
झापा, २० कात्तिक । झापा अर्जुनधाराकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
बैंकिङ कसुर मुद्दामा अदालतबाट फैसला भई फरार अर्जुनधारा–६, दासपुलकी ५८ वर्षीया मुना श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । उच्च अदालत पाटनले २०७३ जेठ २७ गते १ दिन कैद र २ लाख २० हजार जरिवना र सोही अदालतले २०७९ साउन २३ गते १८ दिन कैद र ५ लाख जरिवाना तोकेको थियो ।
अदालतको फैसला पछि फरार उनलाई उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Facebook Comments Box


