jhapaonline add

इनरुवा, २५ मंसिर । अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जीवितै रहेको पाइएको छ । विराटनगरस्थित मेट्रो न्यूरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा राखेर दाहसंस्कारका लागि पठाएका इनरुवा नगरपालिका–३ का ४५ वर्षीय प्रताप सदा मुसहरलाई घाटमा लैजान लाग्दा जीवित नै पाइएको हो । इनरुवाका सामाजिक व्यक्तित्व तथा प्रतापका छिमेकी पहल कटुवालका अनुसार उनलाई शनिबार बिहान उपचारका क्रममा मेट्रो न्युरो अस्पताल भर्ना गरिएको थियो । स्थानीय बसचोकमा आउने जाने गाडीमा सामान लोड अनलोड गरी जीविकोपार्जन गर्दै आएका सदा गाडीमा सामान लोड गर्ने क्रममा लडेर बेहोस भएका थिए । मेट्रो…

Read More

झापा, २५ मंसिर । विद्यार्थी भिसामा रुस पुगेका दाङ तुलसीपुर उपमहानगरपालिका(१९ बिजौरीका प्रतीक पुनलाई रुसी सेना बनेर मनग्य आर्थिक लाभ लिने मोह जाग्यो । दुई महिना मस्कोमा बिताएका प्रतीकलाई मनग्य कमाइ हुने लोभसँगै रुसको नागरिक बन्ने मोहले रुसी सेना बन्ने बाटोमा पुग्यो । अन्ततः युक्रेन ( रुसबिचको युद्धमा सहभागी उनी युक्रेनी सेनाको कब्जामा परेका छन् । युक्रेनी सेनाको कब्जामा रहेकै बेला प्रतीकले बोलेको एउटा भिडियो सार्वजनिक भएको छ । उनले भिडियोमार्फत आफू रुसी सेनामा भर्ती भएको र अहिले युक्रेनले आफूलाई कब्जामा लिएको बताएका छन् । ुमेरो नाम प्रतीक पुन हो । मेरो घर नेपाल दाङ बिजौरीमा हो,ु भिडियोमा उनले भनेका…

Read More

इलाम, २४ मंसिर । तमू युवा ह्युल छोंज धींको अध्यक्षमा तोरण गुरुङ निर्वाचित भएका छन भने महासचिवमा मनराज गुरुङ चयन भएका छन् । तमू युवा ह्युल छोंज धींको इलाममा आज सम्पन्न दोस्रो महाधिवेसनबाट नयाँ कार्यसमिति चयन गर्दै अध्यक्षमा तोरण र महासचिवमा मनराज निर्वाचित भएका हुन् । मंसिर २२ गतेबाट सुरु भएको महाधिवेसनबाट उपाध्यक्षमा सर्वजित गुरुङ र प्रमिला गुरुङ निर्वाचित भएका छन् । त्यस्तै उपमहासचिवम दिनेश गुरुङ चयन भएका छन् । यस्तै, प्रदेश प्रमुख अर्जुन गुरुङ (तमूवान), सुकमाया गुरुङ (मगरात थरुहट) चयन भएका छन् । सदस्यहरुमा शुशिल गुरुङ (गोर्खा), कृष्ण गुरुङ (इलाम), बिक्रम गुरुङ (सुनसरी), विशाल गुरुङ (प्युठान), अर्जुन गुरुङ (रुपन्देही)…

Read More

भद्रपुर, २४ मंसिर । झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतलाई भद्रपुरमा सम्मान गरिएको छ । आज मेची रंगशालामा सम्पन्न ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको फाइनलको दिन बस्नेतलाई सम्मान गरिएको हो । गोल्डकप तथा अन्य सामाजिक संस्थामार्फत खेलकुदको विकास तथा प्रवर्धनमा विशेष योगदान पुर्याएको भन्दै उनलाई युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू, भद्रपुर नगरप्रमुख गणेश पोखरेल र भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकालले सम्मानपत्र प्रदान गरेका थिए । प्रथम संस्करणको भद्रपुर झापा गोल्डकप सम्पन्न गर्न तथा आज सम्पन्न लिग तथा नकआउट फुटबल प्रतियोगितामा बस्नेतले विशेष योगदान पुर्याएका थिए ।

Read More

भद्रपुर, २४ मंसिर । भद्रपुरको मेची रंगशालामा सम्पन्न प्रथम अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । आज सम्पन्न फाइनल खेलमा बुद्धशान्ति गाउँपालिकालाई हराउँदै अर्जुनधाराले उपाधि उचालेको हो । उपाधिसँगै अर्जुनधाराले नगद ३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । उपविजेतामा सीमित बुद्धशान्तिले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । रंगशालामा भरिभराउ दर्शकबीच सम्पन्न खेलमा अर्जुनधाराले बुद्धशान्तिलाई ३–० गोल अन्तरले हराएको हो ।

Read More

झापा, १७ कात्तिक । भ्रमण भिसामा गएकाले अब ओमानदेखि भिसा परिवर्तन गरेर काम गर्न नपाउने भएका छन् । ओमानस्थित नेपाली दूतावासले सूचना सार्वजनिक गर्दै कात्तिक १४ वा अक्टोबर ३१ देखि भ्रमण भिसामा ओमानमा आएका आप्रवासीले भिसा परिवर्तन गरेर काम गर्न नपाउने नियम लागु गरेसँगै भ्रमण भिसामा गएर काम नपाइने भएको हो । यसअघि भ्रमण भिसामा जाने र त्यहाँ पुगेपछि काम गर्ने भिसा लगाउने सक्ने भए पनि ३१ अक्टोबरदेखि भिजिट भिसामा गएकाले काम गर्ने भिसा नपाउने कडा नियम ओमान सरकारले लागु गरेको छ ।

Read More

झापा, १७ कात्तिक । गौतम बुद्धले २९ वर्ष बिताएको प्राचीन शाक्य गणराज्यको राजधानी सहर तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारी भइरहेको छ । सरकारले विश्वको ठुलो खुला सङ्ग्रहालय दाबी गरिएको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (संयुक्त राष्ट्रसङ्घीय अङ्ग–युनेस्को) को जवाफ पर्खिरहेको छ । पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गका अनुसार तिलौराकोट क्षेत्रलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गर्न स्थानीय सरकार, स्थानीय तह, स्थानीय बासिन्दा, विज्ञहरूसँग छलफल र सिमानाबारे प्रस्ट पारेर युनेस्कोलाई पत्र पठाइएको छ । उनले भने, “तिलौराकोटमा गरिएका अध्ययन अनुसन्धानबाट बुद्धको राजप्रसाद रहेको पुरातात्त्विक प्रमाण, बुद्ध ग्रन्थ, चिनियाँ यात्रीको यात्रा वृत्तान्त र उत्खननबाट…

Read More

बिर्तामोड, १७ कात्तिक । झापाको बिर्तामोडमा बौद्धिक नेता तथा विश्लेषक राम कार्की ‘पार्थ’ द्वारा लिखित पुस्तक विकल्प परिचर्चा हुने भएको छ । भोलि (शनिबार) बिर्तामोडस्थित गौरीशंकर प्रतिष्ठानको सभाहलमा पुस्तकमाथि परिचर्चा हुने भएको हो । नेकपा माओवादी केन्द्रका सचिव तथा माक्र्सवादी चिन्तक कार्कीको उक्त पुस्तक गत असोज २१ गते काठमाडौंमा लोकार्पण गरिएको थियो । उक्त पुस्तकमाथि काठमाडौं बाहिर झापामै पहिलोपटक परिचर्चा गर्न लागिएको हो । झापामा हुन गइरहेको पुस्तक परिचर्चाको टिप्पणीकर्ता प्राध्यापक कृष्ण पोखरेल र युवा बुद्धिजीवी उज्ज्वल प्रसाईं रहेका छन् । यो पुस्तक मुलतः विभिन्न समयमा उनले लेखेका लेखहरु र दिएका प्रवचनहरुलाई परिमार्जन गरेर तयार पारिएको छ । लेखमा करीब…

Read More

झापा, १७ कात्तिक । एसियाली विकास बैंक (एडीबी)ले ६ सय ३५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनामा लगानी गर्ने भएको छ । दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना एक ‘मेगाप्रोजेक्ट’ र सार्क क्षेत्रको अहिलेसम्मको सबैभन्दा ठुलो बाँध आयोजनाका रूपमा रहेको छ । सो आयोजनामा लगानी गर्न एडीबीका महानिर्देशक रमेश सुब्रमण्यम र एडीबी नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुश्वा सम्मिलित टोलीले बुधबार आयोजनाको स्थलगत निरीक्षणसमेत गरेको छ । टोलीले आयोजनाको जलाशय क्षेत्र र विद्युत्गृहस्थलको निरीक्षण गर्दै बाँधस्थल खोटाङको रबुवा बजारमा स्थानीय तहका जनप्रतिनिधिसँग अन्तक्र्रियासमेत गरेको छ । ३८ वर्षदेखि चर्चामा रहेका आयोजनाको निर्माणमा अलमल भइरहँदा नेपालले विद्युत् उत्पादनमा फड्को मार्न समस्या भइरहेको थियो ।…

Read More

झापा, १७ कात्तिक । तिहारको समयमा चिनीका अभाव हुन नदिन एभरेष्ट सुगर मिल्समा मौज्दात रहेको तीन हजार मेट्रिक टन चिनी बजारमा पठाउन थालिएको छ । विभिन्न पेय पदार्थ उत्पादक कम्पनीका नाममा बिक्री भएर उद्योगमै मौज्दात रहेको उक्त परिणामको चिनी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको सक्रियतामा खुद्रा व्यापारीमार्फत बजारमा पठाउन लागिएको हो । आज गुह्वेश्वरी ट्रेड लिङ्कमार्फत एक सय ६० बोरा चिनी क्षेत्रपाटी, शोभाभगवती, पकनाजोल र नरदेवीलगायत क्षेत्रका खुद्रा पसलमा बिक्रीका लागि पठाइएको नेपाल खुद्रा व्यापार सङ्घका कार्यवाहक अध्यक्ष नरेश खड्गीले राससलाई जानकारी दिए । भोलि काठमाडौँका भित्रि सहरका पसलमा थप छ सय बोरा चिनी पठाइने उनले जानकारी दिए ।…

Read More