
झापा, २० कात्तिक । सर्लाहीको ईश्वरपुर नगरपालिका–२ मियाँखोरस्थित विद्यालयको पोखरीमा आज बिहान एउटा कार डुबेको छ । कार डुब्दा दुई २ जना बेपत्ता भएका छन्।
बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु२च ६७५८ नम्बरको कार अनियन्त्रित भई पोखरीमा डुबेको हो । कारमा रहेका गौशाला नगरपालिका–१० का ३८ वर्षीय सुरेश महतो र सोनवा गाउँपालिका–८ का ३७ वर्षीय रामाकान्त ठाकुर बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपक श्रेष्ठका अनुसार महोत्तरीको गौशाला–२ का ३१ वर्षीय जनक यादव भने पौडिएर बाहिर निस्किएका छन् । अन्यको खोजी भइरहेको छ। कार अनियन्त्रित भएर सडक छेउमा रहेको सरस्वती उच्च माध्यामिक विद्यालयको पोखरीमा गएर डुबेको स्थानीयको भनाइ छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


