
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
शिवसताक्षी, ७ पुस । झापाको पर्यटकीय क्षेत्र दोमुखामा पर्ने नुनमाटी खोलामा ट्रष्ट ब्रिज निर्माण भएको छ । दोमुखामा आउने पर्यटकहरुको सहजताका लागि निर्माण गरिएको ट्रष्ट ब्रिज शुक्रबारदेखि सञ्चालनमा आएको हो । शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा र उपप्रमुख नरमाया कार्कीले संयुक्त रुपमा उक्त ब्रिजको उद्घाटन गरेका थिए । वर्षातका समयमा नुनमाटी खोलाबाट आवत–जावत गर्न कठिनाई भएकाले ट्रष्ट ब्रिज निर्माण गरिएको नगरप्रमुख थोप्राले बताए । यसले पर्यटकीय क्षेत्र दोमुखमा आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्यामा बृद्धि हुने अपेक्षा गरिएको छ । उनले भने, ‘अब यस क्षेत्रमा घुम्न आउनका लागि सडक लगायत आवश्यक पूर्वाधारहरु तयार भएका छन् ।’ ट्रष्ट ब्रिज संघीय सरकार, शिवसताक्षी…
भद्रपुर, ७ पुस । झापाको भद्रपुरमा आज आगलागी हुँदा १४ लाखको क्षति भएको छ । भद्रपुर नगरपालिका–८ स्थित मेची क्याम्पस छेउ निवासी चुडाममणि उप्रेतीको घरको माथिल्लो तलामा पानीको ट्याङ्की राख्नलाई फलामको रड वेल्डीङ गर्ने क्रममा आगोको झिल्को एसवाई प्यानलको फर्ममा सल्केर आगलागी हुँदा उक्त क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगलागीबाट निर्माणाधीन एसवाई प्यानलबाट बनेको २ वटा कोठा र टिनको छानो जल्दा १४ लाख बराबरको क्षति भएको हो । आगो भद्रपुर नगरपालिकाको दमकल, वडा प्रहरी कार्यालय भद्रपुर बाट खटिएको प्रहरी टोली र स्थानीयबासीको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा लिइएको जनाइएको छ ।
बिर्तामोड, ७ मंसिर । सुनकोशी बचत तथा ऋण सहकारी संस्थाले १७ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । झापाको बिर्तामोड–१ मा मुख्य कार्यालय रहेको संस्थाले हालै बाह्रदशी–५ स्थित फुलबारीको कभर्ड हलमा साधारणसभा सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष गंगाराम ओडारीको अध्यक्षतामा भएको कार्यक्रममा बाह्रदशी गाउँपालिकाकी उपाध्यक्ष शान्तदेबी शिवाकोटीको प्रमुख आतिथ्य रहेको थियो । स्वागत संस्थाकी उपाध्यक्ष रञ्जु प्याकुरेल बरालले गरेको कार्यक्रमको सञ्चालन सचिव कमल पराजुलीले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि शिवाकोटी, बिशिष्ठ अतिथि बिर्तामोड नगर सहकारी अधिकृत डिल्ली दाहाल, बाह्रदशी–५ का वडाध्यक्ष वीरबहादुरसिंह राजवंशीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै बिर्तामोड नगर सहकारी अधिकृत तथा सहकारी अभियन्ता…
बिर्तामोड, ७ पुस । बिर्तामोड उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा हालका महासचिव अर्जुन कुमार मैनालीलाई अध्यक्षको उम्मेदवार बनाउने तयारी भएको छ । मैनालीलाई अध्यक्षको उम्मेवारको रुपमा औपचारिक रुपमा घोषणा गर्ने तयारी गरिएको हो । नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोड नगर कमिटीले पुस ११ गते ११ बजे बृहत विस्तारित भेलाबाट मैनालीको उम्मेवारी घोषणा गर्ने जनाएको छ । झापाका स्थापित व्यवसायी मैनालीले यसअघि महासचिव पदमा विजयी हासिल गरेका थिए । मैनालीलाई अध्यक्षका रुपमा नेकपा एमाले बिर्तामोड नगर कमिटीले समेत आफ्नो औपचारिक उम्मेदवारको रुपमा घोषणा गरिसकेको छ । नगर पार्टीको विस्तारित भेलाले मैनालीलाई सर्वसम्मत रुपमा अध्यक्षको उम्मेदवार बनाउने घोषणा गरेको थियो ।…
बिर्तामोड, ६ पुस । बिर्तामोडमा मुख्य कार्यालय रहेको धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्षमा ३५ लाख ४९ हजार २४३ रुपैयाँ खुद नाफा कमाएको छ । संस्थाको आज बिर्तामोडमा सम्पन्न १६ औँ साधारणसभामा अध्यक्ष कृष्ण पौडेलले प्रस्तुत गरेको प्रतिवेदनअनुसार संस्थाको खुद नाफा अघिल्लो आर्थिक वर्षभन्दा आधा धेरैले घटेको छ । संस्थाको शेयर पुँजी पाँच करोड ७४ लाख ७९ हजार ४०० रुपैयाँ रहेको छ भने चालु आर्थिक वर्षमा ६ करोड १८ लाख रुपैयाँ पुर्याउने लक्ष्य लिइएको छ । संस्थाको बचत ३२ करोड ११ लाख ४१ हजार रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षमा ३८ करोड ८१ लाख ५३ हजार पुर्याउने लक्ष्य…
काठमाण्डौ, ६ पुस । नेपाल सुपर लिग (एनएसएल) मा एफसी चितवनले झापा एफसीलाई हराउँदै सान्त्वना जित निकालेको छ । आज शुक्रवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा चितवनले झापालाई २–० गोलले हरायो । चितवनको जितमा रफिक अमिनुले नै २ गोल गरे । यो हारसँगै झापाको प्लेअफ सम्भावना अन्य टोलीको नतिजामा निर्भर रहने छ । यो जितसँगै चितवन ८ खेलमा ९ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । झापा ८ खेलमा १० अङ्कसहित तालिकाको चौथो स्थानमा छ । चितवनको प्लेअफ खेल्ने सम्भावना यसअघि नै सकिसकेको थियो । भोलि शनिवार लिग चरणको अन्तिम खेलमा वीरगञ्ज युनाइटेड एफसी र एफसी बुटवल लुम्बिनी तथा काठमाण्डौ…
भद्रपुर,६ पुस । झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले झापा जिल्लालाई सेवा प्रवाहमा जनमैत्री बनाउने प्रतिबद्धता जाहेर गरेका छन् । तीन दिन अगाडि झापाको प्रमुख जिल्ला अधिकारीका रूपमा झापा आइपुगेका बाँस्तोलाले झापाली सञ्चारकर्मीहरूसित भेटघाट गर्दै सरकारी कार्यालयको सेवा प्रवाह चुस्तदुरूस्त बनाउँदै जनमैत्री बनाउने प्रतिबद्धता जाहेर गरेका हुन् । प्रजिअका रूपमा पाल्पाबाट सरूवा भएर झापा आइपुगेका बाँस्तोलाले भारतसित खुल्ला सिमाना रहेको यस जिल्लामा हुने गरेका चोरी तस्करी, भ्रष्टाचार, कालावजारी तथा नियम विपरितका सवै गतिविधि नियन्त्रणमा विशेष ध्यान राख्ने बताएका छन् । उनले झापा जिल्लाका सवै सरकारी सेवा प्रदायक कार्यालयहरूमा सूचनामैत्री वातावरण निर्माण गर्दै जिम्मेवारीको प्रगति विवरण सार्वजनिक गर्न अनिवार्य रूपमा सूचना…
विर्तामोड, ६ पुस । कालिकापीठ कालीस्थानको १९ औं बार्षिक यज्ञानुष्ठानको अवसर पारेर आजदेखि श्रीमद् ब्रम्ह महापुराण एवं धनधान्याचल महायज्ञ शुरु भएको छ । अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेवसिंह गोम्देनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमका बीच सप्ताहब्यापी यज्ञानुष्ठानको समुद्घाटन गरिएको हो । नौमती बाजागाजासहितको कलश यात्राले कालीस्थान परिषर परिक्रमापछि यज्ञानुष्ठान एवं धान्याचलको उद्घाटन गरिएको थियो । आगामी पुस १२ गतेसम्म सञ्चालन हुने महायज्ञमा पूर्वीय धर्मग्रन्थ एवं अठारै पुराणका ब्याख्याता आचार्य रघुनाथ रिजालको कथा प्रवचन रहनेछ भने पं कृष्णराज भण्डारीको पाठपारायण एवं राम ढुङ्गानाको भजन–कीर्तन रहनेछ । कालिकापीठका अध्यक्ष ज्योतिषाचार्य लक्ष्मीप्रसाद पोखरेलको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा अर्जुनधारा नगरपालिका वडा नं–१० का वडाध्यक्ष भुपेन्द्र न्यौपाने,…
शिवसताक्षी, ६ पुस । रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठान भद्रपुर झापाले भगवती माध्यमिक विद्यालयका छात्र छात्रालाई न्यानो कपडा वितरण गरेको छ । प्रतिष्ठानले आज एक कार्यक्रम गर्दै शिवसताक्षी ७ व्याङ्गडाँडा स्थित भगवती माध्यमिक विद्यालयका ५० जना विद्यार्थीहरुलाई स्वीटर र जुत्ता वितरण गरेको हो । न्यानो कपडा शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा, प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओली, वडाध्यक्ष भवानी विक्रम चेम्जोङ्ग लगायतले वितरण गरेका हुन् । सामाजिक सेवा गर्ने उद्देश्यले २०६७ सालमा ओली परिवारले एक करोड जम्मा गरेर सुरु गरेको प्रतिष्ठानले आजसम्म आइपुग्दा धेरै यस्ता सामाजिक काम गरेको प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले बताए । हाम्रा स्व. पिताजीले गर्नु भएको समाजिक कार्यहरुलाई…
बिर्तामोड, ६ पुस । नेपाली कांग्रेस झापाले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पार्टीका नेता एवं पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालाई उम्मेद्वार सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको छ । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न जिल्ला कार्यसमिति, क्षेत्र, प्रदेशसभा क्षेत्र र गाउँ÷नगर सभापतिहरुको संयुक्त बैठकले राष्ट्रियसभा सदस्यका लागि सिटौलाको नाम सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको हो । बैठकमा सभापति थेवेले सिटौलाको नाम प्रस्ताव गर्नुभएको थियो भने राम कट्टेलले समर्थन मन्तब्य राख्नुभएको थियो । नेपालको शान्ति प्रक्रियामा सरकारी वार्ता टोलीको संयोजक भएर १० बर्षे माओवादी सशस्त्र विद्रोहलाई शान्ति वार्तामार्फत् समाधानमा उल्लेखनीय योगदान पु¥याउनुभएका सिटौलाले संविधान मस्यौदा समितिको सभापति…