
इलाम, २४ मंसिर । तमू युवा ह्युल छोंज धींको अध्यक्षमा तोरण गुरुङ निर्वाचित भएका छन भने महासचिवमा मनराज गुरुङ चयन भएका छन् ।
तमू युवा ह्युल छोंज धींको इलाममा आज सम्पन्न दोस्रो महाधिवेसनबाट नयाँ कार्यसमिति चयन गर्दै अध्यक्षमा तोरण र महासचिवमा मनराज निर्वाचित भएका हुन् । मंसिर २२ गतेबाट सुरु भएको महाधिवेसनबाट उपाध्यक्षमा सर्वजित गुरुङ र प्रमिला गुरुङ निर्वाचित भएका छन् । त्यस्तै उपमहासचिवम दिनेश गुरुङ चयन भएका छन् ।
यस्तै, प्रदेश प्रमुख अर्जुन गुरुङ (तमूवान), सुकमाया गुरुङ (मगरात थरुहट) चयन भएका छन् । सदस्यहरुमा शुशिल गुरुङ (गोर्खा), कृष्ण गुरुङ (इलाम), बिक्रम गुरुङ (सुनसरी), विशाल गुरुङ (प्युठान), अर्जुन गुरुङ (रुपन्देही) र कृष्ण गुरुङ (लमजुङ) चयन भएको निर्वाचन समितिले जनाएको छ ।


