
मेचीनगर, २७ वैशाख । प्रहरीले झापाको मेचीनगर क्षेत्रबाट अवैध लाइटर बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र सशस्त्र प्रहरीको संयुक्त टोलिले बुधबार मेचीनगर– ७ स्थित धन्कुटे बस्तीमा परालको कुन्युमा लुकाइ
राखेको अवस्थामा दुई लाख ९० हजार मूल्यको लाइटर बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पछिल्लो समय मेचीनगर क्षेत्रबाट प्रहरीले अवैध समानहरु धामाधम बरामद गर्दै आएको छ ।
मेचीनगरबाट ठूलो परिमाणको कपडा प्रहरीद्वारा बरामद
प्रहरीले ठूलो परिमाणको अवैध कपडा बरामद गरेको छ । मेचिनगर क्षेत्रबाट नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल बिओपी तिरिङको संयुक्त टोलीले आज बिहीबार बिहान १० लाख मूल्य बराबरको कपडा बरामद गरेको जनाइएको छ । मेचीनगर नगरपालिका वडा नम्वर १ भालुखोपबाट भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली ल्याउदै गरेको कपडा बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी तिरिङखोलाबाट प्रहरी नायव निरीक्षक जुलुम चौधरी र सशस्त्र प्रहरी बल नेपाल बिओपी तिरिङ सशस्त्र प्रहरी नायव निरीक्षक देवकान्त चौधरीको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले १० बोरा कपडा (पर्दा–१७५८ पिस र मोजा–३७८ पिस) बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी तथा सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिए।


