आगामी दिनमा आगमन अझ बढ्ने सम्भावना छ । भारत सरकारले कोरोना महामारी सुरु…
झापा, १० कात्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८४ पैसा कायम भएको छ । युरोपियन यूरो एकको खरिददर एक सय ४५ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ९३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ०२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ४६ पैसा कायम गरिएको छ…
झापा, ९ कात्तिक । धनुषाको लालगढमा दुई दिवसीय हरित, उत्थानशील र समोवशी विषयक कार्यशाला शुरु भएको छ । आर्थिक पत्रकार समाज (सेजन)को आयोजनामा आजदेखि उक्त कार्यशाला शुरु भएको हो । मधेश प्रदेश र कोशी प्रदेशका सञ्चारकर्मी सहभागी कार्यशालाको उद्घाटन सत्रमा सेजनका अध्यक्ष सुजन ओलीले स्वागत गर्नुभएको थियो भने सञ्चालन महासचिव विश्वास रेग्मीले गर्नुभएको थियो । कार्यशालाको पहिलो दिन हरित, उत्थानशील र समावेशी विकास (ग्रीड) को पहिलो सेसनमा ग्रीडको अवधारणा र रणनीतिक योजनाका बारेमा मुख्य कर अधिकृति मुक्तिराम आचार्यले प्रष्ट पार्नुभएको थियो । उहाँले ग्रीडका १० वटा रणनीति कार्ययोजनाका बारेमा जानकारी दिनुभयो । त्यस्तै, पत्रकारिताको माध्यमकबाट ग्रीडको रिपोर्टिङ कसरी गर्न सकिन्छ…
कनकाई, ९ कात्तिक । झापाको कनकाई नगरपालिका–३ स्थित कनकाई माविको खेल मैदानमा वडास्तरीय फुटबल प्रतियोगिता शुरु भएको छ । यहाँस्थित होटल डिलाइट र अमेरिकास्थित नेप्लिज मिलेट्री भेट्रान क्लब आयोजनामा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर ३ ले पहिलो खेलमा जित हासिल गरेको छ । ३ नम्बरले ७ नम्बरलाई ३—१ गोल अन्तरले पराजित गरेको हो । विजयी टिम ३ नम्बरका लागि खेलको पहिलो हाफमा सबै गोल सम्भव भएको हो । जसमा खेलको १९ मिनेटमा रोहन कार्की, २१ मिनेटमा अरुण श्रेष्ठ र २४ मिनेटमा क्षितिज कुवँरले गोल गर्नुभएको थियो । यता वडानम्बर ७ का खेलाडी अमुल्य लिम्बुले भने खेलको ३१ औ मिनेटमा…
झापा, ८ कात्तिक । साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह बी को अन्तिम खेलमा श्रीलंकालाई पराजित गर्दै घरेलु टोली नेपाल समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा बिहीबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकामाथि ६–० को फराकिलो जित दर्ता गरेको हो। नेपालका लागि रेखा पौडेलले दुई तथा सविता रानामगर, सावित्रा भण्डारी, अमिका कार्की र रश्मी कुमारी घिसिङले समान एक गोल गरे। अब सेमिफाइनलमा नेपाल र भारत भिड्ने भएका छन् । समूह चरणमा नेपाल र भारत तथा साविक विजेता बंगलादेश र भुटान खेल्ने भएका छन्।
झापा, ८ कात्तिक । सरकारले डेंगुको संक्रमण बढ्दै गएकोमा सचेतना अपनाउन र डेंगु सार्ने लामखुट्टेले फुल पार्ने सम्भावित ठाउँहरूमा खोज तथा नष्ट अभियानलाई अझ तीव्र पार्न सबैमा आग्रह गरेको छ । आज साँझ प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिनुहुँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले यस अन्तर्गत भोली शुक्रबार सम्पूर्ण मन्त्रालयस्थित क्षेत्रहरूमा खोज तथा नष्ट अभियान सुरु गरिने बताउनुभयो । मन्त्री गुरुङले खोज र नष्ट अभियान भोली बिहान १० बजेदेखि नै मन्त्रालयहरूबाट सुरु गर्ने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा स्वास्थ्य मन्त्री प्रदिप पौडेलले राख्नुभएको बताउनुभयो । विगत केही दिनदेखि काठमाडौँ उपत्यकालगायत देश भरी नै…
झापा, ८ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा ९माओवादी केन्द्र०ले समसामयिक राजनीतिक विषयलाई लिएर जनपरिचालन गर्ने घोषणा गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले समसामयिक राजनीतिक विषयका अलावा, विपद् प्रभावित नागरिकलाई शीघ्र राहत तथा पुनःस्थापनाका लागि सरकारलाई दबाब दिने उद्देश्यका साथ जनपरिचालनको कार्यक्रम घोषणा गरिएको जानकारी दिनुभयो । यस्तै, सहकारी ठगी प्रकरणमा जोडिएकालाई कारबाहीको दायरामा ल्याउनुपर्ने, विपद्मा परी बेपत्ता भएका नागरिकको खोजी, उद्धार, राहत वितरण, घाइतेको उपचार, मृतक परिवारलाई राहत, अस्थायी आवास निर्माण र क्षतिपूर्तिलगायत पुनःनिर्माण र पुनःस्थापना कार्यान्वयन गराउन दबाब दिन लागिएको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । माओवादी केन्द्रले यही कात्तिक…