
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
चन्द्र बस्नेतकनकाई, १२ फागुन । झापाको कनकाई नगरपालिका ३स्थित सुरुंगामा पहिलो पटक पर्सि सोमबारबाट आयोजना हुने तिन दिवसीय कनकाई कला, संस्कृति तथा साहित्य महोत्सवको सम्पुर्ण तयारी पूरा भएको छ। रोटरी क्लब अफ कनकाई सुरुंगाकोे आयोजनामा पर्सि फागुन १४ सोमबार देखि १६ गते बुधबार सम्म चल्ने महोत्सवको सबै तयारी पूरा भएको आयोजक संस्थाका अध्यक्ष शिवकुमार कँडेलले जानकारी दिनुभयो । कला साहित्य महोत्सवका माध्यमबाट कनकाई नगर क्षेत्रको साहित्य, संस्कृति र कलाको प्रवद्र्धन गर्ने उद्येश्य रहेको क्लवका अध्यक्ष कडेलले बताउनुभयो । साहित्यकार कोमलप्रसाद पोखरेल, बुद्धदेवप्रसाद घिमिरेलगायतका श्रस्टाहरुको अगुवाइमा स्थापना भएको कनकाई प्रतिभा प्रतिष्ठानलाई चलायमान बनाउन, कनकाई नगरमा रहेका सर्जकहरू चित्रकार पवन राजवंशी, मुर्तीकार…
बिर्तामोड, १२ फागुन । सामाजिक सेवासँगै व्यावसायिक क्षेत्रमा अब्बल ठानिएका जीनकुमार खड्काले आसन्न फागुन १४ गते हुने बिर्तामोड उद्योग वाणिजय संघको निर्वाचनमा वाणिजय उपाध्यक्ष पदमा आफ्नो उम्मेद्वारी दिएका छन् । बिर्तामोड उद्योग वाणिज्य संघको सदस्य समेत रहेका खड्काले लोकतान्त्रिक ब्यवसायीक प्यालको तर्फबाट उम्मेवारी दिएका हुन् । निर्वाचन नजिकिएसंगै उनको चर्चा पनि बढ्न थालेको छ । स्वास्थ्य क्षेत्रमा अतुलनिय योग्दान पु¥याएका खड्का हाल औषधि ब्यवसायी संघ झापाका अध्यक्ष समेत रहेका खड्कालाई विजयी गराउन सबै क्षेत्रका ब्यवसायी एक मत भएर लागेको पाइएको छ । चुनावी अभियानमा भोट माग्दै हिडेका खड्कालाई स्वास्थ्य क्षेत्रका अगुवाहरु पनि साथ रहेको बताइएको छ । २०३८ साल वैशाख…
झापा, १२ फागुन । भक्तपुर क्यान्सर अस्पतालको फार्मेसीमा औषधी किन्न गएका प्रत्येक बिरामीलाई अस्पतालबाहिरका निजी फार्मेसीमा पठाउने गरिन्छ । अस्पतालमा रहेको सरकारी फार्मेसीमा बढीमा एक सय रुपियाँ मूल्य पर्ने औषधी मात्र पाइन्छ । बढी मूल्य पर्ने औषधी नपाइने भएकाले अस्पतालको फार्मेसीका दराज प्रायः खाली हुन्छन् । सरकारले क्यान्सर उपचारमा एक लाख रुपियाँ बराबरको उपचार तथा औषधी निःशुल्क उपलब्ध गराउने गरेको छ । निःशुल्क उपचार तथा औषधीका लागि फार्मेसीमा औषधी नपाइँदा बिरामी निःशुल्क पाइने औषधीसमेत अस्पतालबाहिरका फार्मेसीबाट शुल्क तिरेरै खरिद गर्न बाध्य छन् । सिन्धुपाल्चोकका नवराज तामाङ बाबुको क्यान्सरको उपचारका लागि केही दिनअघिदेखि भक्तपुर क्यान्सर अस्पतालमा छन् । उनले राज्यले एक लाख रुपियाँ बराबरको औषधी निःशुल्क पाउनुपर्ने…
झापा, १२ फागुन । दक्षिण कोरियाले पछिल्लो समय नेपालीलाई पहिलो प्राथमिकतामा राखेर श्रमिकको माग गर्न थालेको छ। यससँगै रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया जान आवेदन दिने नेपालीको सङ्ख्या पनि बढ्दो छ। सन् २०२४ मा उत्पादनतर्फ १५ हजार ८४८ जनाका लागि माग आएकोमा एक लाख ६५ हजारभन्दा बढीको आवेदन पर्नुले पनि यसलाई पुष्टि गर्छ । दक्षिण कोरिया सरकारको मानव संसाधन विभाग (एचआरडी) ले जुन देशले छिटो श्रमिक पठाउन सक्छ त्यही देशलाई बढी कोटा दिने नीति लिएको छ। त्यसै अनुसार यस पटक सबैभन्दा धेरै कोटा नेपालले पाएको छ । सन् २०२४ मा माग भएको भाषा परीक्षामा एक लाख ६३ हजार…
झापा, ११ फागुन । झापा गोल्डकप र यती ब्रुअरीबीच सम्झौता भएको छ । झापा गोल्डकपको छैटौं संस्करणको टाइटल स्पोन्सरका लागि उनीहरुबीच सम्झौता भएको छ । झापाको बिर्तामोड–२ चारपाने स्थित सहारा नेपाल साकोसको सभा हलमा आज मुख्य प्रायोजक संस्था र झापा गोल्डकपबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेत र यती ब्रुअरीका कोशी प्रादेशिक मेनेजर बिदुर तिम्सिनाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । गोल्डकपका महासचिव गजेन्द्रबहादुर पौडेलले स्वागत गर्नुभएको कार्यक्रममा यती ब्रुअरीका सेल्स मेनेजर सरोज खतिवडा, भद्रपुर गोल्डकपका अध्यक्ष दिपेश ढकाल, महासचिव तथा भद्रपुर नगरका निवर्तमान मेयर जीवनकुमार श्रेष्ठ, भद्रपुर–८ का वडाध्यक्ष गौरब सुब्बा लगायतको उपस्थिति रहेको…
हार्दिक निमन्त्रणा
शिवसताक्षी, ११ फागुन । झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिताको फाइनल खेल स्थगित भएको छ । गौरीगञ्ज गाउँपालिकाले खेल मैदानमा धर्नाका कारण फाइनल खेल स्थगित भएको हो । बुधबार भएको सेमी फाइनल खेलमा कमल गाउँपालकालाई हराउँदै गौरीगञ्ज फाइनलमा प्रवेश गरेको थियो । कमल गाउँपालिकाले गैर कर्मचारी खेलमा समावेश गराएको भन्दै गौरीगञ्ज गाउँपालिकालाई प्रोटेस्ट हालेको थियो । गौरीगञ्ज गाउँपालिकाले खेलमा समावेश गरेको खेलाडी कर्मचारीको मापदण्ड भित्र नपरेको प्रमाणित भएपछि कमल गाउँपालिकलाई आयोजक समितिले विजयी घोषणा गरेको हो । आज हुने फाइनल खेलको समय अवधि अगावै गौरीगञ्ज गाउँपालिकाका कर्मचारीहरुले कमललाई खेलमा समावेश गराए खेल खल्न नदिने भन्दै स्टेजमा धर्ना दिए ।…
भद्रपुर, ११ फागुन । झापाको भद्रपुर नगरपालिकाले आज यहाँका मासु पसल र मिठाइ पसलको अनुगमन गरेको छ । उपप्रमुख राधा कार्कीको नेतृत्वमा गरिएको अनुगमनका क्रममा यहाँका ८ वटा मासु–माछा पसल र दुई वटा मिठाइ पसलमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा भद्रपुर–८ सगरमाथा चोकस्थित एमडी मासु पसल, आधुनिक प्रेस हाउस लगायतको अनुगमन गरिएको थियो । आधुनिक फ्रेस हाउसमा दुषित मासु फेला परेकाले ११ हजार रुपैयाँ जरिवाना गरिएको नगरपालिकाका अधिकृत छैठौं राजेन्द्र प्रसाद ढकालले जानकारी दिनुभयो । फ्रेस हाउसबाट २० केजी मासु समेत जफत गरेर नष्ट गरिएको उहाँले बताउनुभयो । अनुगमन गरिएका अधिकांश मासु पसल सरसफाई नभएको, मूल्यसूची नराखिएका, इजाजत नलिएको,…
मोरङ, ११ फागुन । मोरङको बुढिगंगा गाउँपालिका–४ नेमुवामा सवारी दुर्घटना हुँदा ३ बालबालिकाको मृत्यु भएको छ । आज बिहान ८ बजे मार्वल लोड गरेको RJ 29 GB 1561 नंबरको भारतिय लहरी नेमुवाबाट कोयलपुर तर्फ जाने क्रममा पछाडीको डाला अचानक पल्टिई सडक छेउमा रहेको स्थानीय जोती अधिकारीको घरमा क्षति पुर्याउदा घर भित्र रहेका स्थानीय ५ बर्षीय निशान अधिकारी, ५ बर्षीया ईसिता अधिकारी, ७ बर्षीया रिया खवास र ५५ बर्षीय जोती अधिकारी घाईते भएका थिए । घाईतेहरुको उद्धार गरी ३ जना बालबालिकालाई उपचारको लागि कोशी अस्पताल बिराटनगर पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो । अर्का घाईते अधिकारीको बिराट टिचिङ अस्पतालमा उपचार भईरहेको तथा घटनामा संग्लग्न…
काठमाडौँ, ११ फागुन । प्रतिनिधिसभा संसद् राजेन्द्र बजगाईँले अपराध कर्ममा सम्लग्न जो कोहीलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन् । अपराधीको कुनै पार्टी या जात नहुने भन्दै उनले प्रतिनिधिसभाको आजको बैठकमा अपराधिलाई राजनीतिक संरक्षण हुन नहुनेमा जोड दिए । मिटरब्याज, सहकारी तथा लघुवित्त समस्यामा सदनमै सत्तापक्ष र प्रतिपक्षबिच आरोप प्रत्यारोप चल्नु दुखद भएको भनाइ छ । क्षणिक चर्चाको लागि एकले अर्कोलाई आरोप लगाउनुको सट्टा यो समस्या समाधानको लागि दलहरू एकजुट हुनुपर्ने उनले बताए । ललिता निवासको मुद्दाको फैसला आएपछि भूमाफियाहरुको मनोबल घटेको भन्दै संसद् बजगाईँले अन्य प्रकरणमा पनि अनुसन्धानले गति लिनुपर्नेमा जोड दिए । साथै उनले संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयको…