
बिर्तामोड, २० कात्तिक । रेड स्टार फुटबल क्लब बिर्तामोडका संस्थापक उपाध्यक्ष ज्ञानेन्द्र राउतको ५४ वर्षको उमेरमा असमायिक निधन भएको छ ।
बिर्तामोडको कृषिथोक रोड स्थित गणेश मार्केटका संचालक व्यवसायी समेत रहेका उहाँको हिजो दिल्ली स्थित विएको म्याक्स हस्पिटलमा उपचारका क्रममा निधन भएको हो । मेचीनगर–१० स्थित गोलाबारीमा स्थायी बसोबास गदै आउनुभएका उहाँ सुगर रोग, मुटुमा समस्या भएको उपचार्थ हस्पिटल लगिएको परिवार स्रोतले जनाएको छ ।
उहाँको शव भोलि बिहान नेपाल ल्याइने र भोलि नै दिउँसो कन्काई माई नदी स्थित आर्यघाटमा अन्त्येष्टि गरिने परिवार स्रोतलाई उद्धृत गर्दै रेडस्टार फुटबल क्लबका सचिव प्रेम कृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।
Facebook Comments Box


