
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
तेह्रथुम, ५ फागुन । तेह्रथुमको फेदाप गाउँपालिका–१ सिम्लेमा आइतबार दिउँसो वनमा अचानक लागेको डढेलो गाउँमा सल्किँदा १७ घर जलेका छन् । गाउँको पुछारको सल्किएको आगोले सिङ्गो वनसँगै आसपासमा रहेका १७ वटा घर जलेर नष्ट भएका छन् । राति अबेर मात्रै आगो नियन्त्रणमा आएको थियो। गाउँपालिका अध्यक्ष केशवप्रसाद भेटुवालले अनुसार त्यसमध्ये १० वटा घरमा अहिले पनि मानिसहरू बस्दै आएका थिए भने अन्य ७ वटा घरमा भने मान्छे थिएनन् । दिनमा आगलागी हुँदा कुनै मानवीय क्षति नभए पनि पशुचौपाय र धनसम्पत्ति भने जलेर नष्ट भएको छ । सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ । आगलागीले मयन्तापा, बाझोगरा, टारी लगायत गाउँका चक्रबहादुर भण्डारी, पर्शुराम…
झापा, ५ चैत । अगामी चैत १५ गते हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी अन्तिम चरणमा पुगेको छ । परीक्षा चैत १५ गतेबाट सुरु भई चैत २७ गते सकिने छ । देशभरबाट ५ लाख ३ हजार भन्दा बढी विद्यार्थीले एसईई दिन परीक्षा फाराम भरेका छन् । बोर्डले परीक्षाको लागि प्रश्नपत्र देशभरका ७४ जिल्लामा पठाइसकेको छ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यो वर्ष ५ लाख प्रश्नपत्र छापिएको बताए । नेपाल बाहिर जापानमा एउटा परीक्षा केन्द्र तोकिएको छ । जहाँ २१ जना विद्यार्थीले एसईई दिनेछन् । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले लेटर ग्रेड निर्देशिका अनुसार पहिलो पटक एसईई गर्न…
राजेश ढुंगानातिमीलेसबै थोक भोगेरतिम्रोनिष्कर्षथियो –जीवनको अर्थकेहीपनिहोइन रहेछ ! रमैलेभोगेको जीवनमाम कसरी भनांैजीवनको अर्थ केहीपनिहोइन रहेछ !र, मुस्कानपनिहोइन रहेछ ! घाउ भएर मेरो हातमानिस्केको पीपमाथिनिरन्तर मेरी प्रेमिकासदैवलामो र एकोहोरो चुम्बनगर्थिन्तबम कसरी भनौंजीवन केहीपनिहोइन रहेछ !जीवन मुस्कानपनिहोइन रहेछ !!
भद्रपुर, ४ चैत । भद्रपुरस्थित प्रादेशिक अस्पतालका चिकित्सकले एक बिरामीको सानो आन्द्राभित्रबाट माछाको काँडा शल्यक्रिया गरी निकालेको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट तथा वरिष्ठ सर्जन डा. रामबाबु खड्का र सर्जन डा. विनेश झासहितको टोलीले शनिबार बिहान बिर्तामोडका ४० वर्षीय विष्णु सहनीको सानो आन्द्राभित्रबाट करिब ४ सेन्टिमिटर लामो माछाको काँडा शल्यक्रिया गरी निकालेको हो । सहनीले बिहीबार घरमा माछा पकाएर खाएका थिए । उनी शुक्रबार बिहान तल्लो पेट दुख्यो भन्दै प्रादेशिक अस्पतालमा उपचार गराउन पुगेका थिए ।
झापा, ४ चैत । नेकपा (एकीकृत समाजवादी) पार्टी अर्जुनधारा नगर कमिटीको आयोजना र भद्रपुर–७स्थित ओम साई पाथीभरा हस्पिटलको प्राविधिक सहयोगमा एक दिने स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ । अर्जुनधारा–११ स्थित जुनकिरी सार्वजनिक आधारभूत विद्यालयको प्राङ्गणमा आयोजित उक्त शिविर पार्टीले सामाजिक उत्तरदायित्व अन्र्तगत अभियानकोरुपमा सञ्चालन गरेको कमिटीका अध्यक्ष अर्जुन मेचेले जानकारी दिए । अध्यक्ष मेचेका अनुसार वरिष्ठ स्त्री रोग विशेषज्ञ डा जयकुमार ठाकुर, फिजिसियन डा सतिश रोय र बाल रोग विशेषज्ञ डा मनोज चौधरीले सहभागीहरुको स्वास्थ्य परीक्षण गरेको शिविरमा दुई सय ५० जनाले सेवा लिएको बताइएको छ । पार्टी वडा कमिटीले संयोजन गरेको शिविरमा जुनकिरी सार्वजनिक आधारभूत विद्यालय, उमामहेश्वर शिवालय…
पथरी, ४ चैत । मोरङको पथरी शनिश्चरे– १ बुद्ध चोकमा रहेको कोशी चिउरा मिलमा गएराति आगलागी हुँदा रु एक करोड ५० लाखको क्षति भएको छ । राति १२ बजे मिलमा आगलागी मिलका मेसिनरीसहित त्यहाँ राखिएको अन्न खरानी भएको छ । मिलमा आगो सल्केको दुई घण्टापछि मात्र स्थानीयले थाहा पाएका थिए । स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा आगो निभाइएको थियो । मिलमा कोही नबस्ने भएकाले मानवीय क्षति भने भएन । आगो निभाउन पथरीशनिश्चरे, उर्लाबारी, कानेपोखरी र बेलबारी नगरपालिकाका दमकल प्रयोग गरिएको थियो । आगलागीको कारणबारे यकिन जानकारी प्राप्त नभएको प्रहरी कार्यलय पथरीले जनाएको छ ।
झापा, ४ चैत । गत चैत १ गते उदयपुरको बेलका नगरपालिका–७ मेनामैनीमा बोलेर दुर्घटनामा परी मृत्यु भएका ८ जनामध्ये ७ जना भोजपुर हतुवागढीकै थिए । दुर्घटना पछि ठुलो शोक परेको भन्दै पालिकाले एक दिन शोक नै मनाउँदै सार्वजनिक बिदा दियो । तर, त्यसको तीन दिनपछि हतुवागढीमै पुनः तीन जना बालबालिकाको आगलागीमा परी मृत्यु भएको छ । हतुवागढी ७ पिप्लेमा शनिबार भएको आगलागीमा परी ५ वर्षका प्रनिष कार्की, ७ वर्षकी बालिका दीपशिखा कार्की र ३ वर्षका बालक दियुनिष कार्की रहेको प्रहरीले जनाएको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाण्डौ, ३ चैत । बुढासुब्बा गोल्डकप फुटबलको २४ औं संस्करणको उपाधिका लागि आज काठमाण्डौको न्यूरोड टिम (एनआरटी) र मोरङ फुटबल क्लब खेल्दैछन् । फाइनल खेल धरान रंगशालामा दिउँसो ३ बजेपछि शुरु हुनेछ । एनआरटी दोस्रोपटक र मोरङ फुटबल क्लब पहिलोपटक फाइनलमा पुगेको हो । सेमिफाइनलमा आयोजक धरानलाई पेनाल्टीमा हराउँदै मोरङ र गएको संस्करणको उपविजेता काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई हराउँदै एनआरटी उपाधि नजिकै पुगेको हो । एनआरटीले १० औँ संस्करणको उपाधि जितेको थियो । प्रतियोगितामा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज क्लबसहित आठ टिमको सहभागिता थियो । उपाधि विजेताले ट्रफीसहित नगद १० लाख र उपविजेताले नगद पाँच लाख रुपैयाँ पुरस्कार…
एजेन्सी, ३ चैत । म्यानमारको रखाइन राज्यमा बिग्रँदो सुरक्षा अवस्थालाई लिएर भारतको विदेश मन्त्रालयले आफ्ना सम्पूर्ण नागरिकलाई ठाउँ छोड्न र त्यस क्षेत्रमा यात्रा नगर्न निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले रखाइन राज्यमा रहेका सबै भारतीय नागरिकलाई यथाशीघ्र ठाउँ छोड्न र कतैबाट त्यस क्षेत्रमा यात्रा नगर्न निर्देशन दिएको जानकारी दिनुभयो । भारतले म्यानमारमा शान्ति र सुरक्षा चाहेको प्रवक्ता जैसवालले बताएको समाचार संस्था एएनआईले जनाएको छ । म्यानमारका निरन्तर हिंसाका घटना हुँदै आएका छन् । गएको अक्टोबरमा तीन जातीय अल्पसङ्ख्यक शक्तिले केही सहर र सैनिक चौकीहरू कब्जामा लिएपछि हिंसाका घटना बढेका हुन् । तीन वर्षअघि सेनाले सत्ता कब्जा गरेको म्यानमारले…
काठमाडौँ, ३ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वका विभिन्न मुलुकमा गएर नेपालीले उल्लेखनीय प्रगति पनि गरिरहेका बताएका छन् । आज बिहान काठमाडौँमा आयोजित ‘प्रा सूर्य सुवेदी महाविद्यावारिधिदेखि नोबेल पुरस्कार मनोनयनसम्म’ नामक पुस्तक लोकार्पण समारोहमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । प्रधानमन्त्रीले भने, “विश्वव्यापीकरणसँगै विश्वका विभिन्न मुलुकमा नेपाली जाने गरेका छन् । त्यहाँ गएकामध्ये कैयौँ नेपालीले उल्लेखनीय प्रगति पनि गरेका छन् । त्यसको उदाहरण डा सूर्य सुवेदी हुनुहुन्छ ।” प्रधानमन्त्रीले भने, “प्राडा सूर्य सुवेदीले नेपालको संविधान निर्माण, नेपालले विगतमा विश्वका विभिन्न मुलुकहरूसँग गरिएका सन्धि सम्झौताहरूको पुनरावलोकनबारे मैले सहयोग मागेको थिएँ । उहाँले त्यसमा सहयोग गर्नुभयो । पछिल्लो एमसिसी सम्झौतामा पनि…