
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
बिर्तामोड, २६ भदौ । नेकपा माओवादी केन्द्रले झापामा बृहत प्रशिक्षण कार्यक्रम आयोजना गर्दैछ । भदौ ३० गते बिर्तामोडमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०को उपस्थितिमा प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागिएको हो । बुधबार माओवादी केन्द्र झापाले बिर्तामोडमा पत्रकार भेट्घाट गरी प्रशिक्षणमा पार्टी अध्यक्ष आउन लागेको जानकारी दिएको हो । माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा झापा इन्चार्ज झलकसिंह दर्लामी (सन्देश) ले कार्यकर्तामा उत्साह भर्न, सहिद परिवारलाई सम्मान गर्न अध्यक्ष झापा आउन लाग्नु भएको बताए । अनारमनी नगरोन्मुख गाविसका पूर्व उपाध्यक्ष समेत रहेका नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य लोकबन्धु कन्दङवाको नेतृत्वमा करिब ४ सय जना माओवादी केन्द्रमा प्रवेश गर्ने कार्यक्रम समेत रहेको एक…
प्रकाश उप्रेतीझापा, २६ भदौ । झापाको मेचीनगर–१४ की चेली तुलसामाया शिवाकोटी (दीक्षा) को अस्ट्रेलियामा शंकास्पद मृत्यु भएको छ । सिड्निदेखि केही दुरीमा रहेको हाइट पार्कछेउको फिलिप्स पार्क परिषरमा त्यहाँको प्रहरीले उनको शव शंकास्पद अवस्थामा फेला पारेको हो । दीक्षा एकदिन अघिदेखि सिड्नीको रडेल टोलस्थित मासुजन्य ब्यापार ‘एभरेस्ट बुचरी’मा पार्टटाइम काम गर्दै आएकी थिइन् । भने उनको श्रीमान् रबि प्रसाईं सोही ‘बुचरी’ घरको पछाडिको फ्लोरमा रहेको एक कन्सल्टेन्सीका इन्जिनियर हुन् । अघिल्लो दिन रबि र तुलनामाया सँगै डिउटी जाने र सँगै फर्केका थिए । अर्कोदिन (८ सेप्टेम्बर) भदौ २३ गते सँगै डिउटी समयमा आफ्नो कार्यकक्षबाट बुचरीको अगाडि काउण्टर सोझै देखिन्थ्यो ।…
काठमाडौं, २८ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकै प्रस्तावमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिनिधि सभामा बोल्न दिने निर्णय भएको छ । तर लामिछानेलाई उपप्रधान तथा गृहमन्त्रीका रूपमा नभई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेताको रूपमा बोल्न दिने निर्णय कांग्रेस संसदीय दलको बैठकले गरेको छ । यसअघि संसद्को रोष्ट्रममा लामिछानेलाई कांग्रेसले रोक्दै आएको थियो । २ चैत २०८० मा राजनीतिक दलसम्बन्धी ऐन पेस गर्न सभामुखले समय दिंदा कांग्रेसले वेल घेराउ गर्दै नाराबाजी नै गरेको थियो । त्यसपछि पनि पटक–पटक लामिछानेले संसद्मा बोल्न खोजेका थिए । प्रतिनिधि सभाको अघिल्लो अधिवेशन गत वैशाख २ गते अन्त्य भएको थियो । कांग्रेसले…
काठमाडौं, २७ वैशाख । ‘हीरामण्डी’ नेटफ्लिक्समा सबैभन्दा बढी हेरिने भारतीय वेब–सिरिज बनेको छ । मे १ मा स्ट्रिमिङ भएको यो सिरिजले सार्वजनिक भएको केही सातामै यो रेकर्ड रचेको हो । भव्य दृश्य र कथाको कारण संसारभर चर्चा पाइरहेको यो सिरिज ४३ मुलुकमा धेरै हेरिने १० उत्कृष्टमध्ये परेको छ । गैरअंग्रेजी भाषाको सूचीतर्फ यो सिरिज दोस्रो स्थानमा छ । पहिलो स्थानमा ‘द असुन्टा केस’ छ । ‘हीरामण्डी’लाई ४।५ मिलियन पटक हेरिएको छ भने दर्शकले यो सिरिज हेर्न ३३ मिलियन भ्युअर्ससिप घण्टा खर्चिएका छन् । ‘हीरामण्डी’ अर्को भारतीय शो ‘द ग्रेट इण्डियन कपिल शर्मा शो’ भन्दा अघि छ । आठ एपिसोडको यो…
एजेन्सी, २७ वैशाख । १. नियमित शारीरिक व्यायाम गरौँ : मधुमेहबाट जोगिनका लागि प्रत्येक दिन कम्तीमा ३० मिनेटका दरले हप्तामा पाँचपटक व्यायाम गरौँ । त्यसरी गरिने व्यायाम चलायमान हुनुपर्छ । अर्थात् हिँडेर, दौडेर वा पौडी खेलेर गर्न सकिन्छ । २. मानसिक तनाव कम गराऔँ : तनाव बढ्दा मधुमेहसमेत बढ्ने हुनाले यसको नियन्त्रण अति आवश्यक हुन्छ । त्यसका लागि योगा, ध्यान गर्न सकिन्छ । एकान्तमा नबस्ने, साथीभाइसँग घुम्ने, बोल्ने गरेर पनि नियन्त्रण गर्न सकिन्छ । रातमा निद्रा परेन भने चिकित्सकको सल्लाह लिएर औषधि सेवनसमेत गर्न सकिन्छ । ३. सुर्तीजन्यरमदिराजन्य पदार्थ नखाऔँ : सुर्तीजन्य पदार्थको प्रयोगले मधुमेहको समस्या देखिने र देखिइसकेकालाई झन्–झन्…
काठमाडौं, २७ वैशाख । आगामी आइतबारसम्मै पानी पर्ने सम्भावना रहेको मौसमविदले पूर्वानुमान गरेका छन् । शुक्रबार भने हिजो र आजको तुलनामा कम पानी पर्ने सम्भावना छ । तर शनिबार र आइतबार भने धेरै ठाउँमा पानी पर्ने प्रक्षेपण छ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र भारत बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव छ । बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल आइरहेको छ । यी सबैको संयुक्त प्रभावले बादल लाग्ने र पानी पर्ने भएको हो । आज बिहानपख पनि कोशी प्रदेशमा हल्का र काठमाडौंमा छिटपुट वर्षा भएको थियो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद प्रतिभा…
काठमाडौँ, २७ वैशाख । कोसीको मुख्यमन्त्रीमा हिक्मतबहादुर कार्की नियुक्त भएका छन्। कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले बिहीबार (वैशाख २७) गते मुख्यमन्त्रीमा नियुक्त गर्ने निर्णय गरेका हुन्। कार्कीले ५२ जनाको समर्थन रहेको भन्दै बिहीबार मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। ती ५२ जना सांसदको सनाखत सकिएसँगै कार्कीलाई मुख्यमन्त्री नियुक्त गरिएको नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए। ‘मुख्यमन्त्रीले ५२ जना सांसद इन्ट्रि भएको घोषणा गर्नुभयो,’ उनले भने। उनका अनुसार आजै साँझ ५ बजे उनको शपथ कार्यक्रम राखिएको छ। प्रदेश प्रमुखले संविधानको धारा १६८ को ५ अनुसार नयाँ सरकार गठन आह्वान गरेका थिए। कांग्रेस सांसद केदार कार्की २०८० असोज २७ गते एमालेको…
काठमाडौँ, २७ वैशाख । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले पार्टीका पूर्व केन्द्रीय सदस्य सूर्यमान गुरुङको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बिहीबार बिहान बसेको बैठकले गुरुङको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो । २०१४ को भद्र अवज्ञा आन्दोलनमा सहभागी भई कांग्रेसको राजनीतिक यात्रा प्रारम्भ गरेका स्वर्गीय गुरुङलाई वि।सं २०१७ मा प्रजातन्त्र अपदस्थ पछि तत्कालीन व्यवस्थाले पक्राउ वारेन्ट जारी गरेको थियो । तत्पश्चात् उनी भारतको दार्जिलिङ निर्वासित भई सशस्त्र संगठनमा सक्रिय रहेको कांग्रेसले जनाएको छ । २०१८ फागुन २२ गते च्याङथापुमा श्रीजंग गुल्ममा आक्रमण गरी कब्जा गर्दाको समयमा र २०१८…
मेचीनगर, २७ वैशाख । प्रहरीले झापाको मेचीनगर क्षेत्रबाट अवैध लाइटर बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र सशस्त्र प्रहरीको संयुक्त टोलिले बुधबार मेचीनगर– ७ स्थित धन्कुटे बस्तीमा परालको कुन्युमा लुकाइराखेको अवस्थामा दुई लाख ९० हजार मूल्यको लाइटर बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पछिल्लो समय मेचीनगर क्षेत्रबाट प्रहरीले अवैध समानहरु धामाधम बरामद गर्दै आएको छ । मेचीनगरबाट ठूलो परिमाणको कपडा प्रहरीद्वारा बरामद प्रहरीले ठूलो परिमाणको अवैध कपडा बरामद गरेको छ । मेचिनगर क्षेत्रबाट नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल बिओपी तिरिङको संयुक्त टोलीले आज बिहीबार बिहान १० लाख मूल्य बराबरको कपडा बरामद गरेको जनाइएको…
एजेन्सी, २५ वैशाख । १. दुधको साथमा घ्यु अन्डा, रुखकटहर, कोदाको ढिंडो र फापरको ढिडो खानु हुदैन । २. माछा र सक्खर सँगै खान हुदैन यसले पित्त विगार्छ । ३. परेवाको मासु, दुध र मह लामो समय सँगै सेवन गरेमा गलगाँड हुनसक्छ् । ४. दुधको साथमा बडर, काँचो केरा,आँप, जामुन तित्री,ओखर, दारिम नरिवल खानु हुदैन । यसरी खाएमा दम हुने सम्भावना हुन्छ । ५. भटमास र दुध एकैसाथ खाएमा पत्थरी हुनसक्छ । ६. गुर्जो र तुलसी एकैसाथ खाएमा अम्लपित्त हुनसक्छ । ७. भिण्डीको साथ दही मोहि,घ्यु,दुध खानु हुदैन संगै खाएमा यसले पेटमाअम्लपित्त बढाउँछ । ८. करेलामा साग वा भिण्डी पनि…