
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, २८ मंसिर । मुलुकमा विदेशी मुद्रा आर्जनको प्रमुख स्रोते वैदेशिक रोजगारी भए पनि वैदेशिक रोजगारीकै क्रममा निधन भएका करिब १३ हजार नेपालीको कथा भने आफैंमा दुःखलाग्दो छ। यसलाई वैदेशिक रोजगारीको अँध्यारो पाटोका रूपमा लिने गरिएको छ। वैदेशिक रोजगारीमा गएकामध्ये करिब १३ हजार नेपालीले ज्यान गुमाएका छन्। वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका अनुसार आर्थिक वर्ष २०६५ को कात्तिकदेखि चालु आव २०८०र८१ को मंसिर २६ गतेसम्म १२ हजार ७ सय ३० जना कामदारको वैदेशिक रोजगारको क्रममा मृत्यु भएको छ। वैदेशिक रोजगारीमा गएका युवाको दैनिक औसत तीन जनाको शव आउने गरेको छ। ती मृतक कामदारका परिवारलाई बोर्डको कल्याणकारी कोषबाट ४ अर्ब ९३ करोड…
मेचीनगर, २७ मंसिर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) मेचीनगरको दुई दिने साँस्कृतिक कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ ।बाहुनडाँगीस्थित सामुदायिक भवनमा आयोजित साँस्कृतिक कार्यक्रम सोमबार र मंगलवार भएको हो । विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने उदेश्यले हरेक वर्ष प्याब्सन मेचीनगरले कार्यक्रम गर्दै आएको छ । मेचीनगरका ३५ वटा विद्यालयका करिब ८ सय विद्यार्थीबीच स्वस्थ प्रतिस्पर्भा भएको थियो । पाँचवटा विधामा प्रतिस्पर्धा गरिएको कार्यक्रममा साँस्कृतिक नृत्यतर्फ धुलाबारीको हिमालयन एकाडेमी इङ्लिस स्कूल सर्वोत्कृष्ट बनेको छ । मेचीनगर–१० मा रहेको उक्त विद्यालयको नृत्य हरेक वर्ष उत्कृष्ट हुँदै आएको छ । कक्षा ९ देखि १२ सम्मको लोक साँस्कृतिक नृत्यतर्फ हिमालयनको लोभलाग्दो नृत्य प्रथम भएको…
बिर्तामोड, २७ मंसिर । समाचारको विषयमा सञ्चारकर्मी टिकाराम बाँस्तोलालाई ज्यान मार्ने धम्की दिएकालाई तत्काल पक्राउ गरी कारबाही गर्न नेपाल प्रेस युनियन झापा शाखाले माग गरेको छ । बुधबार विज्ञप्ति जारी गर्दै प्रेस युनियन झापाले बाँस्तोलालाई ज्यान मार्नेसम्मको धम्की दिएका बिर्तामोड नगरपालिका ४ निवासी गणेश गिरीसहितलाई पक्राउ गरी कानुनअनुसार कारबाही गर्न माग गरेको हो । युनियनले यो घटनालाई स्वतन्त्र पत्रकारितामाथिको ज्यादती भएको बताउदै घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन तथा पीडित सञ्चारकर्मीको सुरक्षामा विशेष ध्यान दिन सम्बन्धित निकायसँग माग समेत गरेको छ । बाँस्तोला झापाबाट सञ्चालित बिर्तामोड झापा डटकमका सञ्चालक हुन् । केही दिनअघि उक्त अनलाइनमा ‘अफ्रिका पठाईदिने भन्दै…
बुद्धशान्ति, २७ मंसिर । झापाको बुद्धशान्ति–४ बर्नेमा च्यालेन्जकप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । स्थानीय युनिटी युथ क्लब बर्नेको आयोजनामा खेल हुने भएको हो । आगामी पौष २१ गतेदेखि २८ गते सम्म बर्ने चिया कमानको खेल मैदानमा प्रतियोगिता हुने बुधबार पत्रकार सम्मेलन गर्दै आयोजक समितिले बताएको छ । आयोजक समितिका संयोजक एवम् क्लबका अध्यक्ष डिल्ली मावोका अनुसार खेल क्लब स्तरीय खुल्ला प्रतियोगिता हुनेछ । जसमा बिजेताले ५५ हजार ५ सय ५५ संगै मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन् भने उपविजेताले २५ हजार ५ सय ५५ रुपैयाँ संगै मेडल, ट्रफी र प्रमाणपत्र पाउने खेल व्यवस्थापन समितिका मोहन कुमार मावोले बताए ।…
भद्रपुर, २७ मंसिर । रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठान भद्रपुर झापाले आज विद्यार्थी र ज्येष्ठ नागरिकलाई न्यानो कपडा र विद्यालयलाई खेल सामग्री प्रदान गरेको छ । प्रतिष्ठानले झापा गाउँपालिका–२ सडकबारीस्थित जुडो प्राविका ३० जना छात्रछात्रालाई न्यानो कपडा (स्वीटर) र विद्यालयलाई खेल सामग्री वितरण गरेको हो । त्यस्तै, स्थानीय १५ जना ज्येष्ठ नागरिकलाई बर्को वितरण गरिएको संस्थाका अध्यक्ष गंगाप्रसाद ओलीले जानकारी दिनुभयो । आफूहरुले समाजबाट धेरै कुरा प्राप्त गरेकाले समाजमा आफूले पनि केही योगदान गर्नुपर्छ भन्ने ध्येयका साथ न्यानो कपडा र खेल सामग्री वितरण गरिएको उहाँले बताउनुभयो । जुडो प्राविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोबिन्दबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा झापा गाउँपालिकाकी कार्यवाहक…
भद्रपुर, २७ मंसिर । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समुहको २४ औं साधाराणसभा सम्पन्न भएको छ । भद्रपुर–९ स्थित मुना सामुदायिक भवनमा परिषद भेला मार्फत समूहको साधारण सभा सम्पन्न गरिएको हो । समूहका अध्यक्ष दुर्गाप्रसाद भट्टराईको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको थियो । समूहको वार्षिक गतिविधि सहित नीति तथा कार्यक्रम सहितको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष दुर्गाप्रसाद भट्टराईले लाभग्राहीका लागि कृषि तथा भेटेनरी कार्यक्रमहरूमा विशेष लगानी गरेर हरित अर्थतन्त्रका लागि काम गरिरहेको र आगामी वर्षमा पनि निरन्तर गरिरहने बताएका छन् । कार्यक्रममा नगर उपप्रमुख राधा कार्की, समूहका निवर्तमान अध्यक्ष हिराप्रसाद पोखरेल, सव डिभिजन वन कार्यलय…
शिवसताक्षी, २७ मंसिर । शिवसताक्षी नगरपालिकाले नगरपालिकामा कार्यरत कर्मचारीलाई क्षमता विकास तालिम दिन शुरु गरेको छ । नगरपालिकामा तल्लो तहमा कार्यरत कर्मचारीहरुलाई तीन दिवसीय क्षमता विकास तालिमको आज उद्घाटन गरिएको हो । तालिमको शिवसताक्षीको पर्यटकीय क्षेत्र दोमुखामा नगरप्रमुख मेगाहाङ्ग थोप्राले उद्घाटन गरेका हुन् । तालिममा नगरपालिकामा कार्यसम्पादन गर्ने कर्मचारीहरुलाईको कार्य क्षमता अभिबृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको नगरप्रमुख मेगाहाङ्ग थोप्राले जानकारी दिए । उनले भने, तालिमले समय सापेक्ष कर्मचारीहरुलाई नयाँ प्रविधि सँग जोड्दै, कार्य सम्पादनमा चुस्त बनाउने र सेवा ग्राहीहरुलाई छिटो छरितो ढंगबाट सेवा दिने अपेक्षा गरेको छु । नगरपालिकाको सेवा प्रवाहलाई प्रभावकारी बनाउनका लागि शिवसताक्षी नगरपालिका लागि परेको नगर…
बिर्तामोड, २७ मंसिर । हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको ११ औं साधारणसभा अन्तरगत अन्तिम माइन्युट प्रमाणिकरण भेला सम्पन्न भएको छ । मंसिर १३ गतेदेखि शुरु भएको इकाइगत साधारणसभा आ बिर्तामोडमा एक कार्यक्रमका बीच अन्तिम माइन्युट प्रमाणीकरणसँगै सम्पन्न भएको हो । संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालको अध्यक्षतामा भएको कार्यक्रममा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल प्रमुख अतिथि हुनुहुन्थ्यो । प्रमुख अतिथि ढकालले सहकारीकाे अवस्था राम्रो भएको बताउनुभयो । सन्चालन खर्च घटाउनु पर्ने र काराेबार बढाउनु पर्नेमा जाेड दिनुभयाे । सहकारी एकीकरण सबै सहकारीले जाेड दिनुभयाे । सहकारीकाे लगानी उत्पादन र आय आर्जनकाे क्षेत्रमा लगाउनु पर्ने र सदस्यले कर्जाकाे सदुपयोग…
झापा, २७ मंसिर । लोक सेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी पदका लागि २७३ जना कर्मचारी माग गरेको छ। आयोगले आज सूचना प्रकाशित गरी न्याय, परराष्ट्र र मानवअधिकार सेवातर्फ खुला तथा समावेशी पद्धतीबाट पदपूर्ति गर्नेगरी २७३ जना कर्मचारी माग गरेको हो । योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई आवेदन दिन आयोगले सूचित गरेको छ। इच्छुक र योग्यता पुगेका व्यक्तिले आगामी पुस १७ गतेसम्म आवेदन दिन सकिने आयोगले जनाएको छ। राजपत्रांकित तृतीय श्रेणीको न्याय सेवातर्फ ६८ जना, परराष्ट्र, प्रशासन र लेखापरीक्षणतर्फ २०३ जना र मानवअधिकार सेवातर्फ २ जना कर्मचारी माग गरिएको आयोगले जनाएको छ। सूचनाअनुसार दुई चरणमा हुने परीक्षामा लिखित, सीप परीक्षण, सामूहिक…
झापा, २७ मंसिर । काठमाडौँ महानगरपालिकाले आजदेखि महानगर क्षेत्रभित्र सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको छ। १५ मंसिरमा काठमाडौँ महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै महानगर क्षेत्रभित्र प्लास्टिकमा प्याकेजिङ्ग गरिएका खैनी, गुट्खा, पान पराग वा यस्तै प्रकृतिका मुखमा राख्ने रस लिने वा सेवन गर्ने सुर्तीजन्य पदार्थको बिक्री वितरणमा पूर्ण रुपमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो। महानगरको गरेको सो घोषणा आजबाट लागू भएको हो। सूचनालाई अवज्ञा गरी बिक्री वितरण गरेको पाइएमा महानगरका प्रहरी मार्फत त्यस्ता जफत गरी बिक्री वितरण गर्ने व्यवसायीलाई कानुन अनुसार अधिकतम सजाय गरिने चेतावनीसमेत महानगरले दिएको छ।