
भद्रपुर, २४ मंसिर । भद्रपुरको मेची रंगशालामा सम्पन्न प्रथम अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ ।
आज सम्पन्न फाइनल खेलमा बुद्धशान्ति गाउँपालिकालाई हराउँदै अर्जुनधाराले उपाधि उचालेको हो । उपाधिसँगै अर्जुनधाराले नगद ३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । उपविजेतामा सीमित बुद्धशान्तिले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । रंगशालामा भरिभराउ दर्शकबीच सम्पन्न खेलमा अर्जुनधाराले बुद्धशान्तिलाई ३–० गोल अन्तरले हराएको हो ।
Facebook Comments Box


